नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, २१ चैत । लिशा इङ्गलिस सेकेन्डरी स्कूलले पीजीदेखि एसकेजीसम्मका अभिभावकहरूलाई असल अभिभावकत्व कलाको अभिमुखीकरण तथा विद्यालयको वार्षिक समीक्षा कार्यक्रम शनिबार ब्रह्मायणी पार्टी प्यालेसमा आयोजना ग¥यो ।
पहिलो चरणअन्तर्गत भएको अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक तुल्सीहरि प्रजापतिले विद्यालय ज्ञान सिक्ने थलो मात्र होइन संस्कार सिक्ने र चरित्र निर्माण गर्ने थलो पनि हो भन्नुभयो ।
संसार परिवर्तन गर्ने एक हतियार शिक्षा भएको औँल्याउँदै उहाँले अभिभावकहरू कम्पासझैँ सही दिशा देखाउने अगुवा हुन्, पहिलो शिक्षक आमाबुबा नै हुन् भन्नुभयो ।
“आफ्ना सन्तानहरूसँग ज्ञान मात्र भएर हुँदैन; उनीहरूसँग ज्ञानको प्रमाणपत्रझैँ संस्कार, व्यवहार पनि हुनुपर्छ ।” उहाँले भन्नुभयो ।
अभिभावकहरू नीति निर्माता, प्रशंसक, स्रोतव्यक्ति र मनोरञ्जक हुनुपर्ने आवश्यकता औँल्याउँदै प्रशिक्षक प्रजापतिले भन्नुभयो, “उहाँहरू नमुना व्यक्ति हुनुपर्छ । शिक्षक, नायक, परिश्रमी, अवलोकनकर्ता र अवसर निर्माता पनि हुनुपर्छ ।”
अभिभावकहरू व्यस्त र मस्त भए पनि अस्तव्यस्त हुन नहुने उल्लेख गर्दै उहाँले आमा बुबा आफ्ना सन्तानसँग कमसेकम एक समयमा खाना या खाजा खानुपर्ने, अभिभावकले समय दिनुपर्नेमा जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम प्रजापतिले अभिभावकहरूलाई उत्प्रेरित गर्न, आफ्ना सन्तानप्रति अभिभावकको जिम्मेवारी बोध गराउन कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
कृष्णश्वरी दुवालले कार्यक्रमको आवश्यकताबारे चर्चा गर्नुभयो ।
दोस्रो चरणको कार्यक्रममा विद्यालयको वार्षिक समीक्षा गरिएको थियो । समूहमा विभाजन गरेर गरिएको समीक्षामा विद्यालयले प्रदान गरेको अवसर, सबल पक्ष, कमजोरी र चुनौतीबारे छलफल गरिएको थियो । विद्यालय प्रशासन, कर्मचारी व्यवस्थापन, विद्यार्थीको स्थिति, अभिभावकको धारणा, भौतिक पूर्वाधार, परीक्षा र विद्यालयले गर्दै आएको कार्यक्रममा केन्द्रित भएर गरिएको सो छलफलमा आ–आफ्नो जिम्मामा परेको विषयमा सम्पूर्णजसो शिक्षक–शिक्षिकाहरूले आ–आफ्नो तयारी रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।
उक्त प्रस्तुतीकरणपछि समापन कार्यक्रम भएको थियो । समापन कार्यक्रममा सहायक प्रधानाध्यापक सुरेश रञ्जितकारले प्रस्तुतीकरणमा उठेका जिज्ञासाबारे प्रस्ट पार्दै विद्यालयको उद्देश्यबारे प्रकाश पार्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुगोपाल कुसीले विद्यार्थीको शैक्षिक स्तर उठाएर अभिभावकलाई खुसी पार्नुपर्ने आवश्यकता औँल्याउँदै हरेकले आ–आफ्नो पदअनुसारको आचरण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम प्रजापतिले विद्यालय स्थापना र स्थापनापछिका गतिविधिहरूबारे प्रकाश पार्दै अनुशासित, असल, सक्षम, योग्य नागरिक तयार गर्न विद्यालय सञ्चालकहरू निरन्तर लागिपरेको बताउनुभयो ।
कार्यक्रममा कृष्णश्वरी दुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply