नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, २१ चैत । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा अनिवार्य शिक्षा शिविर सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले एकआपसमा मिली कुनै कार्य गर्नु नै सहकारी हो भन्दै देशमा धैरै पहिलेदेखि गुठी, धर्म भकारी, पर्वको रूपमा सहकारीको सुरुवात भएकोे उल्लेख गर्नुभयो ।
उहाँले सहकारी संस्थाका सदस्यहरूको अधिकार र दायित्वबारे चर्चा गर्दै अनुत्पादक क्षेत्रमा ऋण लगानी गर्नु सहकारी संस्था समस्यामा पर्नुको मुख्य कारण रहेको बताउनुभयो । उहाँले संस्थाका हरेक सदस्यहरूलाई सहकारीताबारे सचेत गर्दै जानुपर्ने आवश्यकता औँल्याउँदै उचित मूल्यमा गणस्तरीय वित्तीय सेवा प्रदान गरी सदस्यहरूको आर्थिक तथा सामाजिक विकास गर्ने संस्थाको ध्येय रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमका सभापति, संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णुप्रसाद दुमरुले सदस्यहरूको बचत दुरुपयोग गरी संस्थाको भौतिक सम्पत्ति निर्माण र सञ्चालक एवं कर्मचारीहरूले विभिन्न सेवा सुविधा उपभोग गर्दा संस्था समस्यामा पर्ने उल्लेख गर्दै सहकारी संस्था नीति नियम पालना गरी पारदर्शी बन्नुपर्नेमा जोड दिनुभयो । स्थापनाकालदेखि नै संस्थाले किस्ताबन्दी ऋण प्रदान गरी सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउँदै आएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई तथा शिक्षा उपसमितिका सदस्य रामहरि ताम्राकारले पनि बोल्नुभएको थियो ।
Leave a Reply