नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, २२ चैत । भक्तपुर नगरपालिका वडा नं. ९ को आयोजनामा ख्वप तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोगमा शनिबार दत्तात्रयमा आँखा जाँच शिविर सम्पन्न भयो ।
शिविरको उद्घाटन भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले एक समारोहीबिच स्वास्थ्य परीक्षण सामग्री हस्तान्तरण गरी गर्नुभयो । उहाँले स्वस्थ नागरिकले देश र समाजको प्रगतिको लागि योगदान गर्न सक्ने चर्चा गर्दै भक्तपुरवासीलाई स्वस्थ बनाउन नगरपालिकाले प्राथमिकता साथ काम गरिरहेको बताउनुभयो ।
शिविरमा २६४ जना महिला र ६७ जना पुरुष गरी जम्मा २३० जना स्थानीय वडावासीहरूको आँखा परीक्षण भएको थियो । परीक्षण गरिएकामध्ये १३ जनामा मोतिबिन्दु तथा ३ जनामा जलविन्दु भएको पत्ता लागेको ख्वप तिलगङ्गा आँखा अस्पतालका अप्थाल्मिक असिस्टेन्ट जिसम पौडेलले जानकारी दिनुभयो ।
शिविरबाट मोतिबिन्दु पहिचान भएकालाई ख्वप तिलगङ्गा आँखा अस्पतालमा निःशुल्क उपचार गर्ने र जलविन्दु पहिचान भएकाको थप उपचारको लागि आवश्यक व्यवस्था मिलाउने अस्पतालका इन्चार्ज धिरज अधिकारीले बताउनुभयो ।
कार्यपालिका सदस्य छोरीमैँया सुजखुले आँखा शिविर सञ्चालनको आवश्यकताबारे चर्चा गर्नुभयो ।
स्वास्थ्य स्वयम्सेविका मण्यश्वरी कोजूले घरदैलो नर्सिङ सेवाको क्रममा वडा नर्स र स्वयम्सेविकाहरूले प्रदान गरिरहेका उपचार सेवाबारे जानकारी दिनुभयो ।
Leave a Reply