नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, २२ चैत । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को कृषि उपसमितिको आयोजनामा सञ्चालित एकदिने केमिकलरहित पराम्परागत तरिकाबाट उत्पादित स्वच्छ र गुणस्तरीय दही तथा पनिर बनाउने तालिम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले संस्थाले आर्थिक कारोबार सँगसँगै सबै वर्गलाई लक्षित गरी आत्मनिर्भर भई स्वरोजगारलाई बढावा दिने उद्देश्यले विभिन्न किसिमका तालिमहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
तालिम लिएर सिकेको सीपलाई आफ्नो घरायसी प्रयोजनको लागि मात्र नभई व्यवसायिक रूपमा उत्पादन गरी आत्मनिर्भर भई आर्थिक रूपमा सबल बन्न सकेमा तालिमको औचित्य हुने उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति एवं कृषि उपसमितिका संयोजक रामलक्ष्मी दुवालले धार्मिक, सांस्कृतिक र पराम्पराको लागि मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि दहीको महत्वमाथि प्रकाश पार्दै जन्मदेखि मृत्युसम्मका हरेक शुभ कार्य र संस्कारहरूमा दहीको प्रयोगबिना हाम्रो धार्मिक कार्य पूर्ण नहुने भएकोले दहीलाई शुभ र पवित्र मानिने भएकोले तालिम सञ्चालन गरेको बताउनुभयो ।
तालिमका प्रशिक्षक सरिता त्यातले आफूले सिकेको सीप र भक्तपुरको मौलिक उत्पादन दही बनाउने कलालाई प्रशिक्षार्थीमाझ बाँड्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । नयाँ पुस्ता यसरी सीप सिक्न र उद्यमी बन्न उत्सुक देखिँदा स्थानीय उत्पादन अझ विस्तार हुुनुका साथै परम्परागत सीपको जगेर्ना हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कृषि उपसमितिका सदस्य बालकृष्ण कुसीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रशिक्षार्थी सत्यनारायण प्रजापतिले तालिम अवधिको अनुभव राख्नुभएको थियो । संस्थाका अध्यक्ष प्रजापतिले तालिममा सहभागी २५ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान र प्रशिक्षक सरिता त्यातलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
Leave a Reply