नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, २४ चैत । विश्व स्वास्थ्य दिवसको अवसरमा भक्तपुर नगरपालिकामा नसर्ने रोगहरूको स्क्रिनिङ कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रमअन्तर्गत नगरपालिकाका कुल १०५ जना कर्मचारीहरूको स्वास्थ्य परीक्षण (स्क्रिनिङ) गरिएको थियो । जसमध्ये ४८ जना महिला र ५७ जना पुरुष सहभागी रहेका थिए । स्वास्थ्य संयोजक डा. रत्नसुन्दर लासिवाका अनुसार स्क्रिनिङको क्रममा ७ जनामा मधुमेह (सुगर) सम्बन्धी समस्या तथा १० जनामा उच्च रक्तचाप (प्रेसर) सम्बन्धी समस्या पत्ता लागेको छ ।
त्यसैगरी, पोषण अवस्थाको मूल्याङ्कन गर्दा ६० जना कुपोषणको समस्यामा रहेको पाइएको छ । जसमध्ये २ जनामा पोषण अपुग (अल्पपोषण) र ५८ जनामा पोषण बढी (अधिक तौल/मोटोपना) भएको अवस्था देखिएको स्वास्थ्य संयोजक लासिवाले जानकारी दिनुभयो
Leave a Reply