भर्खरै :

भक्तपुर बचतमा एकमहिने मखमली जुत्ता बनाउने तालिमको समापन

भक्तपुर बचतमा एकमहिने मखमली जुत्ता बनाउने तालिमको समापन

भक्तपुर, २४ चैत । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको व्यवसाय प्रवद्र्धन उपसमितिको आयोजनामा एकमहिने एडभान्स मखमली जुत्ता बनाउने तालिमको मङ्गलबार समापन भएको छ ।
फागुन २४ गतेदेखि सुरु भएको उक्त तालिममा जम्मा २४ जना प्रशिक्षार्थी सहभागी रहेका छन् । कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले सिकेका ज्ञानलाई प्रशिक्षार्थीहरूले कुनै पनि समय र परिस्थितिमा प्रयोग गर्न सकिने किसिमको बन्नुपर्ने औँल्याउनुभयो ।
उहाँले संस्थाले सदस्य र समाजका लागि व्यक्तित्व विकास गर्ने आधार तयार गरिरहेको बताउनुभयो ।
शिक्षालाई सिकाइमा उतार्नुपर्ने र सिकाइलाई दैनिक जीवनमा ल्याउनुपर्नेमा जोड दिँदै उहाँले समूहगत रुपमा तालिमबाट सिकेका सीपलाई व्यावसायिक रुपमा काम गर्न सहकारीले विनाधितो ऋण प्रदान गर्न सकिने बताउनुभयो ।
सबै सहकारीलाई एउटै ठाउँमा राखेर हेर्न नहुने बताउँदै उहाँले स्थानीयबाट चलाएको सामुदायिक सहकारीहरूले सदस्य र समाजप्रति जिम्मेवार भएर काम गरिरहेको औंल्याउनुभयो । सहकारीलाई परिष्कृत गर्न सबैले निरन्तर साथ दिनुपर्ने उहाँको तर्क छ ।
संस्थाका सहसचिव एवम् आयोजक समितिका संयोजक तारादेवी धन्छाले आधारभूत तालिम नलिएकाहरू पनि यो तालिममा रहेकाका लागि फिनिसिङमा केही गाह्रो रहेको भए पनि निकै मेहनत गरेको पाइएको बताउनुभयो । उहाँले आपूmले विश्वास गरे कुनै पनि काम सानो ठूलो नहुने स्पष्ट पार्नुभयो ।
तालिमका प्रशिक्षक भवानी कैटीले सिकिसकेको सीपको सही सदुपयोग गर्नुपर्ने र निरन्तरता दिई आयआर्जनमा वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले तालिमबाट गृहिणीहरूले घर चलाउन थोरै भए पनि योगदान हुने चर्चा गर्दै आवश्यक सामग्री प्राप्त गर्न र होलसेलमा बिक्री गर्नुपरे कुनै समस्या नभएको बताउनुभयो ।
प्रशिक्षार्थी रीता सुवाल, आयोजक समितिका सदस्य श्यामकृष्ण दुवाललगायतले बोेल्नुभएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले प्रशिक्षार्थीलाई प्रमाणपत्र र प्रशिक्षकलाई मायाको चिनो वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *