आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
भक्तपुर, २८ चैत । सहकारी समाज नेपालको आयोजनामा बिस्का जात्रा र नयाँ वर्ष २०८३ को शुभकामना कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रमका भक्तपुर नगरपालिकामा प्रमुख सुनिल प्रजापतिले सहकारीको रकम सहकारी सिद्धान्तविपरीत सञ्चालकहरूले निजी सम्पत्तिको रूपमा प्रयोग गर्दा केही सहकारीमा समस्या देखिएको हो भन्नुभयो ।
शासक दलका नेताहरूको संरक्षणमा रहेका व्यक्तिहरूले कानुनविपरीत कार्य गर्दा पनि कुनै कारबाही नगरिएको हुँदा सहकारी ठगहरूको मनोबल बढेको हो, सहकारीको पैसा हिनामिना गर्ने जो सुकै भए पनि कानुनबमोजिम कडा कारबाही गर्नुपर्छ भन्नुभयो ।
उहाँले सरकारले विश्व बैङ्क, एसियाली विकास बैङ्क वा अन्तर्राष्ट्रिय मुद्राकोषसँग ऋण लिनुभन्दा सहकारीको बैङ्कमा रहेको खर्बौँ रुपैयाँ परिचालन गरेको भए देशको निम्ति फाइदा हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले सरकारको अर्थतन्त्र ध्वस्त हुँदै छ । ऋण नलिई चालु पुँजी पनि नपुग्ने अवस्था छ । २९ खर्ब ऋण पुग्दा समेत सरकारले फेरि २८ अर्ब ऋण लिँदै छ । यो राम्रो सङ्केत होइन ।”
कृष्णगोविन्द लाखाजुको सभापतित्वमा भएको कार्यक्रममा राधेश्याम सुवालले सहकारी समाज नेपालको विधान तयारीबारे हालसम्म भएको कार्य विवरण प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply