भर्खरै :

देशमा उपद्रव गर्नेहरू नयाँ हुन नसक्ने

देशमा उपद्रव गर्नेहरू नयाँ हुन नसक्ने

भक्तपुर, २८ चैत । ऐतिहासिक बिस्काः जात्रा एवम् नव वर्ष २०८३ को अवसरमा नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगर समितिले शनिबार ‘शुभकामना आदानप्रदान तथा नयाँ पुस्तासँग भलाकुसारी’ कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “युवाको अर्थ उमेर र विचार दुवै हो । समाजमा उपद्रव गर्नेहरू उमेरले युवा भए पनि विचारले युवा हुनसक्दैन । युवा उमेरभन्दा बढी भए पनि नयाँ विचार भएकाहरू महत्वपूर्ण नै हुन् ।”
“नेपाल र भारतबिचको सीमा सन् १९५० को सन्धिपछि खुला गरिएको हो । नेपाललाई भारतको सुरक्षा छातामा राख्ने उक्त सन्धि खारेज गर्नुपर्छ । नेपाल–भारतबिचको खुला सीमाले दुवै देशलाई बेफाइदा भएको हुँदा नेपाल–भारत खुला सीमा नियमन गर्नु जरूरी छ” सचिव सुवालले भन्नुभयो ।
उहाँले स्पष्ट पार्नुभयो, “एमाले र माओवादीको समर्थनमा दुई पल्ट गृहमन्त्री र उपप्रधानमन्त्री खाएकै हो । यसकारण, रास्वपा पुराना शासक दलहरूजस्तै हो, नयाँ होइन ।”
उहाँले नयाँ सरकार गठनको १२ दिनमा ४० अर्ब १६ करोड विदेशी ऋण लिएर दुई पटक इन्धनको मूल्यवृद्धि भएको उल्लेख गर्दै विदेशी ऋणले देशलाई नवउपनिवेश बनाउनेतर्फ नयाँ पुस्ता सजग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले समाजमा हत्या, हिंसा, आगजनी, तोडफोडका घटना वृद्धि भइरहेको उल्लेख गर्दै यस्ता घटनालाई न्यूनीकरण गर्न नयाँ पुस्ता सजग भई अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले सभ्य, सुसंस्कृत तथा अनुशासित युवाले मात्र समाज परिवर्तन गर्नसक्ने चर्चा गर्दै नयाँ पुस्ता गलत बाटोमा लाग्नबाट जोगिन जरूरी रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष जगतराम धुख्वाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा श्याम बासुकला, निरूता गोरालगायतले मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *