भर्खरै :

सांस्कृतिक गतिविधिले नयाँ पुस्तालाई सुसंस्कृत बनाउन सहयोग पु¥याउने

सांस्कृतिक गतिविधिले नयाँ पुस्तालाई सुसंस्कृत बनाउन सहयोग पु¥याउने

भक्तपुर, २८ चैत । चाँगुनारायण प्रगतिशील सांस्कृतिक समाजले शनिबार नेपाल संवत् ११४६ को अवसरमा आयोजित न्हुदँया भिन्तुना ¥यालीका सहयोगीहरूलाई धन्यवाद ज्ञापन तथा कदरपत्र वितरण कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव पे्रम सुवालले मानव समाज विकासको सुरू सुरूमा गुफाका भित्तामा चित्र लेखेर लेखन सुरू गरेको चर्चा गर्दै सांस्कृतिक गतिविधिले नयाँ पुस्तालाई सुसंस्कृत बनाउन सहयोग पु¥याउने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकाले दोस्रो विश्व युद्धमा जापानको हिरोसिमा र नागासाकीमा बम खसालेर संसारलाई डर देखाएको हो । अमेरिकाले इरानको सभ्यता नष्ट गरेर ढुङ्गेयुगमा पु¥याउने धम्की दिएपछि इरानी जनता आफ्नो देशको झन्डा बोकेर बिजुली उत्पादन गर्ने आणविक प्लान्ट, पुललगायतका भौतिक संरचना संरक्षण गर्न सडकमा ओर्लिएर देशभक्तिपूर्ण भूमिका निर्वाह गर्नुभएको हो । यसबाट नेपाली जनताले पनि सिक्नु आवश्यक छ ।”
सचिव सुवालले भन्नुभयो, “संरा अमेरिकाले सार्वभौम देश भेनेजुयलाका राष्ट्रपति मडुरो दम्पतीलाई अपहरण ग¥यो । लिविया र इराकमा पनि त्यहीँका मान्छेलाई उक्साएर मुअम्मर गद्दाफी र सद्दाम हुसेनको प्रशासन उल्टायो । यतिखेर इरानले ट्रम्प प्रशासनलाई जवाफ दिँदै छ । नेपाली जनता सचेत हुनु आवश्यक छ ।”
नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजूले चाँगुनारायण प्रगतिशील सांस्कृतिक समाजको गतिविधिबाट चाँगुका जनतामा नेपालभाषा, संस्कृति र आफ्नो सम्पदाप्रति चासो बढेको उल्लेख गर्दै मौलिक सांस्कृतिक वाद्यवादन जगेर्ना गर्न चाँगुका जनता सचेत हुनु जरूरी रहेको बताउनुभयो ।
उहाँले सरकारले दिएको दुई दिनको बिदाले जनताको शिक्षा–स्वास्थ्यमा गम्भीर असर पर्ने बताउनुभयो ।
चाँगुनारायण प्रगतिशील सांस्कृतिक समाजका पूर्वअध्यक्ष मिनबहादुर बाटाले संस्कृति जगेर्नाका साथै देशको सार्वभौमिकता रक्षा गर्ने विषयलाई पनि नेपाली जनताले निरन्तर उठाउनु जरूरी रहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष रामकृष्ण लिगलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी चानपा ५, छालिङका अध्यक्ष रत्नबहादुर ह्यौँमिखा, सूर्यबहादुर फोजू र सानुमाया लागेजूले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विभिन्न दाफा भजन समूह र सहयोगीहरूलाई कदरपत्र वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *