भर्खरै :

सर्वसुलभ सहकारीमा शुभकामना कार्यक्रम

सर्वसुलभ सहकारीमा शुभकामना कार्यक्रम

भक्तपुर, २९ चैत । सर्वसुलभ उपभोक्ता सहकारी संस्था लि. को आयोजनामा नयाँ वर्ष २०८३ र बिस्काः जात्राको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार कृष्णभक्त लवजुले सर्वसुलभ साकोस बजारमा कृतिम अभाव हुन नदिन, खाद्य संस्कृति विकास गर्न र बजारमा अस्वाभाविक मूल्यवृद्धिमा निरुत्साहित गर्न नमुना उपभोक्ता सहकारी बनाउने उद्देश्यका साथ स्थापना भएको हो भन्नुभयो ।
उहाँले सामूहिक भावना विकास गरी कम नाफामात्र लिएर सेवामूलक सहकारीको रूपमा सञ्चालन भएकोमा खुसी व्यक्त गर्नुभयो ।
कर्माचारीहरूको अनुशासन, सञ्चालक समितिको नीति निर्माण तथा सेवा भावले संस्था दिगो हुने उहाँले बताउनुभयो ।
संस्थाका सल्लाहकार एवं संस्थापक अध्यक्ष कृष्णगोविन्द लाखाजुले नयाँ वर्ष २०८३ र बिस्काः जात्राको उपलक्ष्यमा शुभकामना मन्तव्य दिनुभयो ।
संस्थाका कोषाध्यक्ष नारायणमान वनमालाले संस्थाको कारोबारसम्बन्धी जानकारी गराउँदै संस्थाको सेवा सुविधा बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म उपभोक्ताहरूलाई विभिन्न खाद्य तथा दैनिक सामानहरू सहज रूपमा सेवा गरी उचित मूल्यमा बिक्री वितरण गरिएको जानकारी गर्नुभयो ।
संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद लाखाको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष बद्रीप्रसाद माकले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा भित्तेपात्र क्यालेन्डर विमोचन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *