कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २९ चैत । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा ४७ औँ शिक्षक दिवस शिक्षकहरूमाझ प्रवचन कार्यक्रम गरी मनाइयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले आन्दोलनकै जगबाट आजको समाज सिर्जना भएको बताउनुभयो । हरेक परिवर्तनको पछाडि आन्दोलन र सङ्घर्षको योगदान रहने बताउँदै विगतको सङ्घर्षलाई स्मरण गर्नुपर्ने बताउनुभयो ।
नेपालका शासक दलहरूले समयमा विचार गर्न नसक्नाका कारण भदौ २३ र २४ गतेको घटना घटेको बताउँदै उक्त घटनाको जिम्मेवारी शासक दलले लिनुपर्ने कुरा बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीले नेपालको विकास नहुनुको पछाडि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको मुख्य हात रहेको हुँदा यस विषयमा सूक्ष्म र गम्भीर अध्ययन गर्नुपर्ने बताउँदै शिक्षकहरूले जुनसुकै नयाँ कुरालाई गम्भीर छलफल गरी त्यस विषयमा आआफ्नो धारणा स्पष्ट गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रमका अतिथि नेपाल क्रान्तिकारी शिक्षक सङ्घ केन्द्रीय समितिका कोषाध्यक्ष चक्रबहादुर चाकतुले अहिलेको शिक्षकहरूले जति पनि पाएका पेसागत सेवा र सुविधा विगतको शिक्षक आन्दोलनको परिणाम भएको बताउँदै अहिले सरकारले शैक्षिक क्षेत्रमा ल्याएको अराजकताको विरोध गर्दै नयाँको नाममा असान्दर्भिक नीतिको विरोध गर्नुपर्ने बताउनुभयो ।
उहाँले अहिले सुविधा जस्तो देखिने सरकारको नीतिले कालान्तरमा शिक्षण पेसामा चुनौती आउने कुरामा सचेत गर्नुभएको थियो । उहाँले विगतमा शिक्षकहरूको सेवा, सुविधा र हक अधिकारको लागि भएको शिक्षक आन्दोलनको विश्लेषण गर्दै शिक्षक आन्दोलन अहिलेको सन्दर्भमा पनि उति नै आवश्यक रहेको बताउनुभयो ।
उहाँले अहिलेको सरकारले शैक्षिक क्षेत्रमा दुई दिनको बिदा र नयाँ शैक्षिक सत्रको सुरुवातमा ल्याएको अन्योलताले शैक्षिक क्षेत्र अस्तव्यस्त हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ चाँगुनारायण नगर समितिका अध्यक्ष नारायणप्रसाद दुलाल, नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष विष्णुप्रसाद दुमरु र नेपाल क्रान्तिकारी शिक्षक सङ्घ सूर्यविनायक नगर समितिका प्रतिनिधि राजेश छुकांले पनि शिक्षक आन्दोलन र शैक्षिक सत्रको सुरुवातको विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रम नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा समितिका उपाध्यक्ष घनश्याम खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालन समितिका सचिव राजन लाखाजुले गर्नुभएको थियो ।
Leave a Reply