भर्खरै :

विश्व सम्पदा सूचित रहेको भक्तपुर कला, संस्कृति र चाडपर्वमा धनी

विश्व सम्पदा सूचित रहेको भक्तपुर कला, संस्कृति र चाडपर्वमा धनी

भक्तपुर, ३० चैत । बाराही पीठ विकास समिति, बाराही स्थान, भक्तपुरको ११ औँ साधारण सभा चैत २८ गते भनपाका उपप्रमुख रजनी जोशीको आतिथ्यमा सम्पन्न भयो ।
उक्त सभामा अतिथि जोशीले विश्व सम्पदा सूचित रहेको भक्तपुर कला, संस्कृति र चाडपर्वको धनी र जीवन्त तथा सांस्कृतिक नगरी भएकोले यहाँको सम्पदालाई बचाइराख्नुपर्नेमा जोड दिनुभयो ।
वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले शिक्षा र सीपलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै सम्पदा संरक्षणलाई जोड दिँदै आएको बताउनुभयो ।
वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले विदेशी संस्कृति हाम्रो देशमा भित्रिरहेको तर्फ जनता सचेत हुनुपर्छ भन्नुभयो ।
समितिका लेखा परीक्षक श्यामप्रसाद मुनंकर्मीले समितिको हिसाब किताब पारदर्शी रहेको बताउनुभयो । समितिका उपाध्यक्ष सुनिता प्रजापति (अवाल) ले समितिले गरिरहेको गतिविधिबारे जानकारी गराउनुभयो ।
समितिका कोषाध्यक्ष कृष्णगोपाल चगुठीले आ.व. २०८१/०८२ को प्रतिवेदन पेस गर्नुभयो । समितिका सचिव शिवशरण भुजुले समितिको प्रतिवेदन पेस गर्नुभयो ।
कार्यक्रमका सभापति एवं समितिका अध्यक्ष अन्नतप्रसाद धौभडेलले साधारण सभा सफल बनाउन सहभागिता जनाउने सम्पूर्ण सदस्य तथा अतिथिलाई धन्यवाद व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *