आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
दक्षिण कोरिया र संरा अमेरिकाको संयुक्त सैनिक अभ्याससँगै प्रजग कोरियाले दक्षिण कोरियासँगको उच्च स्तरीय वार्ता स्थगित गरेको छ । बुधबार प्रजग कोरियाली समाचार संस्था केसीएनएले औचपारिकरुपमा यो कुरा खुलाएको हो ।
प्रजग कोरियाको सरकारी मिडिया केसीएनएले प्रजग कोरिया र संरा अमेरिकाबीचको शिखर बैठकको सन्दर्भमा संरा अमेरिकाले दुई पटक सोच्नुपर्ने बताएको छ ।
केसीएनएले यस्तो समाचार प्रसारण गरेको केही समयपछि संरा अमेरिकी विदेश मन्त्रालयले जुन १२ का दिन सिंगापुरमा राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजग कोरियाली सर्वोच्च नेता किम जङ उनबीच शिखर वार्ताको तयारी चालु राखेको जनाएको छ ।
संरा अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता हिथर नायरेटले वाशिङ्टनमा आयोजित नियमित पत्रकार भेटघाटमा प्योङयाङ र सिओल कसैले पनि आफूलाई पूर्वनिर्णयमा परिवर्तन भएको जानकारी नदिएको बताएकी छिन् ।
‘हामीलाई कुनै औपचारिक खबर छैन ।’, उनले भनिन् ।
केसीएनएले संरा अमेरिका र दक्षिण कोरियाबीच २०१८ माक्स थन्डर संयुक्त हवाई प्रतिरोधात्मक सैनिक अभ्यास गर्न लागेकोप्रति आपत्ति जनाएको छ । त्यो अभ्यासमा बी–५२ र एफ–२२ जस्ता वम हमलाकारी विमान लगायत एक सयभन्दा बढी विमानहरुको प्रयोग हुने जनाइएको छ ।
प्रजग कोरियाले सो अभ्यासलाई ‘आगोसँग खेलेको’ संज्ञा दिएको छ । हालै दक्षिण कोरिया र प्रजग कोरियाबीच भएको प्योङयाङ घोषणापत्र र कोरिया प्रायःद्विपमा पछिल्लो समय भएका सकारात्मक राजनीतिक विकासलाई सैनिक अभ्यासले कमजोर बनाउने उत्तरको भनाइ छ ।
दुई कोरियाबीच हालै भएको सहमतिमा कोरिया प्रायःद्विपमा भएको सैनिक तनाव र युद्धको खतराबाट मुक्त गर्ने विषय उल्लेख छ । उक्त सहमतिमा संरा अमेरिकाले पनि पूर्ण समर्थन जनाएको थियो ।
‘तर दुई कोरियाबीचको भएको सहमतिको मसी सुक्न पनि नपाउँदै प्रजग कोरियाविरुद्ध दक्षिण कोरिया सरकार र संरा अमेरिका सैनिक अभ्यास गर्न थालेका छन् । यसले सबै शान्तिप्रेमी र राम्रो मनसायका प्रयासहरु विफल बनाउने सम्भावना बढेको छ ।’, प्रजग कोरियाको भनाई छ ।
बुधबार नै अप्रिल २७ मा भएको पानमुनजोम घोषणापत्रको कार्यान्वयनको सन्दर्भमा दुई पक्षबीच बैठक बस्ने कार्यतालिका तय छ ।
Leave a Reply