भर्खरै :

गिरिजा बाबुबारे रोहितको बुझाई

गिरिजाबाबुको र तपाईंको सम्बन्ध कस्तो थियो ?
हाम्रो सम्बन्ध दुइटा पार्टीका अध्यक्ष र सभापतिको रुपमा थियो । उहाँ मलाई ‘बिजुक्छें’ भन्नुहुन्थ्यो, म ‘गिरिजाबाबु’ भन्थें ।
उहाँको काम गर्ने शैली कस्तो थियो ?
– उहाँ आफू कम बोल्नुहुन्थ्यो, अरुको कुरा चासोपूर्वक सुन्नुहुन्थ्यो । उहाँ कुरामा भन्दा काममा जोड दिनुहुन्थ्यो ।
उहाँसँग तपाईको पहिलो भेट कहाँ भएको थियो ?
–उहाँसँग मेरो पहिलो भेट नख्खु जेलमा भएको थियो । त्यसबेला नारायण सिंह डिआईजी काण्ड भएको थियो । काठमाडौंका विष्णुबहादुर श्रेष्ठ, रामबहादुर श्रेष्ठ, डिल्ली बजारका रघु गुरु र म एउटै कोठामा थियौं । म सबैभन्दा कान्छो थिएँ । विष्णुबहादुर श्रेष्ठजी अङ्गे्रजी र गणितका राम्रा शिक्षक, अर्थशास्त्रका अध्येता र २०१५ सालको संसदीय निर्वाचनमा पुष्पलालजीका मुख्य एजेन्ट हुनुहुन्थ्यो ।
पाटनका रामबहादुरजी एक कम्युनिष्ट सिद्धान्तकारको रुपमा चर्चित हुनुहुन्थ्यो, उहाँसँग पनि मेरो पहिलो भेट थियो । डिल्लीबजारका रघु गुरु एक शिक्षक र एक चर्चित कम्युनिष्ट कार्यकर्ता हुनुहुन्थ्यो । म सबभन्दा कान्छो हुँदा म बिहान चिया पकाउँथे र पाहुनाहरूलाई समेत चियाले स्वागत गर्थें ।
उहाँको व्यक्तित्वबारे तपाई के भन्नुहुन्छ ?
–कुनै व्यक्तिको व्यक्तित्वको अर्थ उनको पोशाक, शारीरिक बनौट र बाहिरी व्यवहार गौण हुन्छ, बरु उनको व्यक्तित्वमा परिवारको पृष्ठभूमि, अध्ययन, सङ्गत र उनको उद्देश्यसँग जोडिएको हुन्छ । वर्ग र व्यवहारले उनको व्यक्तित्वलाई अगाडि ल्याउँछ, तर व्यक्तित्वको सार भित्री बौद्धिक क्षमता र कार्यकुशलतामा सन्निहीत हुन्छ ।
जेलमा हुँदा गिरिजा बाबु कहिले तपाईहरूको कोठामा आउनुहुन्थ्यो ?
–एक पटक काङ्ग्रेस र राजाको कुरा मिल्यो, नेपाली काङ्ग्रेसको सरकार बन्ने भन्ने हल्ला भयो । जेलमा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूको माझमा मन्त्रीहरूको पदको समेत चर्चा गरियो । आफूहरु छिटो छुटकारा पाउन गैर–राजनैतिक बन्दीहरू नेकाका कार्यकर्ताको पछि जागे । आफ्नो छुटकाराको निम्ति नेपाली काङ्ग्रेसका सम्भावित गृहमन्त्रीलाई १५–२० वर्षदेखि २–४ पैसा जम्मा गरेको रकमसमेत बुझाउन भ्याए ।

बन्दीहरूले हामीसँग सोध्दा असम्भव र बेमौसमको बाजा भन्ने गर्थे । तर साँच्चै दसैं बित्यो र तिहारमा समेत मन्त्रीहरूको सूचीमा ने.काँका कार्यकर्ताको नाम आएन । बन्दीहरूले हल्ला गर्न थाले– ‘छुटेर गएका मन्त्री भएनन्, हाम्रो पैसा पनि फिर्ता दिएनन्, काङ्ग्रेसले देश पनि बिगा¥यो र जेल पनि बिगा¥यो ।’
त्यसैबेला जिरिजाबाबु हाम्रो कोठामा पुग्नुभयो र छलफल भयो । राजबन्दीहरू छुटेका छैनन् । अखबारको सेन्सरशीप फिर्ता लिएको छैन र बाहिर राजनीतिक गतिविधिमा कडाई छँदैछ, त्यसैले राजा र काङ्ग्रेसको जेल र पञ्चायत खुकुलो हुने सम्भावना छैन ।
उहाँले चिया खान्नु भएन र आफ्नो कोठामा कफी मगाउनुभयो । उहाँ चिया खानु हुन्नथ्यो, म कफी खान्थें ।
के गिरिजाबाबुले ख्वप विश्वविद्यालयको सकारात्मक कुरा गर्नुहुन्थ्यो ?
– उहाँ ख्वप विश्वविद्यालयको निम्ति वर्षको ६ करोड दिन तयार हुनुहुन्थ्यो । हामीले पैसा महत्वपूर्ण विषय होइन, शिक्षालाई उत्पादन श्रमसँग मिलाउने शिक्षा नीति, पाठ्यपुस्तक, पाठ्यक्रम र व्यवहारिक कक्षाको निम्ति ज्यासल र प्रयोगशाला आदि बनाउन २–४ वर्ष लाग्ने हुँदा केही बुद्धिजीवी र प्राध्यापकहरु तयार गरौं र विश्वविद्यालयको स्वीकृति प्राप्त भएमा काम छिटो हुने बताए ।
ख्वप विश्वविद्यालयले किन स्वीकृति प्राप्त गर्न सकेन ?
परराष्ट्र तथा मानव अधिकार समितिको एक टोली भक्तपुर, बाँके, वीरगञ्ज, जनकपुर र झापामा गई निरीक्षण गरेको थियो । त्यसको नेतृत्व माननीय प्रा. सुरेश आलेमगरले गर्नुभएको थियो र एक मतले ख्वपलाई पूर्वाधार भएको भनी विश्वविद्यालय स्वीकृति प्रदान गर्न सरकारलाई सिफारिस गरेको थियो । एमालेका प्रदीप नेपाल, गंगाधर तुलाधर र गिरिराजमणि पोखरेलले पनि ‘हुन्छ, हुन्छ’ भन्दै जानुभयो । तर शासक दलहरू, मन्त्रीहरू र नेताहरूको पूर्वाग्रहको कारण ख्वप विश्वविद्यालयले मूर्त रुप लिन पाएन । तर अहिलेको प्राविधिक र व्यावसायिक शिक्षा विभिन्न जिल्लामा शुरु हुनु राम्रो मान्नुपर्छ ।
गिरिजाबाबु बौद्धिक मानिस होइन, प्राज्ञिक र सैद्धान्तिक कुरा गर्नुहुन्न । एक पटक विपि बाबुले उहाँलाई ‘पुलिसको हवल्दार’ भन्नुभएको तपाईंलाई थाहा छ ?
नेपाली काङ्ग्रेसको आन्तरिक र दाजुभाईको विषयमा मलाई थाहा छैन ।
गिरिजाबाबुले नेमकिपालाई सरकारमा भाग लिन आग्रह गर्नुभएको हो ?
हो, अन्य आन्दोलनकारी राजनैतिक दलहरूले जस्तै नेमकिपालाई सरकारमा सहभागी हुन भन्नुभएको थियो र आफू जान अप्ठेरो हुने भए प्रेम सुवाल र सुनिल प्रजापतिको नाम सुझाउनुभएको थियो । तर हाम्रो पार्टी सामन्तवादविरोधी सङ्घर्षमा सामेल भयौं र पूँजीवादी सरकारमा सहभागी भएर समाजमा आमूल परिवर्तनको सम्भावना भएको हुँदा नेमकिपा सरकारमा गएन ।
के नेपाली काङ्ग्रेस विदेशी पुँजीपरस्त दल हो ?
नेपाली काङ्ग्रेस विदेशी पुँजी ‘परास्त’ पुँजीवादी राजनैतिक दल हो । ‘परास्त’ को अर्थ ‘पूजा गर्ने’ हो । निश्चय पनि ने.का. विदेशी पुँजीको सेवा गर्ने दल हो ।
के गिरिजाबाबु भारतीय दुतावास धाउनुहुन्थ्यो– एमाओवादी नेताहरूजस्तै ?
गिरिजाप्रसाद कोइराला प्रचण्डजी र अरु मधेसवादी नेताहरूजस्तो भारतीय दूतावास चहारेको बारे मलाई थाहा छैन ।
के प्रचण्डजी एम्बुसमा परेको पनि थाहा छैन ?
–त्यो घटना त समाचारमा र प्रचार माध्यममा छ्यासछ्यास्ती आएको थियो । प्रचण्डजीहरू त बरोबर जाने गर्नुहुन्थ्यो भनी उहाँले पत्रकारहरुलाई प्रष्टै भन्नुभयो– ‘आज एम्बुसमा परें ।’
 आन्दोलनमा गिरिजाबाबुले प्रहरीको लाठी खानुभएको थियो, होइन ?
–आन्दोलनका बेला प्रहरी र आन्दोलनकारीहरू बीचमा तानातान र धकेलाधकेली हुन्थ्यो । हामीलाई पनि प्रहरीले समातेर भ्यानमा हाल्ने गथ्र्यो भने साथीहरूले बाहिर तान्ने गथ्र्यो । गिरिजा बाुब आन्दोलनमा देखि हुन्थ्यो । कोही सँगै हुन्थ्यौं, कहिलो टाढा । धेरैले प्रहरीको लठ्ठी पनि खान्थे, तर गिरिजा बाबुलाई लाठीले हानेको मैले देखेको थिइनँ । उहाँलाई पनि साथीहरूले बचाउनु स्वाभाविक हो ।
सारमा उहाँको कार्यशैली कस्तो पाउनुभयो ?
–उहाँ कुराभन्दा काम गर्ने वा ‘म्यान अफ एक्सन’ हुनुहुन्थ्यो ।
के उहाँलाई राष्ट्रपति बन्न भारतले रोकेको हो ?
–चारजना नेपाली काङ्गे्रसका नेताहरू मिलेर राष्ट्रपति बन्ने धुनमा भारतको कुरा सुनेर ‘ माओवादी’ को ‘भालूको कम्पट’ नसमात्न भनेको तर उहाँले साथीहरूको सल्लाह नमानेको बारे सुनेको मात्रै थिएँ, सच्चाईमा म पुगिनँ ।
तर नारायणहिटी दरबारलाई सङ्ग्राहलयको उद्घाटनको दिन त्यस समारोहमा तात्कालीन भारतीय राजदुतले रामराजा प्रसाद सिंहलाई ‘तपाईको काँधमा ठूलो जिम्मेवारी आउँदैछ’ भनेको कुरा त्यही हल्ला भयो ।
एकै छिनमा पत्रकारहरूले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई घेरी हाल्यो र उहाँले आक्रोशित भाषामा भन्नुभयो, ‘म कसैसित डराउँदिनँ र झुक्दिनँ । भारतसँग र एमाओवादीसँग पनि झुक्दिनँ ।’
अन्तमा भारतले गणतन्त्र स्थापना गराई सकेपछि उहाँलाई राष्ट्रपति नदिएर धोखा दिएको भन्छन्, कोही उहाँ नै राष्ट्रपति पदको निम्ति भारतसँग लहसिनुभयो र धोखा पाएको नेपाली काङ्गे्रसभित्रै चर्चा चलेको थियो ।
2075-2-2

Leave a Reply

Your email address will not be published. Required fields are marked *