भर्खरै :

सत्ता गुलाबको ओछ्यान होइन !

सत्ता गुलाबको ओछ्यान होइन !

महानिर्वाचनको ‘घोषणापत्र’ वा ‘वाचापत्र’ मा जेसुकै लेखिएको भए पनि सरकारमा गएपछि ती ‘वाचापत्र’ वा ‘घोषणापत्र’ अनुसार शासक दलहरूले काम नगरेको बारे आज सचेत नेपाली जनतामा कुनै भ्रम बाँकी रहेन । यसकारण, वर्तमान सरकारले जे जस्तो कर्म वा कुकर्म गरेर भए पनि निर्वाचनमा झन्डै दुईतिहाइ ल्याएको हुँदा जनताको आधा मनले वाचा पूरा गर्लान् भने विश्वास गर्छ भने आधा मनले गर्दैनन् । सबै दलहरू उस्तै हुन्; खाली लुगा मात्रै फेरिएको होइन भनी पटक्कै विश्वास गर्दैनन् – सरकारका दलहरूलाई ¤
यसको कारण हो, अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकालाई संसारमा थप उज्यालो बनाउने भनी अनेक फूलबुट्टा भरेर जनतालाई चित्त बुझाउन खोजेका थिए तर व्यवहारमा आफ्नो देशका मात्रै होइन विदेशमा पनि हिजोका प्रजातन्त्रविरोधी तानाशाहहरूले जस्तै आफ्नो इच्छा र मनको कुरो फलाकेर देशको प्रतिष्ठा र राष्ट्रपतीय पदलाई पनि प्रश्न चिन्ह लाग्ने गरी एकपछि अर्को देश र छिमेकीहरूलाई तर्साउँदै र धम्की दिँदै आक्रमणहरू गर्दै गए ।
संसारका सबै सचेत जनता ट्रम्पको लहडी निर्णय र कुरा फेर्दै जाने कार्यशैलीको कारण अमेरिकी राष्ट्रपतिको गरिमालाई समेत प्रचार गरेजस्तै होइन रहेछ भन्ने कुरो बुझ्दै गए । नेपालका वर्तमान सरकारलाई पनि कस्ता–कस्ता कहाँ गए† भर्खर आएका युवाहरू रहर मात्र पूरा गर्न आएका हुन् भनी निराश भएर राजनीतिप्रति थप अनास्था प्रकट गर्न थालेको पत्रकारहरूको अनुभव छ ।
अमेरिकी निर्वाचनजस्तै भारतको निर्वाचनमा पनि संसारभरका जनता ठुलो चासो राख्ने गरेको बारे सबै जानकार छन् । संसारको सबभन्दा बढी जनसङ्ख्या भएको देश भारतको आधा जनता एक छाक खान्छन् र वर्षको लाखौँ किसान ऋण तिर्न नसकी आत्महत्या गर्छन् । यो अवस्था संसारको निम्ति भारतीय गरिब जनताबारे जानकारी राखेकै हुन्छन् तर भारतीय जनता पार्टीको सरकार गद्दीमा बसेको पनि दुई दशक पार गरिसकेको छ, भारतका गरिब जनताको जीवनमा कुनै तात्विक परिवर्तन भएको छैन भन्ने जानकारीबाट विदेशका लाखौँ र करोडौँ जनता पनि निराश मुद्रामा रहन्छन् । हुन पनि भारतको वर्तमान सरकारले कहिले पनि देश र गरिब जनतालाई मौलिक परिवर्तन गर्ने सङ्केत वा भाषाले वचन दिएको छैन । जसरी भारतीय आन्दोलन गरेका राजनीतिक दलहरूले बेलायती उपनिवेशवादी सरकारको विरोधमा अन्तिम उपनिवेशवादी शासनलाई उखेलेर फाली हाल्छौ भनी विश्वास दिलाएका थिएनन् । किनभने, गान्धीजीदेखि अन्य सबै प्रकारका स्वतन्त्रता आन्दोलन गर्ने भारतीय दलहरूले अङ्ग्रेजी राजलाई फालेरै पठाउँछौ भनी वाचा गरेकै थिएनन्, अङ्ग्रेज राजलाई खाली असहयोग मात्रै गरेका थिए । गान्धीजीले पनि त्यस्तो आमूल परिवर्तनको ‘स्वतन्त्रताको विजय हुन्छ’ भन्ने सपना बोकेकै थिएनन् बरु अङ्ग्रेजसँगै मिलेर मेलमिलापको वातावरणमा अङ्ग्रेजहरूबाट मिलेर राज गर्न सक्नेसम्मको मात्रै कल्पना गर्थे ।
बस, त्यस्तै नेपालका नाम कमाएका दल र नेताहरूले, नेतृत्व गरेका प्रधानमन्त्रीहरूमध्ये कसैले पनि आमूल परिवर्तन गर्नमा सफलता प्राप्त गर्छौँ भन्ने सपना देखेका थिएनन् । परिणाम प्रस्ट छ, पदमा राख्दैमा वा प्रमाणपत्र दिँदैमा सबै योग्य र व्यवहारिक हुने भए विद्यालय, विश्वविद्यालय र वर्षाैँको अध्ययन र व्यवहारमा खारिनुको अर्थ के होला ! केही उदाहरणहरू समाचार शीर्षकले प्रस्ट बोल्छ –
(क) ‘अस्पतालमा पनि अब सातामा दुई दिन बिदा’ (नयाँ पत्रिका, ४ वैशाख २०८३) । रोगी नभएको भए पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू किन काठमाडौँका वीर अस्पताल र शिक्षण अस्पताल एवम् गंगालाल अस्पतालमा धाउँथे ?
(ख) ‘स्थानीय तहको एकल अधिकारमा सङ्घीय हस्तक्षेप’, (राजधानी ६ वैशाख २०८३) । सत्तामा बस्दैमा सबै ठीकठाक हुने भए प्रचण्ड र ओली किन हार्थे ¤
(ग) ‘पाठ्यपुस्तकमा व्यापक कालोबजारी’ ‘सरकारले गर्ला त कारबाही ?’ (नेपाल समाचारपत्र ६ वैशाख २०८३) । भ्रष्टाचार र काला व्यापार रोक्ने र नियन्त्रण गर्ने आश्वासन कहाँ गयो ? जनताको मुख मुखमा प्रश्न छ ।
(घ) पाँच महिनामा पुँजीगत खर्च १९.२४ प्रतिशत मात्रै’ (नयाँ पत्रिका, २ चैत २०८२) त्यसैले भनिन्छ, सत्ता गुलाबको ओछ्यान होइन ! विश्व बैङ्कलाई गुहार माग्नुको अर्थ नेपालको ऋणमा ‘थप ३ खर्ब ऋण लिनु हो – जेनजी आन्दोलनको क्षतिको मर्मत गर्न ! कसले हा¥यो ? नेपाल र नेपाली जनताले हारे । जित्यो कसले ? हिजोका सरकारका प्रमहरू र वर्तमान सरकारले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *