संस्कृतिको खोजमूलक पुस्तक ‘होचो ढोका’ नियाल्दा
- चैत्र ३०, २०८२
सरकारले लुकाएर लुक्ने हो भने हिजोका शासक दलका नेताहरूको गुप्त खातावही र भ्रष्टाचारका ‘क’ देखि क्षेत्रज्ञसम्मका वर्तमान सरकारका कार्यकर्ताले जान्ने थिएनन् र समारचारपत्रमा आउने थिएनन् ।
भनिन्छ – ‘जनताका आँखा दूरबिनसरह हुन्छन्, टाढा–टाढाका वस्तु पनि देख्ने गर्छन् । वर्तमान सरकारका कुन मन्त्रीले भाङ र सुर्ती, गाजा र मादक पदार्थ खान्छन् र कुन तहका कार्यकर्ताले कुन विदेशी दूतावासबाट पैसा खान्छन् र कुन देशको हितमा काम गर्छन् भन्ने थाहा हुन्छ ।
प्रजातन्त्रमा हरेक जनताले देश र जनताको अहित हुने काम नगरेसम्म, जनताले काम गरी खाएसम्म बाधा–व्यवधान गर्दैनन् किनभने काम गरी खाने स्वतन्त्रता प्रजातन्त्रमा हुन्छ । त्यसैले, सरकारका कार्यकर्ताले ‘कसको बुहारी उडायो’ र ‘कसले दोस्रो विवाह ग¥यो’ भन्नेबारे विवाहको ऐन–कानुनअनुसार हुन्छ भनी जनताले हेरिरहने गर्छन् । व्यक्तिगत मामलामा पाएको अधिकार र कर्तव्य पालना गर्नु हरेक नागरिकको अधिकारको विषय हो ।
तर, नेपालको ‘नागरिकता त्यागेर’ विदेशी नागरिक भइसकेको नेपालीले निर्वाचनमा मत हाल्न पाउने छैन, नेपाली नागरिकले मात्रै नेपालको राजनैतिक अधिकार पाउँछ । एक व्यक्तिले हरेक देशमा नागरिकता खोज्दैमा राजनैतिक अधिकार पाउने गर्दैन । ‘नागरिकता निश्चित देशको नलिने र सबै देशको राजनैतिक र सामाजिक अधिकार पाउन जिकिर गर्नु आजको समाजमा ‘अराजकता’ साबित हुनेछ । हो, सबै संसारकै नागरिकता अहिले तत्काल हुने तर्क र सम्भावना ‘काँचो धागो’ जस्तो मात्रै तर्क हुनेछ । दुई सय वर्षपछि राज्यका आजका जस्ता सीमाहरू नभएपछि र विश्व साम्यवादी व्यवस्थामा भित्रिएपछि मात्रै ‘एक व्यक्ति विश्वकै नागरिक’ हुने तर्कले काम दिनेछ । ‘विश्व सम्पदा’ र ‘विश्व नागरिकता’ लाई आज समान अर्थमा लिइँदैन ।
‘विश्व सम्पदा’ को अर्थ मानव जाति फरक–फरक देश र ठाउँहरूमा विकास भएको भए पनि साम्यवादी समाजमा व्यक्ति वा नागरिकले फरक–फरक मानिसले गरेका विकास र हरेक प्रगतिका धरोहरहरू ‘पृथ्वीका मानिसहरूकै’ फरक–फरक समयमा विकास र उन्नति गरेका वस्तु हुन् भन्ने उदात भावनाले हेर्ने छन् । यसकारण, चे ग्वेभाराले आफ्नो ‘समाजवाद र व्यक्ति’ भन्ने रचनामा भनेका थिए – समाजवादको विकास गर्ने हरेक व्यक्तिमा त्यो भावनालाई आत्मसात गरिसकेको हुन्छ । त्यसैले, त्यो समाज सफल भई अगाडि बढ्छ ।
यात्रु बसमा बस्दैमा सबै यात्रु चालक हुँदैनन् । त्यो समयमा ट्रम्प र एलनमसजस्ता स्वार्थी, आत्म–केन्द्रित एवम् अहङ्कारी र अरुको भावना नबुझ्ने मानिस हुने छैनन् । त्यस समाजको बसले त्यस्ता व्यक्तिवादी प्राणीहरूलाई धेरै पछाडि छाडिसकेको हुन्छ । आज चीनमा हरेक देशका मानिस शिक्षा प्राप्त गर्छन् र क्युवाका चिकित्सकहरू हरेक देशमा भूकम्प वा बाढीजस्तो प्राकृतिक विपत्ति र कोरोना र अन्य ठुलठुला सङ्क्रमण हुने रोगीहरूको उपचार गर्न क्युवाली चिकित्सकहरू अफ्रिकी देशहरूमा, अन्य धेरै ल्याटिन अमेरिकी देशहरूमा पाकिस्तान र नेपालजस्ता एसियाली देशहरूमा वा संरा अमेरिकामा समेत सेवा र सहयोग गर्न पुगेका थिए । तर, त्यहाँको केन्द्रीय सरकारले ‘सेतो कोट’ लाई पत्याएन । संसारका अनेक महादेश र विभिन्न देशका दास र ज्यामी, लडाकु एवम् बुद्धिजीवीहरू गएर अमेरिकाको कृषि, उद्योग, व्यापार, स्वतन्त्रता सङ्घर्ष र अन्य सबै प्रकारका पेसामा लागेर रगत र पसिना नबगाएका भए आजको अमेरिकी समृद्धि हुने थिएन ।
संरा अमेरिकी राष्ट्रपति ट्रम्पलाई अमेरिकी जनताको भावनालाई स्वीकार गर्ने साहस गरेनन् । तर, साँच्चै भन्ने हो भने सा¥है थोरै व्यक्तिहरू मात्रै त्यहाँ बाँकी रहने छन् दुई सय वर्षपछि । वर्तमान नेपाल सरकारले कुनै एक देशको पछि नलागी पारदर्शितालाई अँगाल्नु युगसम्मत हुनेछ ।
Leave a Reply