न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
कानुन मानिसको जीवनको एउटा महत्वपूर्ण पक्ष हो । जसले देशको कानुन जाँदैन, बुझ्दैन उसले दुःख पाउँछ । सामान्य अर्थमा जुन काम कानुनले नगर भन्छ गरेमा वा जुन काम गर भन्छ त्यो नगरेमा त्यसलाई कानुन उल्लङ्घनको आरोप लाग्छ र कतिपय अवस्थामा त्यो दण्डनीय पनि हुन सक्छ । कानुनका विद्यार्थीहरू यस्ता विषयहरूमा सधैँ सचेत हुनुपर्छ ।
समाजलाई व्यवस्थित रूपमा अगाडि बढाउन र सुशासन कायम गर्न नेपालमा थुप्रै भ्रष्टाचारविरोधी कानुनहरू बनेका छन् । त्यसको राम्रो कार्यान्वयन हुन सकेको छैन । नेपालमा भ्रष्टाचार नियन्त्रण गर्न कानुनसँगै थुपै्र संयन्त्रहरू पनि बनेका छन् । विभिन्न नाउँका ती संयन्त्रहरूको निष्कृयता, पक्षपातपूर्ण व्यवहार र पूर्वाग्रही भावनाका कारण ती संयन्त्रहरूप्रति पनि प्रश्नहरू उठिरहेका छन् । विद्यार्थीहरूले अहिलेदेखि हरेक विषयमा राम्रोसँग अध्ययन गर्नुहोस्, बुझेर काम गर्नुहोस् । अहिले कानुन अध्ययन गर्ने तपार्इँ भाइ बहिनीहरू नै भोलिका राम्रा वकिल, न्यायाधीश, कानुनी सल्लाहकार र प्रशासक बन्नु हुनेछ । इमानदार, पारदर्शी र देशभक्तिको भावना भएन भन्ने समस्या हुन सक्छ । ख्वप कलेज अफ ल राम्रा कानुन विज्ञहरू तयार गर्ने उद्देश्यले स्थापना गरिएको कलेज हो । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सात वटा शैक्षिक संस्थाहरूमध्ये यो कलेज सबैभन्दा पछि २०७९ सालमा स्थापना भएको शैक्षिक संस्था हो । स्थापनाको छोटो अवधिमा यो कलेज निरन्तर प्रगतिको बाटोमा अगाडि बढिरहेको छ ।
नगरपालिकाद्वारा सञ्चालित सबै शैक्षिक संस्थाहरूमा गरी देशभरिका साढे सात हजार विद्यार्थीहरू विभिन्न विषयमा अध्ययनरत छन् । ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ आज देशभरका प्राविधिक शिक्षा दिने शैक्षिक संस्थाहरूमध्ये उत्कृष्ट कलेजहरू हुन् भने अब कानुन पढ्ने विद्यार्थीहरूका लागि देशकै उत्कृष्ट ल कलेजहरूमध्ये ख्वप कलेज अफ ललाई प्रमाणित गर्ने पालो आज भर्ना भएका र अध्ययनरत विद्यार्थी भाइबहिनीहरूको हो ।
आजका विद्यार्थीहरू नै भोलिको देशका वकिल, न्यायाधीश, प्रशासक वा अन्य महत्वपूर्ण क्षेत्रका कानुनी सल्लाहकारहरू बन्नु हुनेछ । इमानदार, पारदर्शी र समाज सेवाको भावना भएन भने कानुन अध्ययनले मात्र राम्रो हुने होइन । समाज सेवाको भावनाले अध्ययन गरेको खण्डमा भोलि जुनसकै क्षेत्रमा गए पनि तपार्इँ एक राम्रो व्यक्तित्व बन्नुहुनेछ । केही कानुन व्यवसायीहरूले विभिन्न किसिमका अनियमितता गरेका कारण कानुन पढेकाहरूप्रति जनताले राम्रो नजरले हेर्ने गर्दैनन् । त्यो ठीक होइन । सबै क्षेत्रमा राम्रो र नराम्रो भने हुन्छ ।
अहिले ठुल्ठुला पदमा बसेका धेरै मानिसहरू जेलमा परेका छन् । कानुन पढेका पनि नपेढका पनि । छिट्टै पैसा कमाउने नाउँमा कानुन हातमा लिई वा कानुन छलेर काम गर्दाको परिणाम त्यस्ता घटनाहरू भएको पाइन्छ । कानुनले भन्छ, जुन काम सिधा गर्न मिल्दैन† त्यो बाङ्गोतिङ्गो बाटोबाट पनि गर्न मिल्दैन । यसको अर्थ कानुन मिच्ने काम कहीँकतैबाट हुनु हुँदैन भन्ने हो ।
कानुन सधैँ जनताको हितमा बन्छ भन्ने पनि सत्य होइन । शासक वर्गमा जो छ, उसले आप्mनो वर्गको हितमा कानुन बनाउँछ । शोषक वर्गको शासन सत्तामा उनीहरूकै हितमा कानुन बन्छ । यस्तो अवस्थामा कानुनको शासन भनेर चिच्याउनुको पनि खास अर्थ हुँदैन । जनताको हितविपरीतका कानुनहरू छन् भने राम्रा कानुन व्यवसायीहरूले त्यसलाई बदल्ने आँट पनि गर्न सक्नुपर्छ । जनताको वकिलको अर्थ त्यही हो । कमिसन खानु आपैmमा भ्रष्टाचार हो । त्यो एक प्रकारको कानुनी डकैटी हो । पुँजीवादी व्यवस्थामा कानुनले नै कमिसनको व्यवस्था गरेको हुन्छ अर्थात् भ्रष्टाचारलाई वैधता दिएको हुन्छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था छ । स्रोत देखाउन नसकेको सम्पत्ति सबै भ्रष्टाचार ठहर्ने कानुन छ । यो कानुनलाई हुबहु कार्यान्वयन गरेको खण्डमा २०४६ सालपछि चप्पल लगाएर राजधानी छिरेर अहिले अर्बपति बनेका कोही पनि नेताहरू बच्नेवाला छैनन् । राम्रो छानबिन भएमा ठुला नेता र प्रशासकहरू घरमा होइन, जेलमा भेटिने छन् । मुद्दा चलाउन धेरै प्रमाणको खोजी गरिरहनै पर्दैन । अकुत सम्पत्ति आफै मुद्दाका लागि पर्याप्त प्रमाण हो ।
भदौ २३ गते प्रदर्शनका लागि भनी काठमाडाँैमा स्कूल पोशाकमा विद्यार्थीहरूलाई बोलाइयो । आयोजकहरूका अनुसार त्यस प्रदर्शनमा विभिन्न अराजक तत्वहरू घुसपैठ भएर संसद् भवन जलाउने प्रयास गरियो । सरकारले गोली चलाएर ती प्रदर्शनकारीहरूमध्ये १८/१९ जना मारिए । दुई दिनको त्यो घटनामा ७६ जनाको ज्यान गएको भनिएको छ ।
भदौ २४ गतेमात्र प्रधानमन्त्री ओलीले राजीनामा दिए । त्यसपछि सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत सयौँ सरकारी कार्यालयहरू जलाए । देशको अर्बौँको सम्पत्ति क्षति भयो । त्यहीबाट संसद् विघटन र नयाँ सरकार गठन हुने स्थिति सिर्जना भयो तर आश्चर्यको कुरा केहो भने गौरीबहादुर कार्की आयोगले २३ गतेका घटनाका दोषीहरूलाई मात्र कारबाही गर्ने र अरु विषय अनुसन्धान गरीमात्र कारबाही गर्ने सिफारिस गरेको पाइयो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाजस्ता देशका महत्वपूर्ण संरचनाहरू जल्दा पनि कसले जलाए ? प्रतिवेदन मौन छ ।
२३ गते प्रदर्शनकारीहरूलाई गोली हानी हत्या गर्नु जति अपराध थियो, त्यस्तै देशका सम्पदा, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जलाउनेहरू पनि उतिकै दोषी होइनन् र ? छानबिन आयोग एकतर्फी भयो, निष्पक्ष हुन सकेन भन्ने आरोप कार्की आयोगमाथि छ । त्यसको स्पष्ट पार्नुपर्छ । २४ गतेको घटनाको मुख्य दोषीको आरोप लागेकाहरू नै अहिले सरकारको महत्वपूर्ण पदमा छन् । पदमा बस्नेलाई कारबाही नहुने अरुलाई मात्र कारबाहीको दायरामा ल्याउने यो कस्तो न्याय हो ? पदमा हुनु नै आरोपबाट मुक्ति पाउने अस्त्र हुनु हुँदैन । निष्पक्ष छानबिन हुनुपर्छ भन्ने जनताको माग छ ।
नेपाली सेनामाथि पनि गम्भीर आरोप छ । आप्mनै परमाधिपति रहेको राष्ट्रपति भवन सुरक्षा गर्न नसक्ने, देशका महत्वपूर्ण अङ्गहरू संरक्षण गर्न नसक्ने, सयौँ सरकारी भवनहरू बचाउन नसक्ने सेनाका के काम भन्ने प्रश्न पनि अहिले उठिरहेको छ । यसको चित्तबुझ्दो जवाफ सम्बन्धित पक्षले दिनुपर्ने देखिन्छ ।
कार्की आयोगले धेरैसँग बयान लिएको थियो । त्यसमध्येको एक वर्तमान गृहमन्त्रीको पनि छ । उनले आयोगसमक्ष दिएको बयान प्रतिवेदनको २८२ पेजमा छापिएको छ । बयानमा उनले भनेका छन्– “भदौ २४ गते प्रहरी महानिरीक्षक चन्दकुवेर खापुङ र सहायक प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले समेत मलाई फोन गरी प्रहरी प्रधान कार्यालय जोगाइ दिनु भनेकाले म र मेरो टीम म्ष्कअयचम (डिसकर्ड) मार्पmत प्लेटफर्ममा जम्मा भई जोगाइदिएको भन्ने उल्लेख छ । प्रहरी प्रधानकार्यालय जोगाइदिन सक्ने त्यो कुन शक्ति हो ? आन्दोलनमा पानी वितरण गर्न आएको भनेर आपैmले पटक–पटक अन्तर्वार्तामा व्यक्त गर्ने व्यक्ति हुन् गृहमन्त्री । यसर्थ सेना, प्रहरीभन्दा माथि अर्को ठुलो शक्तिले आन्दोलन गरेको भन्ने स्पष्ट देखिन्छ ।
यी र यस्ता सबै विषय निष्पक्ष छानबिन गरी दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग अहिले उठिरहेको छ ।
अन्त्यमा, यो कलेज विभिन्न समस्याहरूबिच सञ्चालन गरिरहेका छौँ । सुरु सुरुमा पढ्नेहरूले यस्तै कठिनाइ भोग्नुपर्ने हुन सक्छ तर भवन वा भौतिक पूर्वाधारले मात्र शैक्षिक गुणस्तर राम्रो हुने होइन । सबैको संयुक्त प्रयासले कलेजलाई अगाडि बढाउने हो । आजको ख्वप मावि, बागीश्वरी माविको सानो कोठाबाट सुरु भई आज त्यही जगमा सात वटा शैक्षिक संस्थाहरू स्थापना र सञ्चालन भइरहेका छन् । नयाँ विद्यार्थीहरूले राम्रो अध्ययन गरेर जनताको सेवामा समर्पित भएर लाग्न सकून् भन्ने शुभकामना दिन्छु ।
(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप कलेज अफ लको आयोजनामा चैत २७ गते सम्पन्न नव–आगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा शुभकामना कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्यको सारसङ्क्षेप )
Leave a Reply