शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार प्रजग कोरियामा कथित ‘लिविया मोडल’ नदोहोरिने बताएका छन् । उनले कोरियाली प्रायःद्वीपमा आणविक निशस्त्रीकरण गर्ने नाममा लिविया मोडलको प्रयोग नहुने स्पष्टिकरण दिएका हुन् ।
ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले दिएको एक अभिव्यक्तिमाथि प्रतिक्रिया दिंदै ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘उत्तर कोरियाको बारेमा सोच्दै गर्दा हाम्रो मोडल कुनै पनि हालतमा लिविया मोडल होइन ।’, उत्तर एटलान्टिक सन्धी संगठन नाटोका महासचिव जेन्स स्टोल्टनवर्गसँगको भेटपश्चात ह्वाइट हाउसमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले भने ।
‘उल्लेखित लिवियाली मोडल नितान्त भिन्न मोडल हो । किम जङ उनको सन्दर्भमा त्यस्तो हुनेछ्रैन । उन जहाँ छन्, त्यहीं हुनेछन् । उनी देशभित्रै बसेर आफ्नो देश चलाइरहेका हुनेछन् ।’, आगामी जुन १२ मा तय भइसकेको दुई नेताहरु–ट्रम्प र किमबीचको भेटवार्ताभन्दा केही साताअघि अमेरिकी नेताले भने ।
ट्रम्पले अब हुन लागेको सम्झौता नभएको अवस्थामा बरु लिविया मोडल लागु हुनसक्ने भनी सचेत गराए ।
सुरक्षा सल्लाहकार बोल्टनले प्रजग कोरियामा लिविया मोडलको प्रयोग गर्नुपर्ने धारणा राखेका थिए । लिवियामा त्यहाँका शासक मोअम्मर गद्दाफीलाई शुरुमा आणविक हतियार र कार्यक्रम त्याग्न लगाई पछि संरा अमेरिकाको सहायतामा उठेको विद्रोहमा गद्दाफीको हत्या गरिएको थियो ।
प्रतिउत्तरमा प्योङयाङले अमेरिकी अधिकारीहरुबाट आएका अभिव्यक्तिका कारण संरा अमेरिका र प्रजग कोरियाबीच तय भएको दुई पक्षीय वार्ता स्थगित गर्ने चेतावनी दिएको थियो ।
प्रजग कोरियाका प्रथम विदेशमन्त्री किम के ग्वामले जारी गरेको एक वक्तव्यमा बोल्टनले प्रजग कोरिया सरकारलाई शुरुमा हतियार त्यागे मात्र व्यापारिक अनुदान दिन सकिने बताएका थिए । लिवियाको सन्दर्भ पनि संरा अमेरिकाले त्यस्तै प्रस्ताव राखेको थियो ।
‘यो संवादमार्फत् समस्या समाधान गर्ने काइदा होइन । बरु लिवियाको घटना प्रजग कोरियामा दोहो¥याउने खेल मात्र भयो ।’, प्रजग कोरियाली विदेशमन्त्रालयका प्रथम उपविदेशमन्त्रीले भने ।
उनले ठूला शक्तिको हातमा लिवियाको अवस्था गएपश्चात लिविया पूर्णतः ध्वस्त भएको प्रष्ट बनाए ।
तर वाशिङ्टनले सिंगापुरमा हुने भनिएको ट्रम्प–किम वार्ताको स्थगनबारे कुनै पनि नयाँ कुरा बताएको छैन ।
‘कुनै पनि कुरा फेरिएको छैन ।’, बिहीबार ह्वाइट हाउसका प्रवक्ता सारा स्लान्डरले भनिन् ।
‘राष्ट्रपति(ट्रम्प) बैठकको लागि पूर्णतः तयारीमा छन् । तर नभए पनि केही छैन । त्यसपछि के हुन्छ, हेर्दै जाऔं ।’, साराले थपिन् ।
Leave a Reply