भर्खरै :

पुटिन–अस्साद भेट

सोची । सिरियाली राष्ट्रपति बसार अल–अस्साद र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसी शहर सोचीमा भेटवार्ता भएको छ ।
भेटमा पुटिनले आतंकवादविरोधी युद्धमा सिरियाली सेनाले हासिल गरेका सफलताको लागि अस्सादलाई बधाई ज्ञापन गरेका थिए । उनले सिरियाली सेनाले हासिल गरेका सैनिक सफलताले सिरियामा राजनीतिक प्रक्रियाको पुनस्र्थापनाको लागि मार्ग प्रशस्त भएको बताए ।
उनले सिरियाको जटिल राजनीतिक प्रक्रियाबारे संरा संघलगायत सम्बद्ध सबै पक्षसँग सम्पर्कमा रही काम गरिरहेको बताए । सिरियाको आर्थिक पुनर्निर्माण र मानवीय सहायता प्रदान गर्न रुस सधैं साथमा रहने पुटिनको भनाई थियो ।
सिरियाली राष्ट्रपतिले आफ्नो देशमा आतंकवादी प्रभाव क्षेत्र निकै साँघुरो भइसकेको र लाखौं संख्यामा सिरियाली जनता आफ्नो घर फर्किसकेको तथा धेरै फर्किने क्रममा रहेको बताए ।
‘अहिलेको राजनीतिक स्थायित्वले राजनीतिक प्रक्रियाको बाटो खुला भएको छ ।’, अस्सादले भने ।
सोचीमा अस्सादको यो दोस्रो भ्रमण हो । यसअघि गएको नोभेम्बरमा भएको भ्रमणका क्रममा उनले पुटिनसँग सिरिया सरकारलाई आतंकवादविरुद्ध लड्न मद्दत मागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *