भर्खरै :

सरकार सार्वजनिक ऋण बढाउँदै देशलाई आर्थिक सङ्कटतर्फ धकेल्दै

सरकार सार्वजनिक ऋण बढाउँदै देशलाई आर्थिक सङ्कटतर्फ धकेल्दै

जुम्ला २२, वैशाख । १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी सिंजा गाउँसमितिले मङ्गलबार सिंजाको नराकोटमा कार्यकर्ता प्रशिक्षण सम्पन्न ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “घरबाहिर फोहोर भए घरभित्र पनि फोहोर हुन्छ । त्यस्तै छिमेकी देश र टाढाका देशहरूको दृष्टिकोण राम्रो नभए एउटा देशमात्र राम्रो हुनेछैन । यसकारण, नेपाल मजदुर किसान पार्टीले अन्तर्राष्ट्रिय विषयमा कार्यकर्ताहरू जानकार हुनुपर्नेमा जोड दिँदै आएको हो ।”
उहाँले भदौ २३ र २४ गतेको हत्या र आगजनीमा राष्ट्रपति र तत्कालीन प्रधानमन्त्रीलाई समेत जिम्मेवार बनाउनु आवश्यक रहेको उल्लेख गर्दै दुवैले जनतालाई जानकारी नै नदिई आ–आफ्नो सरकारी निवास छोडेर जानु नालायकी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “फागुन २१ गतेको निर्वाचनमा राज्य संयन्त्रहरू निजामती, सेना, प्रहरी, गुप्तचरसमेत स्वच्छ र निष्पक्ष नभएको खुल्दै आएको छ । भदौ २४ को देशव्यापी आगजनी नियन्त्रण गर्न प्रहरीले सेना र सशस्त्रको सहयोग नपाएको सार्वजनिक गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक भएमा भदौ २३ को हत्या र भदौ २४ को आगजनीका दोषीहरू पत्ता लगाउन सहज हुने समाचार पनि प्रकाशित भइरहेको छ ।”
“रास्वपाको सरकार गठनसँगै महँगी बढिरहेको, एक महिनामा सत्तरी हजारभन्दा बढी युवाहरूलाई वैदेशिक रोजगारीमा पठाएको, खुला सिमानामा भारतीय अतिक्रमण बढिरहेको, वैदेशिक ऋण पनि बढिरहेको समाचार प्रकाशित भइरहेको छ” सचिव सुवालले उल्लेख गर्नुभयो ।
अतिथि सुवालले नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरूले जनतालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा शिक्षित र सङ्गठित गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले दलाल पुँजीपतिवर्गले शासन गरेको पुँजीवादी व्यवस्थाको कारण नेपाल परनिर्भर हुँदै गरेको उल्लेख गर्दै नेपाली जनताले आफ्नै खुट्टामा उभिनको निम्ति समाजवादी व्यवस्था ल्याउन एकजुट हुनु जरुरी रहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “कार्ल माक्र्सले शोषकहरूसँग लडेर सबैलाई समान बनाउने सिद्धान्त दिनुभयो । त्यही सिद्धान्तअनुसार नेमकिपाले समाजवादी गणतन्त्र हुँदै साम्यवादमा पुग्ने लक्ष्य राखेको छ । पार्टी कार्यकर्ताहरू पार्टीको यो उद्देश्य प्राप्त गर्न अविरल लाग्नुपर्दछ ।”
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले साम्राज्यवादीहरूले कम्युनिस्ट पार्टीलाई कमजोर पार्न एनजीओ र आईएनजीओको प्रयोग गरेर पैसाको लोभमा फसाउने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “सन् १८८६ मे १ मा पशुसमान जीवन बिताउन बाध्य अमेरिकाका मजदुरहरूले ८ घण्टाको समय र उचित ज्यालाको निम्ति सङ्घर्ष गरेर विश्वका मजदुरलाई बाटो देखाएबाट नेपाली जनताले पनि सिक्नु जरुरी छ ।”
नेमकिपा सिंजा गाउँसमितिका अध्यक्ष लालभक्त सार्कीको सभापतित्वमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा नेमकिपा कर्णाली प्रदेशका धनेन्द्र विक, नेक्रायुसङ्घका अध्यक्ष मिनबहादुर बाटा र नेमकिपा सिंजाका लालबहादुर बुढाले पनि अन्तर्राष्ट्रिय श्रमिक दिवसको महत्वबारे चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *