भर्खरै :

बैतडीमा मतदातालाई धन्यवाद कार्यक्रम

बैतडीमा मतदातालाई धन्यवाद कार्यक्रम

बैतडी, २२ वैशाख । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडी जिल्ला निर्वाचन क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नवराज कोइरालालाई मतदान र निर्वाचनमा सहयोग गर्ने पार्टी कार्यकर्ता र समर्थकहरूलाई धन्यवाद कार्यक्रम सोमबार सम्पन्न भयो ।
जिल्लाका गोठालापानी, देहिमाडौँ र मुस्याचौर पुगी पार्टीका केन्द्रीय सदस्य नवराज कोइरालाले सहयोगी सबैमा धन्यवाद व्यक्त गर्ने क्रममा भन्नुभयो, “नेपालको वर्तमान परिप्रेक्ष्यमा पुँजीवादी प्रजातन्त्र र पुँजीवादी गणतन्त्र विद्यमान रहेकोले मजदुर किसानको हित हुनेछैन । मजदुर किसानको हितको लागि ‘जनताको प्रजातन्त्र’ हुुनु आवश्यक छ । ‘जनताको प्रजातन्त्र’ मा मजदुर किसानको नेतृत्वमा प्रगतिशील बुद्धिजीवी र राष्ट्रिय पुँजीपतिवर्गको प्रतिनिधित्वमा सरकार गठन हुनेछ । जनताको प्रजातन्त्र समाजवादी क्रान्तिको पहिलो खुड्किलो हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *