बोदे अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित वडा घोषणा
- बैशाख २५, २०८३
भक्तपुर, २५ वैशाख । ख्वप तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोग तथा भक्तपुर नगरपालिका ५ नं. वडा कार्यालयको आयोजनामा आँखा परीक्षण तथा नसर्ने रोगसम्बन्धी स्वास्थ्य शिविर कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नियमित स्वास्थ्य परीक्षण गर्न सके समयमै रोग पहिचान गर्न सहिजो हुने र उपचार पनि सम्भव हुने भएकोले यसतर्फ सबैले ध्यान दिनु जरूरी भएको उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति एवं भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले वडावासीको सल्लाह र सुझावअनुसार नै शिविर सञ्चालन गरिएको उल्लेख गर्दै वडाको हरेक गतिविधिमा वडावासीको सहयोग आवश्यक हुने बताउनुभयो ।
कार्यक्रममा डा. अन्जु सुवाल र वडा सदस्य पूर्णगोपाल राजचलले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा २४७ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
Leave a Reply