तीनमहिने आधारभूत कम्प्युटर तालिमका प्रशिक्षार्थीहरूलाई अभिमुखीकरण
- बैशाख २५, २०८३
भक्तपुर, २५ वैशाख । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ८ लाई आधारभूत तहको अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित भएको वडा घोषणा गरिएको छ । वडा समितिको निर्णयअनुसार शुक्रबार वैशाख २५ गते औपचारिक रूपमा घोषणा गर्दै प्रतिबद्धता जाहेर गरिएको हो ।
मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा शुक्रबार बोदे मावि बोदेमा एक कार्यक्रम गरी सो घोषणा गरिएको हो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत, मध्यपुर थिमि नगरपालिका वडा नं ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठलगायतले सो घोषणा गरेका हुन् ।
अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ तथा नियमावली, २०७७ अनुसार गरिएको घरधुरी सर्वेक्षणमा १४ वर्षमुनिका सबै बालबालिका विद्यालयको पहुँचमा रहेको पुष्टि भएपछि वडा घोषणा गरिएको जनाइएको छ । वडाका सामुदायिक विद्यालयहरूले आधारभूत तहमा भर्ना, मासिक तथा परीक्षा शुल्क नलिएको र शिक्षा सुनिश्चितताका मापदण्ड पूरा भएको उल्लेख गरिएको छ ।
घोषणापत्रमा वडा तथा नगरपालिकाले विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान, अभिभावक सचेतना, नियमित अनुगमन तथा वैकल्पिक शिक्षाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । सामुदायिक तथा संस्थागत विद्यालयलाई विद्यालय छाड्ने बालबालिकाको अभिलेख राखी पुनः भर्नाका लागि पहल गर्न आग्रह गरिएको छ । त्यस्तै आर्थिक अवस्था कमजोर, दलित तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने विषय पनि घोषणापत्रमा समेटिएको छ । स्थानीय समुदायलाई विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर रहेको जानकारी भए सम्बन्धित निकायमा सूचना दिन आग्रह गरिएको छ ।
वडा नं. ८ ले यो अभियानलाई निरन्तर सञ्चालन गरिने जनाएको छ । नेपालका विभिन्न स्थानीय तहले पनि पछिल्ला वर्षहरूमा अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित वडा घोषणा अभियान सञ्चालन गरिरहेका छन् ।
Leave a Reply