भर्खरै :

बाँकेको कोहलपुरमा कार्यकर्ता भेला

बाँकेको कोहलपुरमा कार्यकर्ता भेला

बाँके, २६ वैशाख । नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरूको प्रशिक्षात्मक भेला शनिबार बाँकेको कोहलपुरमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “श्रमलाई सम्मान गर्ने सबै श्रमिक हुन् । माक्र्स–एङ्गेल्सले २७–२८ वर्षको उमेरमा वर्ग रहेसम्म वर्ग सङ्घर्ष हुने द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको नियम प्रतिवादन गर्नुभयो ।”
उत्पादनका मुख्य–मुख्य साधन र सेवा सामाजिकीकरण नगरी शोषणरहित समाजको निर्माण नहुने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “रास्वपाले आफ्नो विधानमा शोषणरहित समाज उल्लेख गरेको पञ्चायती व्यवस्थाको शोषणरहित समाजजस्तै झुठा हो । रास्वपाको निर्वाचन वाचापत्रमा आर्थिक उदारीकरण लेखिएको सार्वजनिक संस्थान व्यक्तिलाई बिक्री गर्ने, विदेशी पुँजी ल्याएर नेपालीलाई शोषण गराउने र सार्वजनिक ऋण ल्याएर देशलाई नवउपनिवेश बनाउने हो ।”
सचिव सुवालले भन्नुभयो, “रास्वपा सरकारले एक महिनामै ८० हजार युवालाई वैदेशिक रोजगारीमा पठायो । ६० अर्बभन्दा बढी वैदेशिक ऋण लियो । इन्धनको मूल्य बढाएर नेपाली जनताको जीवन थप कठिन पा¥यो । यसकारण, रास्वपाको सरकार र नेका–एमाले–माओवादीको सरकारमा भिन्नता भएन । नेपाली जनता भ्रममा पर्नुहुँदैन ।”
नेपाली युवालाई घर–खेत बेचाएर वैदेशिक रोजगारीमा पठाउने अहिलेसम्मका सरकारहरू नामले फरक भए पनि कामले उही भएको सचिव सुवालले स्पष्ट पार्नुभयो ।
शेरबहादुर विकको सभापतित्वमा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाई, नवीन शाही, नारायणी चौधरीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *