हर्मुजदेखि पनामासम्म अमेरिकाको डकैती
- बैशाख २६, २०८३
हरेक देशको ऐन–कानुन र संविधान देशको भूगोल र जनताको राजनैतिक सिद्धान्तले निर्णय गर्छ । संरा अमेरिकाको क्षेत्रफल झन्डै चीनको जत्तिकै छ, त्यहाँ करोडौँ सस्तो ज्यामी अन्य देशबाट लैजान सकिन्छ । साँच्चै भनौँ भने त्यस देशको विकास निर्माणमा विदेशी वा आप्रवासीहरूको महत्वपूर्ण भूमिका छ । त्यहाँका साँचो अमेरिकी भन्नाले आदिवासी वा ‘राता भारतीयहरू’ (रेड इन्डियन) वा ताम्रवर्णका आदिवासी हुन् जो अत्यन्त अल्पमतमा छन् । त्यस देशमा खेतीपातीको विकास, उद्योग र व्यापारको विकासमा अफ्रिकाबाट लगिएका दासहरूको ठूलो भूमिका छ । कपास खेती र अन्य सम्पूर्ण शारीरिक श्रममा कष्टपूर्ण काम गर्दा अफ्रिकी दासहरूको सालाखाला उमेर २७ वर्षको थियो ।
त्यसबारे कार्ल माक्र्सले अमेरिकी स्वतन्त्रता आन्दोलनपछि लेख्नुभएको थियो– अमेरिकाको समृद्धिमा वा डलरको कणकणमा अफ्रिकी दासहरूको रगत र पसिना मिसिएको छ ।
पुस्ताका पुस्ता अफ्रिकी जनताले संरा अमेरिकाको निम्ति पसिना बगाए; स्वतन्त्रता आन्दोलनमा रगत बगाए† अरु लडाइँहरूमा पनि अमेरिकाको पक्षमा बहादुरी देखाएर आफ्नो कर्तव्य पूरा गरे तर अफ्रिकी जनताको समर्पण र बहादुरीबाट डराएर लडाइँपछि त्यहाँको श्वेत प्रभुत्ववाद निःशस्त्र अफ्रिकी सिपाहीहरूलाई मेसिनगनले भुटेका घटनाहरू आज अमेरिकामा व्यापक प्रचार छ । एसियाली होस् वा दक्षिण अमेरिकी वा ल्याटिन अमेरिकी प्रवासीहरूले त्यस अत्याचारलाई बुझ्दै आएका छन् । त्यसकारण, मेक्सिकाली र अन्य हिस्पानियाली जनताले आ–आफ्नो भूमि अतिक्रमणको विरोध गर्न थाले । अमेरिकी पुँजीले ती देश र जनतालाई गरेको अन्यायको विरोधमा उनीहरूले आवाज उठाए । दुई तीन वर्ष अगाडि ‘जर्ज प्mलोयड’ को हत्यापछि जनतामा देखिएको आक्रोशले धेरै कुरा बतायो । तिनीहरूले “हाम्रो पनि यस देशमा योगदान छ ।” ‘श्वेत प्रधानता’ र जातीय विभेदको विरोधमा आज संरा अमेरिका संसारमा बदनाम छ ।
जातको आधारमा भेदभाव गर्नु, धर्मको नाममा अन्य धर्म मान्नेहरूलाई हेला गर्नु, अरुको भाषालाई भेदभाव र अन्याय गर्नु तथा प्रजातान्त्रिक अधिकारलाई दबाउनु एवम् कुण्ठित गर्नु नै अधिनायकवाद हो । संयुक्त राज्य अमेरिका ‘श्वेत फासीवाद’ बाट आक्रान्त छ ।
इटालीको अधिनायकवादी मुसोलिनीले “रोमको गर्व पुनः स्थापित गर्ने, क्याथोलिक धर्म सबभन्दा राम्रो र जहाँ जहाँ क्याथोलिक धर्म हुन्छ, त्यहाँ त्यहाँ इटालीको शासन हुन्छ” भनी इटालीले अफ्रिकाको अविसिनियासमेत कब्जा गरेको थियो । ‘रोमको गौरव’ को अर्थ ‘राष्ट्रिय गौरव’ वा ‘अन्ध राष्ट्रवाद’ हो । त्यहाँ पनि प्रजातन्त्रलाई निषेध गर्दै सबै कम्युनिस्ट र अन्य प्रजातन्त्रवादीहरू पनि जेलमा बन्दी बनाइए† कतिपय मारिए ।
जर्मनीका हिटलर भन्थे, “जर्मनीका जनता शुद्ध आर्य जाति हो । यसकारण, संसारलाई शासन गर्ने नैतिक अधिकार छ ।” जहाँ–जहाँ जर्मनी जाति छ, ती ती देश हाम्रो राष्ट्रको घेरा हो भन्ने मान्थे । ‘अन्तर्राष्ट्रिय समाजवादको विरोध’ मा राष्ट्रिय समाजवाद वा जर्मन समाजवादको नारा दिएर हिटलरले रुस र युरोपका अन्य देशमाथि हमला गरेका थिए । प्रजातन्त्रविरोधी भएको हुँदा उनले लाखौँ कम्युनिस्ट र प्रजातन्त्रवादीहरूलाई मारेका थिए ।
आज छिमेकी भारतको नेतृत्वमा रहेको मोदीको सरकार ‘हिन्दू राष्ट्रवाद’ को हिमायती हो† अन्य जाति र धर्मको कट्टर विरोधी हो । मोदी दक्षिण एसिया र हिन्द महासागर भारतको हो भन्ने गलत विचार राख्छन् । यसकारण, भारत र पाकिस्तानको बिचमा मतभेद छ । त्यस्तै, श्रीलङ्का र बङ्गलादेशमा पनि भारतीय एकाधिकार पुँजीको दबदबा छ । नेपालको विद्युत् नेपालले होइन बङ्गलादेशमा भारतले बेच्छ । तर, नेपालको फलफूल, तरकारी र अन्य सामान बङ्गलादेशबाट विदेशमा बेच्न र विदेश पठाउन दिँदैन । भारतले नेपाली बिजुलीको सट्टा सस्तो बङ्गलादेशी ग्यास
किन्न दिँदैन । यसकारण, प्रचण्डको भारत भ्रमण र सम्झौताहरू नेपाल र नेपाली जनताको विरोधमा छ । हामी नेपाली जनताले विरोध गर्नु आवश्यक छ । भारतीय नागरिकहरूलाई नेपाली नागरिकता दिएर नेपाललाई भारतमा मिलाउन खोज्ने भित्री मनसाय हो । हामी त्यसको विरोधमा छौँ ।
२३ जेठ २०८० (जून ६, २०२३)
सम्पादकीय सङ्कलन तेस्रो खण्डबाट
Leave a Reply