काभ्रेमा १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
- बैशाख २६, २०८३
कैलाली २६ वैशाख । दिवंगत नेमकिपाका क्रान्तिकारी कार्यकर्ता रामबहादुर दर्लामी मगरको श्रद्धाजली सभा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले रामबहादुर दर्लामी मगरले नेमकिपाको सिद्धान्त र विचारलाई आत्मसात गर्दै आउनुभएको बताउनुभयो । उहाँले शोकसन्तप्त परिवारप्रति धैर्यधारण गर्ने शक्ति प्रदान होस् भनी दर्लामीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्यहरू नवराज कोइराला, खगेन्द्रबहादुर शाही, रमेशकुमार रावलले पनि मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । सो कार्यक्रममा कञ्चनपुर जिल्ला समिति संयोजक दलबहादुर बोहरा, मिनु गिरीलगायतको उपस्थिति थियो ।
जानकी गाउँपालिका वडा नं. ४ कञ्चनपुरमा बस्ने रामबहादुर दर्लामी मगरको वैशाख १५ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।
Leave a Reply