राजनीतिक दल र नेताहरू इमानदार र देशभक्त नभएसम्म देश र जनताको हित नहुने
- बैशाख २६, २०८३
भक्तपुर, २६ वैशाख । भक्तपुर नगरपालिका वडा नं.२ का जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि, विभिन्न समिति, उपसमितिका पदाधिकारी, कर्मचारीहरूको भेटघाट कार्यक्रम शनिबार भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपाले जनतालाई अधिक सेवा सुविधा दिने उद्देश्यले जनचाहनाअनुसार काम गर्दै आइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनता खुसी र सुखी, निरोगी र स्वस्थ हुनु आवश्यक छ । नैतिक आचरणले सभ्य समाजको पहिचान गर्छ ।”
नेमकिपाका अग्रजहरूको सङ्घर्षको परिणाम आज भक्तपुर शिक्षा, स्वास्थ्यलगायत विकास निर्माणमा अघि बढेको हो भन्दै प्रमुख प्रजापतिले हिजोको सङ्घर्षबारे नयाँ पुस्तालाई शिक्षित बनाउनु जरूरी छ । खेलकुदलगायत विविध गतिविधि गरेर युवाहरूलाई सही शिक्षा दिनु र सक्रिय बनाउनु जरूरी छ ।”
कार्यक्रममा वडाध्यक्ष हरिप्रसाद बासुकला, पूर्ववडाध्यक्षहरू रवीन्द्र खर्बुजा, आशाकुमार कोजुलगायत गणेशप्रसाद सुवाल, श्यामसुन्दर माताङ र मञ्जु लाखाजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply