भर्खरै :

कर्मचारीबिच काल माक्र्सको २०८ औँ र लेनिनको १५६ औँ जन्म दिवस मनाइयो

कर्मचारीबिच काल माक्र्सको २०८ औँ र लेनिनको १५६ औँ जन्म दिवस मनाइयो

भक्तपुर, २७ वैशाख । नेपाल कर्मचारी समाज जिल्ला समितिको आयोजनामा विश्व सर्वहारावर्गका महान् गुरुहरू कार्ल माक्र्सको २०८ औँ र लेनिनको १५६ औँ जन्म दिवस मनाइयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले काल माक्र्स र लेनिनको योगदानबारे बताउँदै मजदुर र किसानहरूको हक हितको निम्ति नेपाल मजदुर किसान पार्टीको स्थापना भएको प्रस्ट पार्नुभयो ।
कर्मचारीहरूले इज्जतको ख्याल राखी आ–आफ्नो काममा पोख्त हुनुपर्नेमा जोड दिँदै उहाँले कर्मचारीहरूले समय अनुकूल नियमित भेटघाट गरी देश–विदेशको बारेमा ज्ञान हासिल गर्न अध्ययन गर्नुपर्ने बताउनुभयो । कार्ल माक्र्स र लेनिनको योगदानबाट शिक्षा लिई उहाँले कर्मचारीहरू सदैव विश्वासिलो र र सक्षम बन्नुपर्छ भन्नुभयो ।
सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोज्नु प्रजातन्त्र र सुशासनविरुद्ध भएको उल्लेख गर्दै उहाँले दुईदिन बिदाले अस्पताल र शिक्षामा असर परेको बताउनुभयो ।
सरकारले निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था, काम, माम र बासको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उहाँले माक्र्सवादको सिद्धान्तअनुसार लेनिनले सन् १९१७ मा रुसमा मजदुरहरूको राज्यसत्ता स्थापना गरेपछि सम्पूर्ण रुसी जनताले सुख शान्ति पाएको स्पष्ट पार्नुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले शोषणको विरुद्धमा शोषित पीडित मजदुरहरूले सङ्घर्ष गरेर श्रमिकहरूले सुविधा पाएको बताउँदै माक्र्सको सिद्धान्तअनुसार रुसमा समाजवाद स्थापना भएको बताउनुभयो ।
नेपाल कर्मचारी समाज जिल्ला समितिका अध्यक्ष काजीबहादुर पञ्चले सभापतिको आसनबाट काल माक्र्सको आदिम साम्यवाद, दास युग, सामन्ती युग, पुँजीपति युग र समाजवादी युगबारेमा बताउनुभयो ।
कार्यक्रममा समाजका सदस्य रामकाजी खाइजूले कार्लमाक्र्सको योगदानबारे बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *