सामूहिक साकोसको आयोजनामा विस्तारित मञ्च कार्यक्रम
- बैशाख २७, २०८३
भक्तपुर, २७ वैशाख । कानुन दिवसको अवसरमा भक्तपुर बाल अदालतबाट वागीश्वरी माविमा कक्षा ११ अध्ययनरत कानुन समूहका विद्यार्थीहरूबिच बाल अदालत प्रचारात्मक कार्यक्रम गरी आइतबार कानुन दिवस मनाइयो ।
कार्यक्रममा भक्तपुर बाल अदालतका श्रेस्तेदार कृष्णशोभा सुवालले बाल अदालतको परिचय, काम कर्तव्य र अधिकार, क्षेत्र, प्रक्रिया र यसका सबल पक्षहरूबारे प्रस्तुतीकरण गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले वर्तमान अवस्थामा सबै क्षेत्रमा कानुनी प्रक्रियाको जानकारी राख्नुपर्ने अपरिहार्यता रहेको धारणा राख्दै भक्तपुर जिल्ला अदालत र अन्य निकायसँग नियमित संवाद र समन्वयले विद्यालय र अदालतबिचको सम्बन्ध प्रगाढ हुँदै गएको बताउनुभयो ।
अधिवक्ता विकल प्रजापतिले कानुन दिवसको मुख्य ध्येय नै विधिको शासन लागू गर्ने हो भन्नुभयो ।
Leave a Reply