चौथो वरियताका मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस
- बैशाख २८, २०८३
देश र जनतामा समर्पित विचारप्रधान ‘श्रमिक’ साप्ताहिकमा वर्ष २९, २०७८ माघ ११ देखि वर्ष ३०, २०८० माघ ९ गतेसम्म छापिएका दुई वर्षको सम्पादकीय सङ्कलन’ तेस्रो खण्ड सार्वजनिकीकरण भएको छ ।
यसै कार्यक्रममा ‘श्रमिक’ साप्ताहिकको ‘एकक्षण’ स्तम्भमा प्रकाशित समसामयिक टिप्पणीको सङ्कलन पुस्तकाकारमा पनि सार्वजनिकीकरण भएको छ ।
यस हिसाबले आज दोहोरो खुसीको अवसर बनेको छ । यसको निम्ति प्रकाशन समितिका साथीहरूलाई साधुवाद छ ।
‘सम्पादकीय सङ्कलन’ मा समेटिएका १०३ वटा सम्पादकीयले तात्कालिक समयका जल्दोबल्दो विषयबारे आफ्नो विचार र मत अभिव्यक्त गरेको छ । कतिपय सम्पादकीय आज पनि त्यतिकै सान्दर्भिक र सामयिक रहेका छन् ।
सम्पादकीयहरूले आफ्नो अभिमत सोझो, स्पष्ट र खरो भाषामा प्रकट गरेको छ, कतै कुरा चपाउने र दोधारे कुरा गरेको छैन । त्यसक्रममा असहमति, आलोचना र विरोधलाई देश र जनतालाई केन्द्रबिन्दुमा राखेर अडानका साथ व्यक्त गरेको छ । साथै, कतिपय सम्पादकीयहरूले नीति–निर्माताहरूलाई आफ्नो आस्थाअनुसार सल्लाह–सुझाव पनि दिएको छ ।
हामीलाई थाहा छ, कतिपयले रटान गरेजस्तो ‘स्वतन्त्र’ पत्रकारिता ‘श्रमिक’ ले गर्दैन । उसले प्रकाशनकै समयदेखि आफूलाई देश र जनतामा समर्पित आस्थाको पत्रकारिता गर्ने उद्घोष गरेको थियो ।
आफ्नो आस्थाअनुसार यसले देश र जनताको हितलाई सर्वोपरि राखेको छ† माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई आत्मसात गरेको छ । साम्राज्यवाद, विस्तारवाद, फासीवादलगायतका प्रतिक्रियावादको विरोध गर्दै समाजवादको पक्षलाई अविचलित रूपमा अङ्गालेको छ । छोटोमा, यसले नेपाल मजदुर किसान पार्टीको सिद्धान्त र नीतिलाई मार्गदर्शन पाएको छ । यी तथ्यहरू सङ्कलनमा समेटिएका सम्पादकीयहरूको अध्ययन गर्दा जो कोही पाठकले सहजै अनुभूत गर्न सक्छन् ।
हामी प्रायः सुन्छौँ, पत्रकारिता निष्पक्ष हुनुपर्छ, न्याय निष्पक्ष हुनुपर्छ भन्ने पनि त्यत्तिकै सुन्छौँ । वर्गीय समाज र वर्गीय राजनीतिमा निष्पक्ष सम्भव हुँदैन । पत्रकारितामा पीत पत्रकारिता गरिएन भने समाचार निष्पक्ष हुन सक्छ तर विचार निष्पक्ष हुँदैन । न्याय पनि सुनुवाइ निष्पक्ष हुन सक्छ तर फैसला वा निर्णय निष्पक्ष हुँदैन । सत्य र असत्य, पीडक र पीडितबिचको भिडन्त वा मुद्दा मिलापत्र भएन भने सत्य पीडित वा असत्य र पीडकमध्ये एकको पक्षमा फैसला दिइन्छ । निष्पक्ष अर्थात् कुनै पक्ष नलिएको शब्दको अर्थ सत्यको पक्ष भन्न मिल्दैन जस्तो लाग्छ । सारमा न्याय वा फैसलाको व्यहोराले सत्यको पक्ष लियो कि असत्यको भन्ने स्पष्ट हुन्छ ।
त्यस्तै, ‘श्रमिक’ साप्ताहिकका सम्पादकीयहरू पढ्दै जाँदा निष्पक्ष भन्न सकिँदैन । आस्थाको झन्डा फहराइरहेको ‘श्रमिक’ का सम्पादकीयहरूले जानाजानी र हाकाहाकी सत्य र न्यायको, समाजवाद र कम्युनिस्ट आन्दोलनको, राष्ट्रिय र अन्तर्राष्ट्रिय मजदुर किसान, मुक्ति र स्वतन्त्रतालगायतका आन्दोलनको पक्ष लिएको छ । अन्यायी–अत्याचारी, भ्रष्टहरूलगायतको विरोध गर्दै राजनीतिमा सिद्धान्तहीन र हिउँमा चिप्लेटी खेल्नेहरूलाई खबरदारी गरेको छ । यसमा तलमाथि प¥यो भने उद्घोष गरेको आस्थाको पत्रकारिता धरापमा पर्छ । तर, सङ्कलित सम्पादकीयहरूले आफ्नो आस्था, निष्ठा र समर्पणमा खोट लगाउने ठाउँ दिएको छैन ।
(वैशाख १९ गते आयोजित ‘सम्पादकीय सङ्कलन’ (तेस्रो खण्ड) र समसामयिक टिप्पणी सङ्कलन ‘एकक्षण’ पुस्तक सार्वजनिकीकरण कार्यक्रममा व्यक्त मन्तव्यको सार सङ्क्षेप)
Leave a Reply