सहकारी अध्यादेश २०८३ विरुद्ध सङ्घहरू एकजुट कारोबार रोक्काले सङ्कट निम्त्याउने
- बैशाख २९, २०८३
भक्तपुर, २९ वैशाख । भक्तपुर नगरपालिका वडा नं. ९ को आयोजनामा मङ्गलबार स्थानीय अग्रज सांस्कृतिककर्मीहरूको भेला सम्पन्न भयो । नगरपालिकाको आयोजनामा हुन गइरहेको दाफा प्रदर्शनीको तयारीको विषयमा छलफल तथा राय सुझाव सङ्कलन गर्न उक्त भेला आयोजना गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले दाफा भजनले ऐतिहासिक घटना र तथ्यहरूलाई गीतमार्फत प्रस्तुत गर्ने उल्लेख गर्दै पुर्खाले छोडेर गएका अमूर्त सम्पदाहरूको जगेर्ना गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मठ, मन्दिर, पाटी, सत्तलजस्तै स्थानीय भाषा, रहनसहन, गीत सङ्गीत र नृत्य पनि सम्पदाकै रूपमा रहेको चर्चा गर्दै दाफा भजनले नागरिकलाई स्वस्थ र निरोगी बनाउन पनि मद्दत गर्ने बताउनुभयो ।
नगरपालिकाले आर्थिक पारदर्शिता र जवाफदेहीतालाई प्राथमिकतामा राखेको प्रमुख प्रजापतिको भनाइ थियो । उहाँले नगरपालिकाको आम्दानी र खर्च विवरण सबैसामु नियमित सार्वजनिक गर्दै आएको र जनताका सानाभन्दा साना गुनासालाई पनि जिम्मेवारीपूर्वक समाधानमा लागिपरेको बताउनुभयो । ख्वप अस्पतालमार्फत कम शुल्कमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्ने कार्यमा स्वास्थ्यकर्मीहरू रातदिन लागिरहेको र यसबाट नगरवासी मात्र नभई देशभरिकै गरिब जनताको सेवा भइरहेको चर्चा गर्दै उहाँले जनताको आप्mनो अस्पताल भएको सानातिना कमी कमजोरीहरू पनि सुधार्नका लागि जनस्तरबाट गुनासो आइरहनु अत्यन्त सकारात्मक भएको र तत्काल समाधानका लागि प्रयास भएको स्पष्ट पार्नुभयो ।
वडाध्यक्ष रवीन्द्र ज्याख्वले अग्रज सांस्कृतिक गुरुहरूको सम्मान कार्यलाई नगरपालिकाले निरन्तरता दिइरहेको उल्लेख गर्दै नगरवासी सांस्कृतिककर्मीहरूको सल्लाहबमोजिम यसपालि नगरपालिकाले दाफा प्रदर्शनी गर्ने तयारी गरेको बताउनुभयो । उहाँले प्रदर्शनीमा सहभागी हुन आवश्यक नियमहरूको बारेमा जानकारी दिनुभयो ।
पूर्ववडाध्यक्ष विष्णुबहादुर मानन्धरले दाफा संस्कृतिको इतिहासबारे जानकारी दिँदै दाफाको थ्यासाफू पुनःलेखन गरी भाषिक र शाब्दिक शुद्धता ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सांस्कृतिक गुरु पञ्चलाल लाछिमस्युले दाफा भजनप्रति नयाँ पुस्ताको आकर्षण बढाउन जरुरी भएको चर्चा गर्दै परम्परागत लय र बोलीमा अहिलेको समसामयिक विषयलाई गीत बनाउन सकेमा नयाँ पुस्तामा आकर्षण बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
अर्का सांस्कृतिक गुरु विष्णुबहादुर मानन्धरले दाफा भजनबारे पनि अध्ययन अनुसन्धान भइरहेको चर्चा गर्दै भक्तपुरको दाफा भजनको प्रचार प्रसारमा जोड दिन अनुरोध गर्नुभयो ।
भक्तपुर नगरपालिकाले नगरव्यापी दाफा प्रदर्शनी गर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ । यसअनुसार यही जेठ १० गतेभित्र वडा कार्यालयहरू, नगरपालिकाको प्रशासन शाखा र जनज्योति पुस्तकालयमा समूहको नाम दर्ता गर्नुपर्नेछ । प्रदर्शनीलाई व्यवस्थित गर्न नगरपालिकाले अग्रजहरूसँगको सल्लाहमा विभिन्न नियमहरू पनि बनाई सार्वजनिक जानकारीको लागि सूचना दिइएको आयोजकले बताएको छ ।
Leave a Reply