सहकारी अध्यादेश २०८३ विरुद्ध सङ्घहरू एकजुट कारोबार रोक्काले सङ्कट निम्त्याउने
- बैशाख २९, २०८३
भक्तपुर, २९ वैशाख । भक्तपुरका महिला उद्यमी व्यवसायीलाई लक्षित गरी सञ्चालन गरिएको तीनदिने उद्घोषण तथा भाषणकला तालिम मङ्गलबार सम्पन्न भएको छ ।
भक्तपुर उद्योग वाणिज्य सङ्घअन्तर्गत महिला उद्यमी उपसमितिको आयोजनामा गत आइतबारदेखि सङ्घको सभाहलमा तालिम सञ्चालन गरिएको हो । महिला उद्यमीहरूको क्षमता अभिवृद्धि गर्दै उनीहरूको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको आयोजक उपसमितिले जनाएको छ ।
तालिमको समापन कार्यक्रममा सङ्घका अध्यक्ष कृष्णमुरारी न्यौपानेले कुनै पनि व्यक्ति जीवनमा आर्थिक रूपमा सफल हुन उद्यम गर्नुपर्नेमा जोड दिनुभयो । सुरुमा जोखिम र चुनौती भए पनि आफ्नै सीप, सोचलाई प्रयोग गरी निरन्तर प्रयास र मेहनतका साथ लागिपरे उद्यमीहरू सफल हुने उहाँको भनाइ छ ।
उहाँले उद्घोषण तथा भाषणकला तालिमबाट महिला उद्यमीहरूलाई आत्मविश्वासी, प्रभावशाली र सक्षम वक्ता बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । तालिममा सिकेका ज्ञान, कला र वाक्कलाले आफ्नो व्यापार व्यवसायलाई प्रभावकारी रूपमा बजारीकरण गर्न, ग्राहकसँग सुमधुर सम्बन्ध बनाउन र सामाजिक तथा आर्थिक रूपमा सशक्त बन्न मद्दत पुगेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सङ्घका निवर्तमान अध्यक्ष रोशनीमैयाँ धौबन्जाले तालिममा सहभागी महिला उद्यमीहरूलाई आफ्ना विगतका व्यवसायिक अनुभव सुनाउँदै तालिममा सिकेका ज्ञानलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
प्रशिक्षिका रश्मि शिल्पकारले महिला उद्यमी व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि तालिममा सहजीकरण गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा सङ्घका सचिव गौतम सुजखू, कार्यसमिति सदस्यद्वय मञ्जिला सुवेदी र सरस्वती कार्कीलगायतले आआफ्नो धारणा राख्नुभएको थियो । प्रशिक्षार्थीहरू सन्ध्या श्रेष्ठ बुद्धाचार्य, रस्मिता बखुन्छेँ, गीता कार्की बस्नेत, सावित्रा खड्का, गमिना श्रेष्ठ र मन्दिर प्रजापतिले तालिम फलदायी र प्रेरणादायी भएको बताउनुभयो ।
कार्यक्रममा सङ्घका अध्यक्ष न्यौपाने र निवर्तमान अध्यक्ष धौबन्जाले २७ जना प्रशिक्षार्थी महिला उद्यमीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
Leave a Reply