भर्खरै :

भक्तपुर नगरपालिका वडा नं. २ मा स्वास्थ्य शिविर

भक्तपुर नगरपालिका वडा नं. २ मा स्वास्थ्य शिविर

भक्तपुर, ३१ वैशाख । भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा नसर्ने रोगहरू (मधुमेह, उच्च रक्तचाप, पिसाब र बी.एम.आई.) को परीक्षण एवं स्वास्थ्य शिविर बिहीबार सम्पन्न भयो ।
सो अवसरमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई ध्यानमा राखी समय समयमा विभिन्न रोगहरूको शिविर सञ्चालन गर्दै आइरहेको चर्चा गर्नुभयो । उहाँले आजभोलि दीर्घ रोगबाट सङ्क्रमितहरू धेरै बढ्नु परिवार र समाजकै लागि नकारात्मक असर पर्ने भएकोले जनता स्वास्थ्यप्रति सचेत र सजग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले नसर्ने रोगहरूको पहिचान समयमै गर्न सके उपचारमा सहज हुने उल्लेख गर्दै स्वास्थ्य नै धन भएकोले स्वास्थ्यप्रति सचेतना कार्यक्रमहरू निरन्तर आवश्यक रहेको चर्चा गर्नुभयो ।
भनपा २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले वडाले गर्दै आइरहेको विकास निर्माणका कामहरूबारे जनतालाई जानकारी दिइरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा श्यामसुन्दर मातां, सरोज दथेपुथे, मञ्जुमैंया लाखा र वडा नर्स विनिता प्रजापतिले नसर्ने रोगबारे जानकारी दिनुभएको थियो ।
उक्त शिविरमा १८१ जना स्थानीयहरूले स्वास्थ्य परीक्षण गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *