कला, संस्कृतिमा सम्पन्न नगरलाई जीवन्तता बनाउन चित्रकलाको महत्वपूर्ण भूमिका
- बैशाख ३०, २०८३
भक्तपुर, ३१ वैशाख । भक्तपुर नगरपालिका र जनस्वास्थ्य कार्यालय भक्तपुरको संयुक्त आयोजनामा ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन’ लगायत स्तनपानसम्बन्धी सरोकारवाला निकायहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारको ऐन कानुनको इमानदारीपूर्वक पालना भए धेरै समस्याहरूको समाधान हुने स्पष्ट पार्दै फाइदाको लागि जे पनि गर्न तयार हुने व्यापारीहरूले गर्दा जनस्वास्थ्यमा नकारात्मक असर पु¥याउनेतर्फ सबै सचेत हुनु जरुरी रहेको बताउनुभयो ।
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री र वितरणको सन्दर्भमा बिक्रीकर्ता र उपभोगकर्ताहरू सबै सचेत हुनुपर्ने उल्लेख गर्दै आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुलाई विकल्पको रूपमा मात्र प्रयोग गर्नुपर्ने बताउनुभयो । आमाको दूध शिशुको लागि अमृतसरह हुने बताउँदै उहाँले शिशुहरूलाई सकेसम्म आमाको दूध नै खुवाउनुपर्ने विषयमा सचेत पार्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख अन्जना खड्का र जनस्वास्थ्य अधिकृत कल्पना पाण्डेले स्तनपानको संरक्षण र संवद्र्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरणलाई नियमित गरी बच्चाहरूको लागि सुरक्षित र पर्याप्त पोषणको व्यवस्था गर्ने उद्देश्यले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन’ निर्माण भएको उल्लेख गर्दै ऐनलाई प्रभावकारी कार्यान्वयन गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
Leave a Reply