रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
भक्तपुर, १ जेठ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा २०८२ सालमा एसईई उत्तीर्ण विद्यार्थीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम शुक्रबार भएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सांसद सृजना सैंजुले पुँजीवादी व्यवस्थाले एप्सटिन फाइलमा नाम जोडिएकाहरूलाई संसारको रोल मोडेलको रूपमा प्रस्तुत गरिरहेको तर विद्यार्थीहरूले आफ्नो जीवनको रोल मोडेल समाजवादी क्रान्तिलाई अगाडि बढाउन योगदान दिने कार्ल माक्र्स, लेनिन, माओ त्सेतुङ र चे ग्वेभाराजस्ता महान् व्यक्तित्वलाई बनाउनुपर्ने सुझाव दिनुभयो ।
नेपालको छिमेकी देश चीन सन् १९४९ भन्दा अगाडि पश्चिमा देशहरू र जापानी साम्राज्यवादबाट दबाइएको देश थियो तर माक्र्सवादलाई आत्मसात गर्दै चिनियाँ जनक्रान्तिपश्चात् ७० वर्षमै आर्थिक, भौतिक सबै क्षेत्रमा चीन पहिलो भइसकेको छ, उहाँले प्रस्ट पार्नुभयो ।
साम्राज्यवादी देशहरूले जस्तै चीनले कहिले पनि अर्काे देशमा हमला र हस्तक्ष्ोप गरेन† संसारलाई सुन्दर बनाउन सबै देशहरूसँग हातेमालो गर्दै आइरहेको छ, उहाँले भन्नुभयो ।
प्राध्यापक समाज नेपालका प्रकाशकुमार श्रेष्ठले भक्तपुरको इतिहासबारे जानकारी दिँदै ख्वप माविलगायत अन्य थुप्रै विद्यालयहरू नेपाल मजदुर किसान पार्टीका अग्रजहरूको अगुवाइमा सुरू भएको बताउनुभयो ।
आफूले इच्छा गरेको विषय छानी विशेषज्ञता हासिल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा विद्यार्थीहरूले एआई र पढाइ, एसईईको बेला विद्यालयले १२ देखि १३ घण्टासम्म पढाउने, स्क्रिनको लत र यसबाट छुटकारा, कक्षा ५ सम्म परीक्षा नलिने सरकारको नीतिजस्ता विषयमा समूहगत छलफल गरी निचोड प्रस्तुत गरेको थियो ।
कार्यक्रममा सृजन धन्छा, सगुन धन्छा र सुजी ह्यङगोजूले पनि बोल्नुभएको थियो ।
Leave a Reply