भर्खरै :

नयाँ पुस्ताको नजरमा ‘सय वर्षपछिको भक्तपुर’

नयाँ पुस्ताको नजरमा ‘सय वर्षपछिको भक्तपुर’

भक्तपुर, जेठ १ । बुक क्लव भक्तपुरको आयोजनामा शुक्रबार नयाँ पुस्ताको नजरमा ‘सय वर्षपछिको भक्तपुर’ नामक पुस्तकको अन्तरसम्वाद कार्यक्रम सम्पन्न भयो ।
पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले हरेक महिनाको एक शुक्रबार नियमित रूपमा पुस्तकको चर्चा परिचर्चा गरिँदै आएको छ ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छँे (रोहित) ले वि. सं. २०५९ मा ‘सय वर्षपछिको भक्तपुर’ नामक पुस्तक पहिलोपटक प्रकाशित गरिएको हो । पुस्तकको नेपाली संस्करण दुई र अङ्ग्रेजी संस्करण एक गरी तीन संस्करण प्रकाशित भैसकेको छ ।
पुस्तकले भविष्यको भक्तपुरको स्पष्ट दिशानिर्देश गरेको सहभागीहरुले चर्चा गरेको थियो । उक्त कार्यक्रम सञ्चालनका लागि गोर्खा ईको प्यानलले प्रायोजन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *