ट्रम्पले अचानक किन खोजे सीको साथ ?
- जेष्ठ ३, २०८३
प्रहरी बृत थानकोटका प्रहरी बरीष्ठ नायव निरीक्षक ओमकार चन्द
भदौ २३ गते जियनजेड पुस्ताले गरेको आन्दोलनमा काठमाडौँको माइतीघर मण्डलामा बिहानैदेखि प्रदर्शन सुरु गरे । उक्त प्रर्दशन एभरेस्ट होटल नजिकै रहेको प्रहरी ब्यारिकेटसमेत तोडी केही उच्छृङ्खल व्यक्तिले संसद् भवनको पर्खाल भत्काई मेन गेटमाथि चढी संसद् भवनभित्र प्रवेश गर्दा प्रहरीले गोलीसमेत चलाउनुपरेको लगायतका घटनाक्रम रेडियो सेटबाट थाहा पाउँदा मसमेतको प्रहरी टोली आफ्नो कार्यालयमा हाई अलर्टका साथ डिउटीमा खटिएको थिए ।
भदौ २४ गते बिहानैदेखि म सुरक्षामा अटिएको थिएँ । बिहान १० बजेदेखि नै प्रहरी वृत थानकोटको कार्यालय अगाडिको मूख्य सडकखण्डमा मेन गेट अगाडि करिब २ हजारदेखि २५०० सम्म विभिन्न उमेर समूहका मिश्रित प्रदर्शनकारी भेला भई चोक चोकमा टायर बाली प्रदर्शन गरिरहेको बेला आफू कार्यरत कार्यालयमा नै थिएँ ।
काठमाडौँका धेरै स्थानमा रहेका प्रहरी युनिटमा आगजनी गरी कार्यालयका हातहतियार लुटेको, प्रहरी कर्मचारीहरूलाई समेत मारेको भन्ने रेडियो सेटमा जानकारी आएको र सो समयसम्म कार्यालयबाहिरबाटै ढुङ्गामुढा प्रहार भइरहेको, उच्छृङ्खल व्यक्तिले हात हातमा रड, खुकुरी, डण्डा लिई प्रहरी कार्यालयमा समेत आगजनी गर्नुपर्छ भन्दै कार्यालयको गेट अगाडि आगोबाली प्रहरी कार्यालय परिसर बाहिरका विभिन्न सामान आगो लगाई प्रदर्शन गरेको रेडियो सेटमा समेत सकेसम्म आफ्नो कार्यालय बचाउने कन्टेन गर्ने बल प्रयोग नगर्ने, सम्झाई बुझाई गर्ने, गोली नचलाउने, थुनुवाको लिस्ट तयार पारी छोडी दिने, गोली गठ्ठा, सञ्चार सेट र हतियार बचाउने, प्रहरी कर्मचारी आफू सुरक्षित हुने भन्ने आदेशानुसार प्रहरी वृत थानकोटको वरिपरीबाट करिब ६ हजार मानिसको भीड मेन गेट तोडफोड तथा आगजनी गरी कार्यालयको हिरासतमा रहेका थुनुवालाई खोली छोडी कार्यालयको परिसर तोडफोड र लुटपाट गर्न थालेपछि प्रहरी वृत थानकोटको थुनुवा बोक्ने वानटन गाडीमा प्रहरी हातहतियार, गोली गठ्ठा र सञ्चार साधन राखी प्रहरी कर्मचारीसमेत सोही गाडीमा बसी कार्यालयको नजिकै रहेको सेनाको ब्यारेकमा जाँदै गर्दा भीडमा रहेका केही व्यक्तिले प्रहरीको चार पाङ्ग्रे गाडीमा र प्रहरी कर्मचारीलाई ढुङ्गामुढा गर्दा गाडीमा क्षति भएको र प्रहरी कर्मचारीलाई समेत सामान्य चोटपटक लागि घाइते भएको थियो ।
सङ्घीय संसद् सुरक्षा वेश नयाँ बानेश्वरमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक राजकुमार केसी
भदौ २३ गते जेनजी पुस्ताले गर्न लागेको प्रदर्शन माइतीघर मण्डलामा भन्ने जानकारी थियो । बिहान ११ः३० बजेको समयमा संसद् भवनको १ नं. गेटमा पुग्दा भवन बाहिर सडकमा करिब ४/५ हजारको भीड देखेको हुँ । सोही क्रममा भीडले प्रहरी लक्षित ढुङ्गामुढा, गुलेली प्रहार गर्दै संसद् भवनको पर्खालमा समेत तोडफोड गरिहेका थिए । प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट मेरा आँखामा चोट लागेको, उपचारको क्रममा चेकजाँच गर्दा आँखाको अप्रेशन नै गर्नुपर्ने, सो स्थानमा उपचार हुन नसकी तिलगङ्गा अस्पताल जानु भनेकोले म ५ बजेपछि कार्यालय फर्केको हुँ । अस्पतालमै रहँदा गोली चलेको आवाज सुनेको थिएँ ।
आन्दोलनको क्रममा २३ गते केही प्रदर्शनकारीहरूको मृत्यु भएको र २४ गते प्रहरी कर्मचारीहरूसमेतको मृत्यु भएको साथै प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार, सितल निवासलगायत सरकारी कार्यालयहरू समेत जलाएको भनी सुनी थाहा पाएको हुँ । मेरो आँखा हालसम्म ठिक भएको छैन, म डाक्टरको नियमित फलोअपमा रहेको छु । प्रदर्शनकारीहरूले सङ्घीय सांसद सुरक्षा वेश नयाँ बानेश्वरस्थित सम्पूर्ण ब्यारेक जलाई हामी सम्पूर्ण प्रहरी कर्मचारीहरूको व्यक्तिगत सरसामान, पोशाक, सवारी साधनहरू जलाई नष्ट गरेका हुन् ।
Leave a Reply