भर्खरै :

राष्ट्रिय ज्ञानमाला सङ्घ नेपालको प्रथम स्थापना दिवस सम्पन्न

राष्ट्रिय ज्ञानमाला सङ्घ नेपालको प्रथम स्थापना दिवस सम्पन्न

भक्तपुर, ४ जेठ । राष्ट्रिय ज्ञानमाला सङ्घ नेपालको प्रथम स्थापना दिवस एक कार्यक्रमबिच सोमबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि विपशी महास्थाविरले ज्ञानमाला भवनकै अङ्ग आकु भिक्षु हुन पाएको र विदेशमा गएर अध्ययन गरी अहिले मुनिविहारमा सयाँै विद्यार्थीहरूलाई बौद्ध शिक्षा दिने अवसर प्राप्त भएको बताउनुभयो ।
भक्तपुरमा १८ वटा विहार रहेकोमा मुनि विहारमा स्थानीय जनताको साथ र सहयोग सक्रिय भएको र यहाँ अध्ययन गर्ने विद्यार्थीहरू थाइल्यान्ड, श्रीलङ्कालगायतका देशहरूमा गएर अध्ययन गर्ने अवसर पाएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गौतम बुद्धले आर्य अष्टाङ्गिक मार्गमा सत्यको बारेमा हिँड्ने शिक्षा दिनुभएको र जनताको सेवा नै धर्म भएको बताउनुभयो ।
उहाँले ज्ञानमाला भजन हाम्रो संस्कृति हो† यो भजन सम्पदा हो र संस्कृति नष्ट भयो भने परिचय गुम्न सक्ने बताउनुभयो ।
उहाँले ज्ञानमाला भजनको प्रस्तुतिले सांस्कृतिक नगर भक्तपुरको महत्व बढेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरू निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो ।
भनपाले यो वर्ष परम्परागत दाफा भजन प्रदर्शनी गर्ने निर्णय गरेको, संस्कृति संरक्षणको लागि भनपा निरन्तर कार्यरत रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय ज्ञानमाला सङ्घ नेपालका अध्यक्ष रमता श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय ज्ञानमाला सङ्घ नेपालका उपाध्यक्ष विमलबहादुर शाक्यले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *