अन्धविश्वास होइन, विज्ञानसम्मत विचार राख्नु आवश्यक
- जेष्ठ ३, २०८३
भक्तपुर, ४ जेठ । भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन हुने हेयर कटिङ, पाक शिक्षा, आधारभूत सिलाइ र एड्भान्स सीपमूलक तालिमका प्रशिक्षार्थीहरूको अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफूसँग भएको सीपको आधारमा आफ्नो पहिचान कायम गर्न मार्गनिर्देश गर्दै जुनसुकै क्षेत्रमा अनुशासन, मेहनत र सामूहिक भावना आवश्यक भएको बताउनुभयो ।
कुनै पनि ठुलो र सानो हुँदैन, श्रमको सम्मान गर्ने बानी हामीसँग हुनु आवश्यक छ भन्दै उहाँले आफ्नो काम र पेसा व्यवसायप्रति गर्व गर्न सक्नुपर्छ भन्नुभयो ।
एकजना व्यक्तिमा एउटा सीप आवश्यक भएको उल्लेख गर्दै उहाँले भक्तपुर नगरपालिकाले सीपमूलक तालिम सञ्चालन गरी यहाँका नागरिकहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउन सहयोगी भूमिका खेल्दै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नागरिकलाई समाजप्रति उत्तरदायी बनाउनुपर्ने विचार व्यक्त गर्दै तालिम जीवनउपयोगी हुने हुँदा अभिरुचिपूर्वक तालिममा सहभागी हुन आग्रह गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर नपाले व्यवसाय दर्ताको लागि अभियान नै सञ्चालन गर्दै आइरहेको स्पष्ट पार्दै तालिम प्राप्त प्रशिक्षार्थीहरूको सीप परीक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यपालिका सदस्य रोशनमैंया सुवालले तालिम सञ्चालनको उद्देश्यमाथि प्रकाश पार्दै तालिम लिने प्रशिक्षार्थीहरूलाई उद्यमशील बन्न प्रेरित गर्दै आफूसँग भएको सीपअनुसारको व्यवसाय सञ्चालन गर्नुपर्ने र श्रमलाई सम्मान गर्नु आवश्यक रहेको बताउनुभयो ।
उद्योग वाणिज्य सङ्घका गौतम सुजखुले नपाले प्रशिक्षण दिइसकेपछि तालिमको सही सदुपयोग हुनुपर्ने उल्लेख गर्दै व्यापारीले नाफा कमाउने मात्र होइन सरकारी नीति नियममा पनि बस्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेपाल बैङ्क लि. का शाखा प्रबन्धक सुनिल थुसाले आफूसँग भएको सीपले भविष्यमा रोजगार र जीविकोपार्जन प्राप्त गर्ने आधार तय हुने विचार व्यक्त गर्दै तालिम लिने प्रशिक्षार्थीहरू आफै उद्यमशील हुन प्रेरित गर्नुभयो ।
Leave a Reply