ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
भक्तपुर, ४ जेठ । भक्तपुर युवा टीमको आयोजनामा भक्तपुर नगरपालिका अन्तरवडा फुटसल प्रतियोगिता बुधबारदेखि भनपा वडा नं. २ स्थित सहिद स्मृति खेल मैदानमा सुरु हुँदै छ ।
उक्त प्रतियोगिताको तयारीस्वरूप भक्तपुर युवा टीमको आयोजनामा सोमबार खेलाडी भेला सम्पन्न भयो । भेलामा भक्तपुर युवा टीमका संस्थापक अध्यक्ष तथा सल्लाहकार विश्वराम कवांले खेलाडीहरूले टीमको मित्रता अनुशासन र स्वास्थ्यको लागि खेल भन्ने नारालाई आत्मसात गरी खेल्नुपर्ने बताउनुभयो ।
उहाँले खेल हारजितको लागि भन्दा पनि मित्रताको लागि पनि हुनुपर्ने बताउनुभयो ।
भक्तपुर युवा टीमका अध्यक्ष केशव त्वानाबासुले सम्पूर्ण खेलाडीहरू अनुशासित भएर खेल्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
भेलामा उहाँले प्रतियोगिताबाट प्रथम स्थान हासिल गर्ने टीमलाई नगद रु. २५ हजार, दोस्रो हुने टीमलाई रु. १२ हजार ५००, उत्कृष्ट गोलकिपरलाई रु. २ हजार ५०० र उत्कृष्ट खेलाडीलाई नगद रु. २ हजार ५०० पुरस्कार व्यवस्था गरेको बताउनुभयो ।
भेलामा टीमका सचिव रामेश्वर मचामसी, कोषाध्यक्ष श्याम तजले, सदस्यद्वय सुरेश कवां र जीवन कवांले खेलको नियमलाई अनुसरण गरी खेल्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
Leave a Reply