भर्खरै :

कार्यकर्ताहरूले सैद्धान्तिक र राजनीतिक अध्ययनलाई जोड दिनुपर्ने

कार्यकर्ताहरूले सैद्धान्तिक र राजनीतिक अध्ययनलाई जोड दिनुपर्ने

भक्तपुर, ४ जेठ । विश्व सर्वहारा वर्गका महान नेताद्वय कार्ल माक्र्सको २०८ औँ र भीआई लेनिनको १५६ औँ जन्म दिवसको अवसरमा आइतबार प्रवचन कार्यक्रम भयो ।
नेमकिपा भनपा वडा नं. ७ चोर्चा एकाइ समितिको आयोजनामा भएको उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले पार्टी कार्यकर्ताहरूले सैद्धान्तिक र राजनीतिक अध्ययनलाई जोड दिनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
शोषण नै गरिबीको मुख्य कारण माक्र्सको विश्लेषण भएको चर्चा गर्दै केन्द्रीय सदस्य गोसाईले वर्ग सङ्घर्षबाट स्थापना हुने समाजवादी गणतन्त्रले मात्र शोषणलाई नियन्त्रण गर्न सकिने बताउनुभयो ।
पुँजीवादी गणतन्त्रले होइन समाजवादी व्यवस्थाले मात्र कामदार जनतालाई जीवन सुनिश्चित गर्न सक्नेतर्फ बहुसङ्ख्यक जनतालाई सचेत गर्नु जरूरी छ, उहाँले भन्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका नारायणप्रसाद त्वानाबासुले भीआई लेनिनको जीवनी र जीवन सङ्घर्षबारे प्रकाश पार्नुभएको थियो ।
नेमकिपा भनपा ७ नं. वडा एकाइ समितिका अध्यक्ष कृष्णगोविन्द खाइजूको सभापतित्वमा सम्पन्न कार्यक्रममा विश्वराम दुमरू, चन्द्रप्रसाद दुमरू र भिजन लवजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *