भर्खरै :

देशभक्तिपूर्ण सङ्घर्षका प्रतीक हो चि मिन्हको स्मरण आवश्यक

देशभक्तिपूर्ण सङ्घर्षका प्रतीक हो चि मिन्हको स्मरण आवश्यक

सर्वहारा अन्तर्राष्ट्रवादमा विश्वास राख्ने कुशल क्रान्तिकारी, राष्ट्रिय स्वतन्त्रता अभियानका सफल योद्धा, देशभक्तिपूर्ण सङ्घर्षका प्रतीक हो चि मिन्हको जन्म १९ मई १८९० मा भएको थियो । एउटा गरिब किसान र बुद्धिजीवीको परिवारमा जन्मेका हो चि मिन्ह राष्ट्रपति भए । किसान सङ्घर्षको अध्ययन गरेका उनी असल र शान्त स्वभावका परिश्रमी थिए । उनले देश, जनता, स्वतन्त्रतासम्बन्धी कथा, फ्रान्सविरोधी आन्दोलन आदिको अध्ययन गरेर धेरै ज्ञान हासिल गरे । फ्रान्सेलीहरूको अन्याय, अत्याचार र शोषण देखेर एक दिन फ्रान्सेलीहरू भियतनामबाट भाग्नैपर्छ भन्ने कुरा उनले राम्ररी बुझे । फ्रान्सेली उपनिवेशबाट भियतनामी जनता ज्यादै शोषितपीडित थिए । हो चि मिन्ह भियतनामलाई मुक्त गर्नेतर्फ लागे । उनी भियतनामी देशभक्तहरूको सम्पर्कमा गए । उनले माक्र्सवाद, लेनिनवाद तथा अक्टोबर क्रान्तिको अनुभवको अध्ययन गरे । उनले फ्रान्समा बस्ने भियतनामी देशभक्तहरूको सङ्गठन खोले ।
हो चि मिन्ह पत्रकार पनि थिए । उनले मजदुरहरूको वास्तविक जीवन लेखेर एउटा उपन्यास तयार गरे । उनले साथीहरूसँग मिलेर ‘तिरस्कार’ नामको अखबार निकाले । अखबारमा राजनीतिक लेखहरू प्रकाशित हुन्थ्यो । उनी सैद्धान्तिक र व्यवहारिक ज्ञान भएका व्यक्तिमात्र होइनन्, योद्धा पनि थिए । उनी माक्र्सवादी पुस्तकहरूको खुब अध्ययन गर्थे । लेनिनको देहावसानमा दुःख प्रकट गर्दै उनले ‘लेनिन र उपनिवेशका जनता’ शीर्षकमा एक रचना लेखे । उक्त रचनामा लेखिएको थियो, “लेनिन जिउँदो हुँदा उहाँ हाम्रा पिता, गुरु, मित्र, सहयोगी र उपदेशक हुनुहुन्थ्यो । उहाँ हामीलाई समाजवादी क्रान्तिको बाटो देखाउँदै हुनुहुन्थ्यो ।” उनले सोभियत सङ्घबाट प्रकाशित पत्रिका ‘प्राभ्दा’, ‘सत्य’ र ‘अन्तर्राष्ट्रिय संवाद’ मा लेख रचनाहरू दिन्थे र प्रकाशित हुन्थ्यो । चीनमा उनले अखबार बेच्ने काम गरे । चीनमा बस्दा उनले भियतनामी जनताबिच काम गर्ने, जनतालाई सङ्गठित गर्ने, अनुशासित हुने, शिक्षित बन्ने विचार राखे । उनले चीनमा रहेका भियतनामीहरूलाई सङ्गठित गरी ‘क्रान्तिकारी भियतनामी युवा सङ्घ’ खोले ।
यस सङ्घले माक्र्सवादी–लेनिनवादी सिद्धान्तको प्रचार गरे । हो चि मिन्हले भियतनाममा देश र जनताको मुक्तिको लागि भियतनामी सङ्घ स्थापना ग¥यो । उनले जनतासँग मिलेर जापानी र फ्रान्सेली उपनिवेशवादीहरूलाई धपाउने दृढ सङ्कल्प गरे । उनले क्रान्तिकारीहरूलाई सङ्गठित गर्दै शिक्षा दिन थाले । १९४५ मा राज्य सत्ता पल्टाउन सशस्त्र आक्रमण भयो । जापानी र फ्रान्सेली उपनिवेशवादीहरूको लज्जास्पद हार भयो । राष्ट्रको स्वतन्त्रताको लागि राष्ट्रिय समिति गठन भयो । यस समितिले स्वतन्त्र भियतनामको अस्थायी सरकारको कार्य गर्न थाल्यो । अस्थायी सरकारको राष्ट्रपति हो चि मिन्ह बनाइयो । राजधानी हनोई अस्थायी सरकारको अधीनमा नभएको हुँदा हनोईमा विजयी हुन क्रान्तिकारीहरूले अन्तिम युद्ध छेडे र सफलतापूर्वक लडे । राष्ट्रिय अधिवेशनमा हो चि मिन्ह भियतनामी जनवादी गणराज्यको अध्यक्ष चुनिए । १ सेप्टेम्बर १९४५ मा हो चि मिन्हको नेतृत्वमा सरकार घोषणा गर्ने निर्णय भयो । पछि आम चुनाव भयो । चुनावमा हो चि मिन्ह पक्षको जित भयो । पार्टीको राष्ट्रिय महासभा भयो । महासभाले ‘भियतनाम मजदुर पार्टी’ नाम राख्यो । यसरी माक्र्सवादी–लेनिनवादी सिद्धान्तमा आधारित ‘भियतनाम मजदुर पार्टी’ ले हो चि मिन्हको अध्यक्षतामा नयाँ केन्द्रीय समिति गठन ग¥यो ।
अमेरिकी साम्राज्यवादले भियतनामी जनताको क्रान्तिकारी युद्ध दबाउन सबै प्रकारका घातक बम तथा हतियार प्रयोग ग¥यो । भियतनामी अस्पताल, स्कूल, खेतमा बम वर्षा गरेर नष्ट गरियो । कम्युनिस्टहरूलाई खतम गरेर विश्वमा सधैँको लागि पुँजीवादी अधिनायकत्व कायम गर्ने अमेरिकाको उद्देश्य थियो । अमेरिकी युद्धको नीतिको विरोधमा अमेरिकी जनताले पनि विरोध गरे । विश्वभरिका शोषितपीडित शान्तिप्रेमी जनताले पनि विरोध गरे । एक समारोहमा हो चि मिन्हले भने, “हामी दस हजार वर्षसम्म जुझेर आएका छौँ; आवश्यक परे अझ हजार वर्षसम्म जुझ्नेछौँ ।” भियतनामले साम्राज्यवादीहरूविरुद्ध अनवरत सङ्घर्ष ग¥यो । भियतनामी जनताले फ्रान्सिसी, जापानी र अमेरिकी साम्राज्यवादलाई परास्त गरेका थिए । यसकारण, संसारका कम्युनिस्ट नेता र पार्टीहरूले उनको प्रशंसा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *