साम्राज्यवादीहरू भियतनामबाट पुच्छर लुकाएर भागे
- जेष्ठ ४, २०८३
‘पाइरेट्स अफ द क्यारिबियन’ को शक्तिशाली पुनरागमनलाई सबैले स्वागत गरौँ, जुन अहिले ‘पाइरेट्स अफ द पर्सियन गल्फ’ (फारसको खाडीका समुद्री डाकू) मा स्तरोन्नति भएको छ । इस्लामावादका आदेशहरूको लज्जास्पद पतनपछि, जहाँ बर्बरियाका प्रतिनिधिहरू वार्ता गर्न होइन, आदेश दिनमात्र आएका थिए । अहिले मनोवैज्ञानिक दबाबको एउटा उग्ररूप अगाडि आएको छः जिसस ! (शाब्दिक रूपमै, किनकि उनले ट्रुथ सोसलमा पोस्ट गरेका छन्) जसले स्ट्रेट अफ हर्मुजको ‘टोल बुथ’ मा कर तिरिरहेका हरेक जहाजहरूलाई धम्की दिइरहेका छन् ।
गोबीदेखि सहारा मरुभूमिका बालुवाका प्रत्येक कणलाई थाहा भएझैँ, यो सबै चीनको बारेमा हो । त्यसैले यो प्रश्न फेरि सोधिनु आवश्यक छः ‘सेन्टकोम’ (CENTCOM) अहिले ‘इन्डोपाकोम’ (INDOPACOM) मा विलय भएको छ, जुन समुद्री डाकूको नयाँ बहुमुखी स्वरूप (Hydra) हो । के इन्डोपाकोमसँग युआनमा महसुल तिरेर स्ट्रेट अफ हर्मुज पार गरिरहेको चिनियाँ सुपरट्याङ्करलाई रोक्ने वा दुःख दिने साहस छ ?
आफ्नो ट्रेडमार्क ‘भ्रमपूर्ण आधिपत्य’ को शैलीमा अमेरिकी अर्थमन्त्री बेसेन्टले भनेका छन् कि चीनले अब इरानबाट तेल प्राप्त गर्न सक्ने छैन । बर्बरियाको यो ‘बबुन’ (बाँदर जस्तो) हर्कत वास्तवमा चीनविरुद्ध मात्र नभई एसियाली राष्ट्रहरूको ठुलो समूह विरुद्धको आर्थिक युद्ध हो । जसले विश्वव्यापी ऊर्जा प्रवाह, व्यापार र पूर्वदेखि पश्चिमसम्म सामान ओसारपसार गर्ने प्रमुख ढुवानी मार्गलाई अवरुद्ध पार्छ । यो तेल नाकाबन्दीले चीनलाई मात्र होइन, बरु बहुध्रुवीय विश्वको ठुलो हिस्सालाई निशाना बनाएको छ ।
अमेरिकी नाकाबन्दी सुरु हुनुअघि केवल पाँच राष्ट्रका जहाजहरूले मात्र स्ट्रेट अफ हर्मुज पार गर्न सक्थेः चीन, रुस, भारत, इराक र पाकिस्तान । फेरि पनि प्रश्न उठ्छः के इन्डोपाकोमले चारवटा आणविक शक्ति सम्पन्न राष्ट्रका जहाजहरूलाई कब्जा गर्ने वा डुबाउने हिम्मत गर्ने छ ?
दक्षिण कोरियाले भने एक कदम अघि बढेर हर्मुजबाट सुरक्षित मार्ग सुनिश्चित गर्न र सस्तो तेल तथा ग्यास खरिद गर्न तेहरानसँग प्रत्यक्ष वार्ताका लागि विशेष दूत पठाएको छ । वर्तमान अवस्थामा, कम्तीमा २६ वटा दक्षिण कोरियाली ट्याङ्करहरू अलपत्र परेका छन् ।अब बेसेन्टको तुलना चिनियाँ विदेशमन्त्री वाङ यीसँगको वार्ता र राष्ट्रपति सीसँगको व्यक्तिगत भेटपछि बेइजिङमा रहेका रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग गरौँः
“रुसले, निस्सन्देह, उत्पन्न भएको स्रोतको अभावलाई क्षतिपूर्ति दिन सक्छ ।”
चीनको तेल आयातको लगभग १३ प्रतिशत हिस्सा इरानबाट आउँछ, जुन प्रतिदिन करिब १३.८ लाख ब्यारेल हो । यसैको समानान्तरमा, ‘पावर अफ साइबेरिया–!’ (Power of Siberia-!) ले पूर्ण क्षमतामा काम गर्दै वर्षमा ३८ अर्ब घनमिटर ग्यास आपूर्ति गरिरहेको छ, र ‘ईएसपीओ’ (ESPO) तेल पाइपलाइनले कीर्तिमानी उचाइ छोइरहेको छ ।
‘पावर अफ साइबेरिया–२’ अर्को वर्ष मात्र सञ्चालनमा आउन सक्छ । रुसले पहिले नै चीनको २० प्रतिशत तेल आपूर्ति गरिरहेको छ । लाभरोभको शब्दमा “क्षतिपूर्ति” भन्नुको अर्थ आफ्नो जगेडा क्षमतालाई अन्तिम सीमासम्म पु¥याउनु हो । तर, यो सम्भव छ ।
अर्कोतर्फ इरानले वैकल्पिक पाइपलाइन र ‘जास्क’ (Jask) तेल टर्मिनलमा भरोसा गर्न सक्छ, जसको क्षमता प्रतिदिन १० लाख ब्यारेल छ र यसले स्ट्रेट अफ हर्मुजलाई पूर्ण रूपमा बाइपास गर्छ ।
नाकाबन्दी घोषणा भएयता हालसम्म ८ वटा चिनियाँ ट्याङ्करहरू हर्मुज हुँदै पार गरिसकेका छन् । यसबाहेक, चीनसँग १.३ अर्ब ब्यारेलको मौज्दात छ, जुन इरानबाट हुने सम्भावित घाटालाई महिनौँसम्म थेग्न पर्याप्त छ । र सैद्धान्तिक रूपमा, चीनले अन्य गैर–इरानी फारस खाडीका बन्दरगाहहरूबाट प्रस्थान गर्ने ट्याङ्करहरूबाट तेल प्राप्त गरिरहनेछ (यद्यपि उनीहरूले अझै पनि ‘टोल बुथ’ मा महसुल तिर्नुपर्नेछ) ।
मुख्य प्रश्न यो हो कि इरान र चीनले आफ्नो ‘छद्म फ्लीट’ (shadow fleet) लाई इन्डोपाकोमले अवरोध गरेको कतिञ्जेलसम्म ब्यालिस्टिक प्रतिक्रियाबिना सहन गर्नेछन् ?
‘अल अक्सा ट्रायङ्गल’ नाकाबन्दीको पर्खाइ
इरानका सबै बन्दरगाहहरूको नाकाबन्दी, जुन स्ट्रेट अफ हर्मुजको मात्र नाकाबन्दी होइनले चाँडै नै आफ्नो कडा जवाफ पाउने सम्भावना छ । यमनको ‘अन्सारल्लाह’ ले व्याख्या गरे अनुसारको ‘अल अक्सा ट्रायङ्गल नाकाबन्दी’ (बाब–अल–मन्डेब, साउदी अरबको यान्बु बन्दरगाह, स्वेज र हर्मुजको सम्बन्ध)। हुथीहरू यस विमर्शमा सामेल हुनको लागि एउटा रणनीतिक क्षणको पर्खाइमा छन् । यसले अनिवार्य रूपमा तेलको मूल्य प्रतिब्यारेल ४२०० नाघ्ने स्थिति सिर्जना गर्नेछ ।
यसको अर्थ होः एक अपूरणीय र प्रणालीगत आपूर्ति झट्का । बर्बरिया प्रशासनका कायर ‘बबुन’ हरूले पक्कै पनि यसको दूरगामी परिणामबारे सोचेका छैनन् । तिनीहरू केवल चीनलाई तेल र अमेरिकी डलरबाट वञ्चित गर्न र सैद्धान्तिक रूपमा ‘नयाँ रेशम मार्ग’
(BRI) का मुख्य केन्द्रहरूलाई नष्ट गर्न पागल छन् । बाँकी सबैको ध्यान चाहिँ इन्डोपाकोमले लागू गरेको यो नाकाबन्दीले चीन बाहिरका कयौँ राष्ट्रहरूलाई कसरी तहसनहस बनाउनेछ भन्नेमा केन्द्रित छ ।
यसले हामीलाई बेसेन्टजस्ता तुच्छ व्यक्तिहरूको सोचसँग मेल खाने एउटा साधारण तर सम्भावित गणनातर्फ लैजान्छ । सबैलाई तेल र अमेरिकी डलरको लागि तड्पाऊँ, ताकि उनीहरूले तेल वा डलर प्राप्त गर्नका लागि आफ्नो साथमा रहेका अमेरिकी ट्रेजरी बन्डहरू (ऋणपत्र) फेस भ्यालु (अङ्कित मूल्य) भन्दा धेरै कम मूल्यमा अमेरिकालाई नै फिर्ता बेच्न बाध्य हुन् ।
यो ‘जालझेलको केन्द्र’ होः जहाँ अमेरिकीहरू आफ्नो ऋणलाई भारी छुटमा बजारबाट बाहिर निकाल्छन् र ऋणमा तिर्नुपर्ने त्यो विशाल ब्याजलाई सजिलै मेटाइदिन्छन्, जुन तिर्न उनीहरू असक्षम छन् ।
तर बर्बरिया प्रशासनले जे चाहन्छ, त्यो पाउँछ नै भन्ने कुनै ग्यारेन्टी छैन । तेहरान समुद्री मार्गमा मात्र निर्भर छैन । दशकौँको प्रतिबन्धपछि उनीहरूले जमिनबाट जोडिने वैकल्पिक कोरिडोरहरू, वस्तु विनिमय व्यापार च्यानलहरू, र ‘स्वापिङ’ संयन्त्रहरू विकास गरेका छन्, उदाहरणका लागि तुर्कमेनिस्तान हुँदै ।
चीन पनि अब ‘मलाक्का दुविधा’ (Malacca Dilemma) – मलेसिया र इन्डोनेसियाको सुमात्रा बिचको साँघुरो मार्गको कैदी रहेन, किनभने उनीहरूले रुस–चीन पाइपलाइनदेखि लिएर आफ्ना स्रोतहरूलाई अत्यन्तै सावधानीपूर्वक विविधीकरण गरेका छन् ।
यति मात्र होइन, चीन–म्यानमार पाइपलाइनले मलाक्का मार्गलाई पूर्ण रूपमा बाइपास गर्छ ।
तुर्कमेनिस्तान, उज्बेकिस्तान र काजाकिस्तानसम्म फैलिएको लामो ‘चीन–मध्य एसिया ग्यास पाइपलाइन’, जसको खर्च चीनले बेहोरेको छ र जसले अमेरिकी समुद्री प्रभुत्व लाई छल्छ, सन् २०१० को दशकदेखि नै सञ्चालनमा छ ।
त्यसपछि अरब सागरमा रहेको ‘ग्वादर’ गहिरो समुद्री बन्दरगाह छ, जुन ‘चीन–पाकिस्तान आर्थिक कोरिडोर’
(CPEC) को मुख्य केन्द्र र बीआरआई
(BRI) को एउटा बलियो खम्बा हो । ग्वादर इरानको सिस्तान–बलुचिस्तानमा रहेको ‘चाबहार’ बन्दरगाहभन्दा मात्र ८० किलोमिटर पूर्वमा छः अर्थात् फारसको खाडीबाट धेरै टाढा । यसको अर्थ अरब सागरबाट सिनजियाङसम्म सिधै स्थलमार्ग उपलब्ध छ ।
इरानी तेलबाट वञ्चित हुँदैमा चीन भोकमरीमा पर्ने छैन । चीन लगभग हरेक ऊर्जा र शक्ति उत्पादन क्षेत्रमा विश्वको नेतृत्व गरिरहेको छ । उनीहरूसँग औद्योगिक क्षमता (उत्पादनशील पुँजीवाद), कच्चा पदार्थ, आपूर्ति श्रृङ्खला र दक्ष जनशक्ति छ, जसले हरेक सान्दर्भिक ऊर्जा प्रणालीका लागि आवश्यक प्रविधि र पूर्वाधार निर्माण गर्न सक्छः सौर्य प्यानल, टर्बाइन, ब्याट्री, प्रसारण लाइन र सौर्य, वायु, जलविद्युत् तथा अर्को पुस्ताको आणविक शक्तिमा जे चाहिन्छ, सबै । मैले गत वर्ष सिन्जियाङको यात्रा गर्दै वृत्तचित्र खिच्ने क्रममा ठ्याक्कै यही देखेको थिएँ ।
स्पष्ट छ कि बर्बरियाका अदूरदर्शी प्यादाहरूले यो बुझ्न सक्दैनन् कि इलेक्ट्रिक गाडी (EVs), सौर्य ब्याट्री र बिजुली निर्यातमा चीनको पूर्ण प्रभुत्वको रणनीतिले कसरी यो ‘मिडल किङ्गडम’ (चीन) लाई नाकाबन्दी जस्ता कृत्रिम तेल र ग्यासको सङ्कटबाट जोगाइरहेको छ ।
अहिलेको स्थितिमा, ‘अजेय आर्मडा’ (The Invincible Armada) ओमानको खाडीको बाहिरी किनारामा बसेको छ, जुन धेरैजसो तर सबै होइन, इरानी मिसाइल र ड्रोनको पहुँचभन्दा बाहिर छ । यद्यपि यो लामो दूरीका ब्यालिस्टिक र हाइपरसोनिक मिसाइलहरूको निसानामा भने पक्कै छ । अमेरिकीहरूले जहाजहरू ट्रयाक गर्न आफ्नो ‘आईएसआर’ ISR ( गुप्तचरी र निगरानी) प्रणाली प्रयोग गरिरहनेछन्† त्यसपछि साना डुङ्गा र हेलिकप्टरहरूमार्फत “अवरोध”
(Interdiction) को प्रक्रिया सुरु गर्नेछन् ।
हालसम्म, केही पनि भएको छैन । वास्तवमा, एउटा ठुलो घटना भने घटेको छः २ मिलियन ब्यारेल तेल बोक्ने क्षमता भएको, प्रतिबन्धित तर गैर–इरानी एक सुपरट्याङ्करले आफ्नो ‘एआईएस’ (AIS – स्वचालित पहिचान प्रणाली) खुला राखेरै ताकि हरेक ट्रयाकरले देख्न सकोस् स्ट्रेट अफ हर्मुज हुँदै इरानतर्फ प्रस्थान ग¥यो । इन्डोपाकोमले त्यसलाई छुने हिम्मत समेत गरेन ।
यसैबिच, इरानीहरू केवल पर्खिरहेका छन्, असिमेट्रिकल (अप्रत्यक्ष र रणनीतिक) रूपमा। तर भ्रममा नपर्नुहोस् यदि युद्धविराम भङ्ग भयो भने, उनीहरू लड्नका लागि निकै आतुर छन् । यस्तो अवस्थामा, हामी “सबै रोमाञ्चक मोडहरूको जननी” (Mother of All Cliffhangers) मा प्रवेश गर्नेछौँ । इरानले केवल एउटा अमेरिकी डिस्ट्रोयर (युद्धपोत) लाई डुबाइदिए पुग्छ वा चिनियाँ गुप्तचरीको सहयोगमा मिसाइल र ड्रोनको वर्षा गरेर अर्बौँ डलरका ती “सजिलो सिकार” हरूलाई अक्षम बनाइदिए पुग्छ ।
त्यसपछि सिङ्गो ग्रहले यसको वास्तविक स्वरूप देख्नेछः अराजकता, झुट, लुट, समुद्री डकैती र “यदि म तिमीलाई मन पराउँदिन भने मारिदिन्छु” भन्ने मानसिकता बोकेको साम्राज्यको एउटा निर्णायक र भयानक रणनीतिक पराजय ।
आऊ, जे पर्छ भोगौँला ।
– दायित्वबोध डटकमबाट
Leave a Reply