शिक्षासेवी शोभा प्रधानको स्मृतिमा !
- असार ११, २०८३
काराकस, मे २० । भेनेजुयलामा आइतबार सम्पन्न निर्वाचनमा निकोलस माडुरो दोस्रो पटक छ वर्षको लागि राष्ट्रपति पदका लागि निर्वाचित भएका छन् ।
भेनेजुयाली राष्ट्रिय चुनाव परिषद्ले सार्वजनिक गरेको नतिजाअनुसार माडुरो भारी मतान्तरले विजयी भएका छन् ।
उनले ५८ लाख मत प्राप्त गरेका छन् ।
माडुरोका निकटतम प्रतिद्वन्द्वी हेनरी फाल्कोनले १८ लाख मत प्राप्त गरेका छन् । तेस्रो स्थानका उम्मेदवार जाभेयर बेर्तुसीले ९ लाख २५ हजार मत हासिल गरेका छन् ।
चुनावमा कुल ८६ लाख मतदाताहरुले भाग लिएका थिए । कुल मतदाता सङ्ख्याको ४६.०१ प्रतिशत मतदाताले चुनावमा आफ्नो मत व्यक्त गरेका थिए ।
आइतबार मतदानको क्रममा कुनै पनि अप्रिय घटना भएको थिएन ।
विपक्षी उम्मेदवार फाल्कोन सबै मतदान केन्द्रहरु सरकार पक्षीय स्थानहरुमा राखेर धा“धली गरेको आरोप लगाएका छन् । उनले सरकारमा रहेको पार्टी एकीकृत भेनेजुयाली समाजवादी पार्टीले चुनावमा सरकारी संयन्त्रको दुरुपयोग गरेको पनि आरोप लगाएका छन् ।
भेनेजुयलामा अघिल्ला राष्ट्रपति ह्युगो चाभेजको अनपेक्षित क्यान्सर रोगका कारण निधन भएपश्चात निकोलस माडुरो सरकारको नेतृत्वमा आएका हुन् । त्यहा“को प्रतिपक्षले माडुरो नेतृत्वको सरकार विफल बनाउन अनेकन प्रयास गरेको थियो । भेनेजुयाली विपक्षहरुलाई संरा अमेरिकालगायत पश्चिमा देशहरुको समर्थन रह“दै आएको छ ।
Leave a Reply