भर्खरै :

निर्वाचित भएको एक वर्षः जनप्रतिनिधिहरुको व्यस्त दिन

स्थानीय तहमा आफू निर्वाचित भएको एक वर्ष पुगेको दिन भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु सोमबार दिनभरि व्यस्त हुनुभयो । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति बिहान घरबाट निस्क“दा उहा“स“ग दिनभरिको लागि कार्यक्रमको तालिका थियो । उहा“ बिहानै पुग्नुभयो–च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रमा । चुनावमा ख्वप अस्पताल स्थापना गर्ने भनी जनतालाई दिएको वचनबद्धता पुरा गर्ने शिलशिलाको सानो पाइलाको सोमबार शुभारम्भ भएको थियो । जनस्वास्थ्य केन्द्रपरिसरमै स्थापना भएको आकस्मिक सेवा वार्डको मेयर प्रजापतिले रिबन काटेर उद्घाटन गर्नुभयो । उहा“स“गै उपमेयर रजनी जोशी हुनुहुन्थ्यो । साथै वडाध्यक्ष र जनप्रतिनिधिहरु । जनस्वास्थ्य केन्द्र सुविधासम्पन्न आकस्मिक कक्षको उद्घाटन भएको छ । हिजोको आकस्मिक कक्षभन्दा ठूलो र व्यवस्थित नया“ बन्दोबस्त पाएर चिकित्सक र कर्मचारीहरु पनि दङ्ग थिए । सोमबारबाटै सो कक्षमा विरामीलाई सेवा प्रदान गर्न थालिएको छ ।
त्यहा“बाट जनप्रतिनिधिहरु हानिए–नःपुखुतिर । विगतमा भक्तपुर दरबार क्षेत्र परिसरमै चल्दै आएको जनज्योति पुस्तकालय नःपुखुस्थित नगरपालिकाको नया“ भवनमा स्थानान्तरण गरिएको छ । सो पुस्तकालयको नया“ भवन उद्घाटन गर्न नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें पुग्नुभएको थियो । लामो इतिहास बोकेको जनज्योति पुस्तकालय हिजो सानो र सा“घुरो भवनबाट नया“ सुविधासम्पन्न भवनमा सारिएको छ । वातावरणको हिसाबमा पनि पुस्तक पढ्न उपयुक्त नःपुखुनजिकै पुस्तकालय सारिएकोमा पुस्तकप्रेमीहरु खुशी छन् । पुस्तकालय नया“ भवनमा सारिएस“गै नया“–नया“ पुस्तकहरु पनि थपिने आशा नगरबासीमा छ ।
निर्वाचित भएको एक वर्षको अवसरमा भक्तपुर नगरपालिकाले सोमबार एक समारोह पनि आयोजना ग¥यो । जनप्रतिनिधि, कर्मचारी र नगरबासीहरु सहभागी रहेको कार्यक्रममा एक वर्षमा जनप्रतिनिधिहरुले गरेका कामको बारेमा चर्चा गरियो । गर्न बा“की कामको योजना बुनियो ।
देशका अन्य नगरपालिकाको तुलनामा नया“ संविधानअनुसार बढी काम गरिसकेको भक्तपुर नगरपालिकाले नगरका सम्पदा पुनःनिर्माणमा उल्लेख्य उपलब्धि हासिल गरेको छ । शिक्षा क्षेत्रमा स्थानीय तहलाई दिइएको अधिकारको प्रयोग गर्दै भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यपुस्तक समेत बनाइसकेको छ । सम्पुर्णतः नेपाल मजदुर किसान पार्टीले जितेको भक्तपुर नगरपालिकामा उदाहरणीय काम भइरहेकोमा विवाद छैन । समस्या धेरै छन् । नगरबासीलाई पानीको बन्दोबस्त कसरी गर्ने भन्ने चुनौती आजका जनप्रतिनिधिहरु सामू छ । सरसफाईको क्ष्ँेत्रमा उदाहरणीय काम भइरह“दा पनि सरसफाईमा गर्न धेरै काम अझै बा“की छन् । नगरबासीमा नागरिक भावना जगाएर जनस्तरबाटै सरसफाईलाई बिस्तार गर्न नपाले अझै काम गर्न धेरै बा“की छन् । तर जुन गति र दिशामा आज भक्तपुर नपा हिंडिरहेको छ, त्यसलाई हेर्दा त्यो गन्तव्य पनि त्यत्ति टाढा लाग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *