ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ६, २०८३
भदौ २३ गते प्रदर्शनकारीहरूको भीड संसद् भवन प्रवेश गर्न खोज्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरूले भीडलाई अगाडि जान दिई राखेको थिएन । भीडले प्रहरीमाथि ढुङ्गामुढा गर्न थाले । अश्रृग्याँस प्रहार गर्दा पनि भीड नहटेपश्चात् सुरक्षाकर्मीको तर्फबाट ड्याङ ड्याङ गोली फायर गर्दै गरेको आवाज मैले सुनेको र केही प्रदर्शनकारीहरू गोली लागी घाइते भई निजहरूलाई उपचारको लागि एम्बुलेन्समा अस्पतालतर्फ लगेको कुरा सोही भीडमा हल्ला खल्ला सुनेको हुँ । एभरेष्ट होटल अगाडि रहेको मानिसहरूको भीड आकाशे पुलनिर उभी प्रदर्शन हेरिरहेका इश्वर अधिकारीलाई छातीमा गोली लागि निज सोही आकाशे पुलनिर ढली छटपटाउन थालेको अवस्थामा मैले प्रत्यक्ष देखेको हुँ ।
भदौ २३ गतेको मानवीय क्षतिपछिको आक्रोसमा अन्य विभिन्न आपराधिक समूहको घुसपैठले भदौ २४ गते सरकारी, निजीलगायतका भौतिक सम्पत्तिहरूमा तोडफोड आगजनी र लुटपाट घटना घटाएको हुनु पर्दछ ।
थाहा खबर डटकमको नयाँ बानेश्वरका सुरक्षा गार्ड नेत्रप्रसाद चौधरी
भदौ २३ र २४ गते दुवै दिन म बिहान ६ बजेदेखि बेलुका १८ बजेसम्म थाहा खबर डटकमको नयाँ बानेश्वरस्थित कार्यालयमा नियमित ड्युटीमै थिएँ । भदौ २३ गते अन्दाजी ११ः३० बजेको समयमा माइतिघर तर्फबाट आन्दोलन गर्दै हजारौँको सङ्ख्यामा मानिसहरू नयाँ बानेश्वरतर्फ आउँदै गरेको देखेको थिएँ । अन्दाजी १२ः३० बजे नयाँ बानेश्वरमा जम्मा भएका आन्दोलनकारीहरू निषेधित क्षेत्र तोडेर ढुङ्गामुढा गर्दै आक्रमक तवरले संसद् भवनतर्फ अगाडि बढिरहेका थिए । अन्दाजी १३ बजेको समयमा चारैतर्फकबाट प्रदर्शनकारीहरू जम्मा भएपश्चात् भीड झन्—झन् आक्रामक हुँदै गयो । त्यसपछि मैले देखेसम्म संसद् भवन भित्रैबाट सुरक्षाकर्मीद्वारा गोली प्रहार सुरु भयो । सो क्रममा ४—५ जना गोली लागेर ढलेको मैले आफ्नै आँखाले देखेको थिएँ । गोली लागेर ढलेकालाई प्रदर्शनकारीहरूले नै उद्वार गरिरहेका थिए ।
सो क्रममा संसद् भवनतर्फबाट प्रहार गरिएको अश्रुग्याँस आकाशतर्फ गएर मुनि झर्ने, प्रदर्शनकारीहरूले सुरक्षाकर्मीले हाम्रो अफिसको छतमाथिबाट गोली प्रहार गरिरहेको हुन सक्छ भनेर शङ्का पनि गरे । शङ्काको निक्र्यौल गर्न पटक–पटक गरी ४ चोटि ८—१० जनाको समूहमा रहेका प्रदर्शनकारीले हाम्रो अफिस भवनको छतमा गएर हेरे तर त्यहाँ एक जना पनि सुरक्षाकर्मी रहेको पाइएन । सोही दिन भागदौडको क्रममा हाम्रो अफिसको ताला तोडेर भित्र प्रवेश गर्ने, लुक्ने र फेरि निस्किने गरिरहेका थिए । आन्दोलनकारीहरूले पटक–पटक हाम्रो अफिस नजिक आएर यो प्रचण्डेको हो, भोलि यसको पालो हो आगो लगाउने पनि भनेका थिए ।
भदौ २४ गते बिहान ६ बजेतिर संसद् भवनको १ नं. गेटतर्फ भेला हुँदै तत्कालीन सरकारको प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका थिए । अन्दाजी ८ः३० बजेको समयमा हुनुपर्छ १ वटा ट्रकमा नेपाली सेनाको टोली आएर हवाई फायर गरेर त्यहाँ उपस्थित भीड त्यहाँबाट थापाथली, माइतिघर र तीनकुनेतर्फ भगाए । पौने घण्टा जति गेटको एरिया शान्त भएपश्चात् नेपाली सेनाको टोली फिर्ता भयो । फेरि अन्दाजी ९ः३० बजेको सयममा प्रदर्शकारीहरू कोटेश्वर, शङ्खमूल, थापाथली र पुरानो बानेश्वरतर्फबाट जम्मा हुन थाले ।
हजारौँ सङ्ख्यामा भेला भएको भीडले ब्यारिकेड तोडेर संसद् भवनलाई चारैतिरबाट घेरे । प्रदर्शनकारीले ढुङ्गामुढा, गैटी, गुलेलीलगायतका घरेलु हातहतियारहरू, फलामको रडहरू, सिसाको बोटलसहित संसद् भवन र त्यहाँ रहेका सुरक्षाकर्मीमाथि आक्रमण गर्न थाले । अन्दाजी ११ बजेको समयमा प्रदर्शनकारीले संसद् भवन जलाउन खोज्ने र प्रहरीले अश्रुयाँस र गोली प्रहार गर्ने क्रम चलिरहँदा अन्दाजी ६—७ जना घाइते भएको मैले देखेँ । प्रदर्शनकारीहरूले प्रहरी हाम्रो भवनको छतमा लुकेको छ कि भनेर शङ्का गर्दै जबरजस्ती प्रवेश गरेर आठौँ तलामा गई हेर्ने र कोही नदेखेपछि हो—हल्ला गर्दै हाम्रो ४ वटा फायर एक्सटिन्गुइसर बिनाकारण आकाशतर्फ प्रहार गरी सके । अन्दाजी १ बजेको समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रहरीहरूले हतियारमाथि राखेर हार मानेर बाहिर निस्केपछि प्रदर्शनकारीले संसद् भवन पूर्णरूपमा आगजनी गरेको देखेँ । त्यतिबेला नेपाली सेनाको उपस्थिति त्यहाँ थिएन । त्यसपछि बेलुकासम्म सामान चोर्ने, ओसार्ने, मोटरसाइकलसहित भित्र पस्ने गरिरहेको देखेँ । सोही समयमा प्रदर्शनकारीहरूले प्रहरीको पोशाक लगाएर प्रहरीको बन्दुक बोकेर हिँडिरहेका थिए । अन्दाजी १७ः४५ बजेको समयमा १०० औँ सङ्ख्यामा प्रदर्शनकारीहरू आएर हामीलाई हजुरहरू जानुस हामी आफ्नो काम गर्छौँ भन्दै यो प्रचण्डेको जलाउनुपर्छ भन्दै आगजनी गरे ।
प्रत्यक्षदर्शी महेशकुमार श्रेष्ठ
म २० वर्षदेखि नयाँ बानेश्वरमा सञ्चालन गरी जापानिज भाषाको प्रशिक्षण दिई आएको छु । मेरो कार्यालय संसद् भवनको पश्चिम—दक्षिण कुनाको नयाँ बानेश्वर चोकको शङ्खमूल र बबरमहलतर्फ जाने बाटोको उत्तर पूर्व मोहडा भएको घरमा छ । भदौ २३ गते बिहान ११ बजे चोकमा मानिसहरू भीड बाक्लो हुँदै एभरेस्ट होटल अगाडिको ब्यारिकेड तोडेर प्रदर्शनकारीहरू चोकमा जम्मा हुँदै गए । प्रदर्शनकारीहरू संसद् भवनको पर्खाल भत्काउँदै थिए । संसद् भवनको १ नं. गेट नाघेर भित्र प्रवेश गर्दै थिए । अन्दाजी १४ः१८ बजेको समयमा मेरो कार्यकक्षको पूर्वपट्टिको झ्यालको सिसामा एक्कासि गोली पडकेको आवाज आइए सिसाहरूसमेत झरी हामी सबै जना सो कोठाबाट बाहिर निस्की भागे । अर्को कोठामा गई १० मिनेटपछि म आफ्नो कार्यकक्षमा गई सो गोली पूर्वपट्टीको सिसाको झ्याल फुटाई सोही कोठाको दक्षिणतर्फ फर्केको काठमा खण्ड बनाई सिसा लगाइएको कार्यालयको ¥याक (दराज) को सिसासमेत फुटी सो ¥याक (दराज) मा राखेको इन्डेक्स फाइलमा प्वाल पारी सोही कोठाको पश्चिमतर्फ रहेको सिमेन्टेड बोर्डको भित्ताभित्र छिर्न गएको हो । मैले एक जना सशस्त्र प्रहरीका डीएसपीलाई फोन गर्दा अहिले निस्किने अवस्था छैन† तपाईहरू जुन ठाउँमा हुनुहुन्छ सुरक्षित भएर बस्नु भनी भनेकाले हामीहरू पछाडिको कौसीमा बसी लुकीछिपी सोही दिन अन्दाजी १८ः३० बजे हामी सबै निस्की घरको कोठा गएका हौँ ।
प्रत्यक्षदर्शी शिवराम बाँडा
भदौ २४ गते म होटलमै बसिरहेको अवस्थामा केही प्रहरी ज्यान जोगाउनको लागि भाग्दै मेरो होटलको छतबाट भित्र प्रवेश गरेका थिए । प्रहरीहरूलाई आन्दोलनकारीहरूले लखेट्दै इँट्टा, लाठी, धारिलो हतियारसमेतले प्रहार गरी कुटपिट गरेको हुँदा निजहरूलाई बाहिर जाँदा ज्यानको खतरा हुन सक्ने भएकोले मैले होटलको विभिन्न कोठामा लुकाई बाहिरबाट चाबी लगाई सुरक्षित गरेको हुँ । त्यसपछि केही आन्दोलनकारीहरू होटलको गेटबाट भित्र प्रवेश गरी प्रहरी कहाँ गयो भन्दै आएका थिए । निजहरूलाई मैले मेरो होटलमा विदेशी गेस्टहरू आएका छन् यहाँ कोही प्रहरीहरू छैनन् । तपाईँहरू भित्र प्रवेश नगर्नुहोस् भनी सम्झाई बुझाई पठाएको हुँ । प्रहरीहरूलाई मैले आफ्नो कपडा र जुत्ता चप्पलसमेत दिएर खाना खुवाएर पठाएको हुँ । केही प्रहरी सोही राति अन्दाजी १० बजेको समयमा गए भने केही भोलिपल्ट बिहान गए । प्रहरीलाई खोज्दै मेरो होटलमा आउने मानिसहरू मेरो सीसीटिभी फुटाउने, सोलार र सिसा फुटाउने मानिसहरू म चिन्दिन ।
प्रत्यक्षदर्शी लक्ष्मण श्रेष्ठ
भदौ २३ गते करीब १२ बजेसम्म स्थिति सामान्य थियो । करिब दिनको १३ बजेतिर पुरानो बानेश्वरतर्फबाट स्कूल कलेजको डे«समै विद्यार्थीको भीड नारा लगाउँदै संसद् भवनतर्फ अगाडि बढेको थियो । भीड अराजक थियो र जथाभावी ढुङ्गामुढा गर्दै थिए । मेरो पसल अगाडि एउटा एम्बुलेन्सलाई तोडफोड गरियो । भीड १ नं. गेटमा पुगेपछि आगजनीसमेत गरेछन् । दिनभरि संसद् भवनको वरिपरि तनावपूर्ण अवस्था बन्यो । सडकमा आवतजावत गर्ने अवस्थासमेत थिएन ।
Leave a Reply