नगर प्रमुख प्रजापतिद्वारा बक्सिङ खेलाडीहरूलाई शुभकामना तथा मार्गनिर्देशन
- असार १, २०८३
भक्तपुर, ६ जेठ । भक्तपुर युवा टीमको आयोजनामा भएको भक्तपुर नगरपालिका अन्तर वडा फुटसल प्रतियोगिता २०८३ को उद्घाटन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले एक समारोहबिच बुधबार गर्नुभयो ।
कार्यक्रममा अतिथि गोसाईंले फुटसल प्रतियोगिताको सफलताको कामना गर्दै प्रतियोगिताले देशको लागि असल र सक्षम नागरिक तयार हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले विभिन्न साहित्यिक तथा सांस्कृतिक गतिविधिहरूमार्फत देशको लागि योग्य र सक्षम नागरिक तयार गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका ७ नम्बर वडाका वडा अध्यक्ष एवं टीमका सल्लाहकार उकेश कवांले भक्तपुर युवा टीमले विगतमा फूटबल प्रतियोगिता गरेजस्तै यसपटक फुटसल प्रतियोगिता गरेर नयाँ खेलाडीहरू तयार गर्ने विश्वास व्यक्त गर्नुभयो ।
टीमका अर्का सल्लाहकार एवं संस्थापक अध्यक्ष विश्वराम कवांले टीमले विगतमा धेरै प्रतियोगिताहरू आयोजना गरी विभिन्न खेलका राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी तथा निर्णयकहरू तयार गरेको बताउनुभयो ।
टीमका अध्यक्ष केशव त्वानाबासुको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा टीमका सचिव रामेश्वर मचामसी र सदस्य सुरेश कवांले पनि बोल्नुभएको थियो ।
Leave a Reply