भर्खरै :

माडुरोलाई बधाईको ओइरो

ल्याटिन अमेरिकाका विभिन्न राष्ट्रप्रमुखहरुले नवनिर्वाचित राष्ट्रपति माडुरोलाई बधाई दिएका छन् । बोलिभियाका राष्ट्रपति इभो मोरालेसले माडुरोलाई पठाएको बधाई सन्देशमा सार्वभौम भेनेजुयाली जनताले फेरि एक पटक उत्तर अमेरिकी साम्राज्यको ‘कू’ को प्रयास र हस्तक्षेपलाई असफल बनाइदिएको प्रक्रिया दिएका छन् ।
उनले माडुरोको विजय विदेशी हस्तक्षेपमाथिको विजय भएको धारणा राखे ।
‘स्वतन्त्र जनता कहिल्यै हार्नेछैनन् । मेरा बन्धु निकोलस माडुरो र बहादुर भेनेजुयाली जनतालाई बधाई छ ।’, ट्वीटरमा मोरालेसले लेखे ।
क्युवा सरकारले पनि माडुरोप्रति ऐक्यबद्धता व्यक्त गरेको छ । क्युवाली पूर्वराष्ट्रपति तथा क्युवाली कम्युनिष्ट पार्टीका महासचिव राउल क्यास्ट्रोले भेनेजुयाली चुनावमा विजयी भएकोमा माडुरोप्रति बधाई र शुभकामना व्यक्त गरेका छन् ।
त्यस्तै क्युवाका राष्ट्रपति डायज–कानलले भेनेजुयाली विदेशमन्त्रालयमा पठाएको पत्रमा भनेका छन्,‘बोलिभारियाली र चाभिस्टा समुदायले फेरि एक पटक चाभेजको विरासत रक्षा गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् । त्यो निकै प्रशंसायोग्य कुरा हो ।’
एल साल्भाडोर सरकारले पनि माडुरोको विजयलाई मान्यता दिंदै शान्तिपूर्ण, प्रजातान्त्रिक प्रक्रियाबाट राष्ट्रपति चुनेकोमा भेनेजुयाली जनताप्रति बधाई ज्ञापन गरेका छन् ।
एल साल्भाडोरका राष्ट्रपति साल्भाडोर सान्चेजले भने,‘म मे २० आइतबारका दिन सम्पन्न प्रजातान्त्रिक चुनावका लागि बोलिभारियाली गणतन्त्र भेनेजुयाली जनतालाई बधाई दिन चाहन्छु ।’
‘भेनेजुयला उदाहरण हो किनभने हिंसाको बीच पनि प्रजातन्त्रको पक्षमा जनमत उर्लिएको छ, संविधान र कानुनको सम्मान भएको छ र जनताले अझै पनि चुनावमा व्यक्त जनादेशको सम्मान गरेका छन् ।’, सान्चेजले भने ।
भेनेजुयलामा बोलिभारियाली क्रान्तिप्रति दोमिनिकन ऐक्यबद्धता समितिले वक्तव्य जारी गरी निकोलस माडुरोलाई बधाई ज्ञापन गरेको छ । वक्तव्यमा समितिले माडुरोको विजय सम्पूर्ण ल्याटिन अमेरिका र क्यारिबियाली जनताको विजय भएको बताएको छ ।
निर्वाचनमा आफ्नो विजयपश्चात माडुरोले मिराफ्लोर्स राष्ट्रपति भवनबाट सार्वजनिक सम्बोधन गर्दै विपक्ष दलहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । उनले भेनेजुयाली जनताबीच विभाजन नभई सबै क्षेत्रमा मेलमिलाप र एकता हुनुपर्ने धारणा राखेका छन् ।
उनले दक्षिण अमेरिकामा भएको द्वन्द्वको समाधान संवाद नै हुनसक्ने विचार व्यक्त गरे ।
‘म भेनेजुयलाको राष्ट्रपति हु“, म संवादको प्रक्रियामा आउन आह्वान गर्दछु । भेनेजुयलाको आवश्यकता भनेको स्थायी संवाद हो ।’, माडुरोले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *