ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
मानिस भूमिमा उभिए जस्तै विकासशील देश कृषि अर्थतन्त्रमा उभिन्छ । कृषि अर्थतन्त्रको अर्थ हो – आत्मनिर्भर अर्थतन्त्र । तर, नेपाली काङ्ग्रेस र एमालेको शासनको खोटपूर्ण आर्थिक नीतिकै कारण खाद्यान्नमा समेत देश परनिर्भर हुँदै छ; यो शुभ लक्षण होइन । कोभिड–१९ जस्तै महामारीले पर्यटन उद्योगलाई रसातलमा पु¥याउँछ; छिमेकीसँगको लडाइँले पनि त्यही परिणाम आउँदछ; व्यापार तल पुग्दछ; रेमिटेन्स आउने बाटो बन्द हुन्छ आदि ।
नेपाली काङ्ग्रेस धेरै समय सरकारमा बस्यो । जसरी राणा शासनले नेपाली युवाहरूलाई गोर्खा भर्तीमा पठाएर युवतीहरूलाई कलकत्ता, बम्बई र भारतका विभिन्न सहरहरूको वेश्यालयहरूमा पु¥यायो त्यसैगरी नेपाली काङ्ग्रेसको नीतिले ७०–८० लाख नेपालीहरू विदेश पु¥यायो । परिणाम स्वरूप देशको कृषि अर्थतन्त्र ध्वस्त भयो† देशको घरेलु र कुटिर उद्योग पनि नाममात्रको भयो । भएका अन्य सार्वजनिक उद्योग र कलकारखानामध्ये धेरै निजीकरण गरिए । ती उद्योगको कतिपय संरचना भारतमा पु¥याइए र कतिपय जानाजान ध्वस्त बनाइए । निजी उद्योगहरूको उत्पादन नाउँ मात्रैको छ – निर्यात छैन तर उद्योगपतिहरूले लिइरहेका सहुलियतहरू बढ्दै छन् । किनभने, उद्योगपतिहरू पनि काङ्ग्रेस र एमालेमा छिरेका छन् । राजनीतिलाई लेनदेन र बेचबिखनले झन् दूषित बनाए !
राजनीति दूषित भएपछि भ्रष्टाचार, कालाबजारी, तस्करीजस्ता अनेक अपराधले शासन व्यवस्थालाई नै दूषित बनायो । देशका हरेक क्षेत्रमा नैतिकताको खडेरी छायो । लागूपदार्थ तथा अनेक अवैध हातहतियार देशभित्र दिन दुगुना र रात चौगुनाले भित्रियो; नयाँ पुस्तामा आफ्नो व्यक्तित्व विकास गर्ने जोस, जाँगर र उत्साहमा कमी हुँदै गयो । किनभने, बेरोजगारी बढ्यो; विदेशीहरूले नै नेपालमा श्रम शक्तिको अवसर प्राप्त गरे ।
नेपालका श्रमिकहरूबाट आउने रेमिटेन्सभन्दा नेपालबाट जाने विदेशी मुद्राको अङ्क बढ्दै गयो । ‘नौ महिनामा ६० अर्बको खाद्यान्न आयात गरियो’ । रक्सी र अन्य विलासिताको सामान भित्याउँदा र विदेशमा पढ्न जाने नाउँमा बिदेसिएका युवाहरूले लाने विदेशी मुद्रा आदिले देश लाभमा होइन घाटामा जानुमा आश्चर्य के ?
धान, गहुँ, मकै र कोदोजस्ता खाद्यान्नसमेत नेपालले विदेशबाट आयात गर्छ । कृषि बीउबिजन आयात हुन्छ । ‘जुनेलो समेत’ आयात हुन्छ । यसको अर्थ हो– हाम्रो देश अब आफ्नो खुट्टामा उभिएको छैन । कुनै पनि बेला देशको आर्थिक, सामाजिक र राजनैतिक ‘धरहरा’ तासको घरजस्तै भत्कनेछ । त्यसको सम्पूर्ण दोषी नेपाली काङ्ग्रेस, एमाले र प्रचण्डको पार्टीका नेताहरू नै हुनेछन् । मूलतः तिनीहरूका शासनको खोटपूर्ण नीतिकै कारण देश खोक्रो बन्दै गएको हो ।
स्थानीय निर्वाचनमा सचेत र बुद्धिजीवी समुदायले मन, वचन र कर्मले हिजो व्यक्तिगत स्वार्थवश आ–आफूले पक्ष लिएका खोटो विचारका दलहरूबाट आफ्नो आस्था पन्छाएर देशभक्त र प्रगतिशील दल नेपाल मजदुर किसान पार्टीलाई समर्थन गर्नुपर्ने जनमत तयार हुँदै छ ।
देशलाई थप अधोगतितिर लाने एमसीसी सम्झौतालाई पारित गर्ने सबै शासक दलहरूलाई देशद्रोही र प्रतिगामी (दक्षिणपन्थी) सम्झँदै आलोचना, विरोध एवम् निन्दा गर्न बुद्धिजीवी र सचेत जनताले ढिलो गरेमा देशले नै पछुताउनु पर्नेछ । अब पनि ढिलो गरे कुनै दिन एकाबिहानै हामी बिउझिँदा हाम्रो देशको चन्द्र र सूर्य अङ्कित झन्डाको ठाउँमा २०० वर्षदेखि संसारमा आक्रमण गर्दै र आतङ्क मच्चाउँदै आएको साम्राज्यवादी देशका ताराहरू र धर्केधर्के झन्डाको पोल्टामा नेपाल पर्नेछ ।
१३ वैशाख, २०७९ (२६ अप्रिल, २०२२)
स्रोत : सम्पादकीय सङ्कलन – ३
Leave a Reply