माक्र्सवादी सिद्धान्त र पर्यावरणीय सङ्कट
- जेष्ठ १२, २०८३
भियतनामी जनताका नेता हो चि मिन्ह उपनिवेशवाद तथा साम्राज्यवादविरोधी योद्धाका रूपमा विश्वका न्यायप्रेमी तथा युद्धविरोधी जनता चिन्दछन् । भियतनामी जनताको मुक्तिका निम्ति उहाँको त्याग, तपस्या र बलिदान आज पनि त्यतिकै सम्झिन्छ । सरलता, सादा जीवन, देशप्रेम तथा जनताप्रतिको उहाँको भक्तिको गुणगान आज पनि चलिरहेकै छ । उहाँले दिनुभएको एक सच्चा क्रान्तिकारी र सच्चा कम्युनिस्टको परिचय आज पनि बेजोड मानिन्छ । विश्व साम्राज्यवादविरोधी आन्दोलन हो चि मिन्हको चर्चाबिना अपुरो अधुरो रहने निर्विवाद छ । होको आभाकै कारण भियतनाम आज विश्व समुदायमा तेजिलो बनेर उभिएको हो । भियतनाम र भियतनामी जनताले पाएको मुक्ति, स्वतन्त्रता, स्वाभिमान, प्रतिष्ठामा होको योगदान, मेहनतको सुगन्ध अद्यापि अनुभूत गर्न सकिन्छ ।
गत सेप्टेम्बर २ का दिन भियतनामी जनताले ७५ औँ स्वतन्त्रता तथा मुक्ति दिवस मनाए; होको ५० औँ स्मृतिमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । भियतनामी क्रान्ति, भियतनामी जनताको सङ्घर्ष र हो चि मिन्हको सम्झना गरिएका खबरहरू आइरहेका छन् । विभिन्न देशका नेताले भियतनामी जनतालाई बधाई दिए; नेता होको योगदान, व्यक्तित्वको स्मरण गरे । समाजवादी गणतन्त्र भियतनामको स्थापना सन् १९४५ को सेप्टेम्बर २ मा भएको थियो । (होको निधन २ सेप्टेम्बर १९६९ मा भएको थियो ।) क्युवाली नेता फिडेल क्यास्ट्रोले होप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको मृत्युपश्चात् पनि नयाँ बीउ र ऊर्जा बनेर अन्तिम विजयसम्म मार्गनिर्देश गरिरहने विश्वास व्यक्त गर्नुभएको आजको यो दिनसम्म पनि उल्लेख गर्न योग्य छ । होको भावना सदा जीवित रहने, क्रान्तिकारी परम्पराले निरन्तरता पाइरहने विश्वास धेरैले व्यक्त गरे ।
भियतनामको राष्ट्रिय महत्वको दिनको सेरोफेरोमा क्रान्तिकारी नेता हो चि मिन्हको ‘जेल डायरी’ (Prison Diary) बारे चर्चा गर्नु सान्दर्भिक होला !
हो चीनको सीमा पार गरी महत्वपूर्ण चिनियाँ अधिकारीहरूसँग गुप्त ढङ्गमा भेट्न जाने क्रममा सन् १९४२ को अगस्ट २९ को दिन चीनको क्वाङ्सीमा गिरफ्तारीमा पर्नुभयो । सन् १९४३ को सेप्टेम्बर १० का दिन झन्डै चौध महिनापछि उहाँ रिहा हुनुभयो । १४ महिनाको जेल बसाइँको क्रममा तयार भयो विश्वविख्यात कृति जेल डायरी । बन्दीगृहमा प्रहरीको आँखा छलेको अभियोग नलागोस् भनेर उहाँले चिनियाँ भाषामा लेख्न थाल्नुभएको थियो । भियतनामी भाषामा अनुवाद गरी सन् १९६० मा प्रकाशित भयो । त्यसपछि अङ्ग्रेजी, फ्रान्सेली, रसियाली, जर्मनियाली, हङ्गेरियाली, हिन्दी र अरू थुप्रै भाषामा प्रकाशित भयो । भियतनामी विदेशी भाषा प्रकाशन गृहले अङ्ग्रेजी भाषामा यस कृतिको चौधौँ संस्करण प्रकाशन गरिसकेको छ ।
एकजना दुब्लो पातलो मान्छे भियतनामको सीमा पार गरी चीनतिर लाग्दै थिए । उनी अत्यन्त सामान्य लुगामा थिए । उनीतिर कसैको किन ध्यान जान्थ्यो र ? तर, जब प्रहरीले त्यो अत्यन्त साधारण देखिने मान्छे भियतनामी जनताका प्रतिनिधिको नाताले चुङकिङमा एउटा महत्वपूर्ण भेटघाटका निम्ति जान लागेको थाहा पाए तब उनी साधारण व्यक्ति होइन भन्ने कुरा प्रहरीलाई पक्का भयो र पक्राउ गरे । सुरूमा चिङसी जेलमा कैद हुनुभयो भने तुरून्तै नानिङमा लगिनुभयो । त्यहाँबाट पनि क्विलिन र अन्तिममा लिउचाओको जेलमा सरूवा गरिनुभयो ।
एउटा जेलबाट अर्को जेलमा लगिँदाको अनुभूति उहाँले एउटा कवितामा व्यक्त गर्नुभयो । प्रहरीहरू एउटा सुँगुरलाई पालैपालो बोक्थे भने कैदी अर्थात् मान्छेलाई भने हात बाँधेर हिँडाउँदै थिए । यो तीखो व्यङ्ग्य, विरोधाभासलाई कवितामा प्रस्तुत गर्नुभयो । होका यी चार–चार लाइनका छोटा कविताले जेलभित्रको दैनिक भोगाइ र अनुभूतिलाई प्रस्तुत गर्दछ । सङ्क्षिप्तमा उहाँले प्रशस्त राख्नुभएको अनुभव हुन्छ । सरल भाषामा स्पष्ट सन्देश दिन, व्यङ्ग्य प्रहार गर्न र हँसाउनसमेत उहाँले मेहनत गर्नुभएको प्रस्ट छ ।
अर्को एउटा कवितामा उहाँले कैदीको जीवन भोगाइ प्रस्तुत गर्दै प्रश्न तेस्र्याउनुभयो । हात खुट्टा बाँधिएको छ भन्दैमा चरीले गाएका मिठा गीत र फूलहरूको सुगन्धको आनन्द लिन के कसैले छेक्न रोक्न सक्छ र ? यसप्रकार कम शब्दमा गम्भीर विषयमा गहिरो भाव तथा सन्देश दिनुभएको छ । यही नै होका कविताको विशेषता हो ।
जेलका कठोर जीवन, त्यो पनि पराइ भूमिमा, जन्मभूमिबाट निकै टाढा र आफ्ना कामरेडहरूबाट पनि टाढा होले आफ्नो थोत्रो भइसकेको कापीबाहेक सहारा या साथी कोही थिएनन् । त्यही कापीमा दैनिक अनुभव कवितामा उतार्न थाल्नुभयो ।
जम्माजम्मी सय वटा चार लाइनका यी कविताहरू एक राजनेता, क्रान्तिकारी योद्धा, कम्युनिस्ट नेताको सङ्क्षिप्त जीवन अनुभूति होभन्दा फरक नपर्ला । संस्मरण, इतिहासका पृष्ठहरूमा बरू केही झूट मिसिने सम्भावना हुनसक्छ तर यी कविताका पङ्क्ति वास्तविक अनुभवको सार भएको एक भियतनामी लेखक दाबी गर्छन् । लेखक फान न्हूयन दाबी गर्छन् – ‘यो सानो डायरीले कुनै पनि विस्तृत आत्मसंस्मरणले भन्दा पनि बढ्ता प्रभावकारी ढङ्गमा रचनाकारलाई चिनाउन मद्दत पु¥याउँछ ।’ होको जीवन खुला पुस्तकसरि भइसकेको बताउँदै लेखक फान भन्छन्, “हो चि मिन्हजस्ता नेताको जीवनमा सार्वजनिक र व्यक्तिगत जीवनको बिचमा कुनै किसिमको गोप्य ढोका छैन ।” उनी विश्वस्त हुँदै अगाडि भन्छन्, “कुनै पनि आत्मसंस्मरणका मोटा पुस्तकले भन्दा यो सानो डायरीले अझ बढी राम्रो ढड्डमा चिनाउने छ ।”
होले कठोर यातना सहँदै कविता लेख्नुभयो । अनिद्रा, भोकप्यास, कठ्याङ्ग्रिने चिसो भुलेर कविता लेख्नुभयो । ठिँगुरा हालिँदासमेत कविता लेख्नुभयो । आत्मविश्वास, सच्चाइको विजयप्रति आशावादी हुनुभयो । अनुहारमा मुस्कान खाली भएन । शत्रुलाई ‘यो बेग्लै धातुको मानिस’ भन्न बाध्य पार्नुभयो । ‘जेल डायरी’ ले त्यही झझल्को दिन्छ । अत्यन्त प्रतिकूल परिस्थितिमा जन्मेको हुनाले पनि विश्वका धेरैधेरैले अभिरूचिपूर्वक पढे ‘जेल डायरी’ । यी कवितालाई क्वाट्रेन्स (Quatrains) र ताङ्ग कविता (Tang Poems) भनिन्छ ।
‘जेल डायरी’ को प्रथम कविता :
यो शरीर जेलमा कैद छ
तर, यो भावना कैद गर्न असम्भव
एउटा महान् उद्देश्य हासिल गर्न
यो भावना सयर गरोस् माथि, अझ माथि ।
दुनियाँका कुनै पनि तानाशाहले विचारलाई बन्धक बनाउन नसक्ने दाबी गर्नुहुन्छ, हो । अर्को कवितामा हो भन्नुहुन्छ –
कविता वाचन मेरो सौखको विषय होइन
तर, झ्यालखानामा अरु के नै गर्न सक्छु र ?
यो लामो समय कविता लेखेरै बिताउँछु
कविता गाएरै स्वतन्त्रताको पर्खाइमा बस्नेछु ।
प्रकृतिमा नियमित देखिने दृश्य, उतार–चढाव, वरपरका घटनासँग जोडेर स्वतन्त्रताप्रतिको आफ्नो विश्वास र न्यायको विजय सुनिश्चितताबारे आफ्नो अडान दर्साउनुभएको छ । जीवनलाई हेर्ने सकारात्मक कोण यत्रतत्र पाइन्छ । हास्य रस र व्यङ्ग्यको यथोचित सम्मिश्रणले उहाँका कविता जीवन्त बनाएको अनुभूत हुन्छ । प्रतीक र बिम्बहरूको प्रयोग हरेक कवितामा पाइन्छ । तर, ती वरपरबाट टिपिएका, दैनिक जीवनबाट लिइएका र अनुभवको सार प्रस्तुत गर्न प्रयोग भएका ! हो भन्नुहुन्छ –
आकाशमा काला–सेता बादल स्वतन्त्र मडारिरहेछन्
यहाँ पृथ्वीमा स्वतन्त्र मानिस झ्यालखानामा कैद छ ।
अर्को एउटा कवितामा उहाँ लेख्नुहुन्छ –
पहाडमा मेरो बाघसँग जम्काभेट भयो तर केही भएन
बस्तीमा मानिससँग भेट भयो, म जेलमा जाकिएँ ।
यसरी उहाँले समाजको विडम्बनापूर्ण स्थिति उदाङ्ग्याउनुभएको छ† व्यङ्ग्य वाण हान्नुभएको छ । भियतनामी देशभक्त जनताका एक प्रतिनिधिलाई विदेशी भूमिमा जेलमा कोचेर कस्तो आतिथ्य दिएको ? कस्तो स्वागत सत्कारको परम्परा ¤ उहाँ बडो रोचक घोचक तरिकाले आफ्नो विरोध दर्साउनुहुन्छ† आपत्ति जनाउनुहुन्छ ।
‘जेलको खाना’ शीर्षक कवितामा उहाँ लेख्नुहुन्छ ः
हरेक दिनको खानामा एक कचौरा रातो–खैरो झोल नै ।
न तरकारी, न नुन, न त थोरै झोल नै ।
यस कवितामा दयनीय स्थिति उजागर गरिएको छ । उहाँले ठाउँ ठाउँमा भोक, प्यास र अमानवीय व्यवहारबारे वर्णन गर्नुभएको छ ।
‘चन्द्रमाको उज्यालो’ मा हो भन्नुहुन्छ –
‘…… झ्यालतिर गएर चन्द्रमाको उज्यालो हेर्छु
बारहरूलाई नाघेर चन्द्रमा कवितिर टोलाउँछ ।’
उहाँको उच्च कल्पनाशीलता र जीवनप्रतिको सकारात्मक दृष्टिकोण यस कवितामा पनि प्रस्ट अनुभव गर्न सकिन्छ ।
एउटा कवितामा होले जेलमा दैनिक आधी बाल्टिन पानी मात्र उपलब्ध गराइने बताउनुहुन्छ । चिया पकाए मुख धुनलाई पानी नहुने र मुख धोए चिया पकाउन नपाइने भनी आफ्नो कारुणिक स्थितिबारे बताउनुभएको छ ‘पानी राशन’ कवितामा ।
एउटा कवितामा जेल सरूवा गर्न ५३ किमि हिँडाएर लखतरान भइसकेपछि सुत्ने ठाउँ नभएर शौचालयको छेवैमा सुताएको बताउनुहुन्छ । यसले उहाँको भोगाइ क्षमता अर्थात् सहनशीलता देखाउँछ । उहाँ ‘आफैलाई सुझाव’ कवितामा भन्नुहुन्छ –
‘चिसो र हिउँदको प्रतिकूलताबिना
वसन्तको न्यानोपन र सौन्दर्य असम्भव
दुर्भाग्यले मलाई सतायो त के भो
मेरो प्रतिबद्धता झन् बलियो बनाइदियो ।’
एउटा कवितामा उहाँले हिउँदको चिसोमा समेत सिरक र डसना उपलब्ध नगराइएकाले अनिदै रात बिताउन बाध्य भएको कष्टपूर्ण रातबारे वर्णन गर्नुभएको छ । यद्यपि, उहाँले कहीँ कतै निराशाको छनक देखाउनुभएन । बरू उच्च मनोबलका साथ सामना गर्ने र सुन्दर भविष्यको अवश्यम्भावितामा अडिग भएर बस्ने धैर्य र साहस ठाउँ ठाउँमा अभिव्यक्त भएको पाइन्छ । त्यसकारण, हरेक शब्द शब्दमा उत्साह, ऊर्जा दौडिरहेको अनुभूत हुन्छ ।
हो चि मिन्ह खराबीमध्येमा महाखराबी स्वतन्त्रताको हननलाई मान्नुहुन्छ । एउटा सामान्य भालेले समेत नयाँ बिहानीका निम्ति बास्ने व्यावहारिक उदाहरण दिँदै सचेत मानवले शिक्षा लिन जरूरी भएको विचार राख्नुहुन्छ ।
‘कैदी जुवाडेको मृत्यु’ कवितामा आफूसँगै सुत्ने जुवाडे–कैदी भोक र कठ्याङ्ग्रिने चिसोका कारण हाड–मासु भएर मरेको क्षणको चित्रण गर्नुभएको छ । यो कविताले होको कष्टपूर्ण जेल जीवनबारे अनुमान लगाउन सहज बनाइदिन्छ ।
‘एक साथीलाई सम्झँदा’ कवितामा उहाँ लेख्नुहुन्छ –
‘त्यो दिन तिमी मसँगै नदी किनारमा पुग्यौ
‘कहिले फर्कन्छौ ?’ – ‘धान पाकेपछि’ ।
अहिले अर्को बाली लाउन खेत खनिँदै छ
म भने अझै पराइ भूमिमा कैदी जीवन भोग्दै छु ।’
मानिसहरूलाई कठिनाइ, दुःख, कष्टले नै परिपक्व, परिमार्जित र पराक्रमी बनाउने अनुभव सुनाउनुहुन्छ, हो । ‘बिहानीको सूर्य’ कवितामा कविको आशावादी दृष्टिकोणसँग साक्षात्कार गर्ने अवसर मिल्छ । उहाँ भन्नुहुन्छ –
बिहानीको किरण झ्यालखानामा छिर्छ
धुवाँ हराउँछ, कुहिरो विलुप्त हुन्छ
जीवनको सासबाट आकाश ढाकिन्छ
र, कैदीहरूको अनुहारमा मुस्कान छाउँछ ।
‘भियतनाममा उथलपुथल’ कवितामा आफूभित्रको विद्रोही मानिसलाई उभ्याउनुभएको छ, नेता होले । उहाँ प्रस्ट शब्दमा भन्नुहुन्छ –
दासताभन्दा मृत्यु स्वीकार्य ! देशैभरि यही भावना
विद्रोहको झन्डा सगौरव फहरिरहेछ फेरि
अहो, यस्तो बखत कैदी हुनुपर्ने कति दुःखदायी !
युद्धमा होमिन मुक्त हुन पाएको भए !
यस कविताबाट उहाँको विद्रोही मन, उद्देश्य परख गर्न सकिन्छ । सपना, विपना या जुनसुकै बेला किन नहोस् उहाँको एउटै मात्र उद्देश्य भियतनामको मुक्ति र भियतनामी जनताको स्वतन्त्रता थियो भन्ने बुझ्न यी केही शब्द नै पर्याप्त छन् ।
‘कैदी भाग्न खोज्छ’ कवितामा आफूमा ‘स्वतन्त्रता’ बाहेक अर्को सोच या अर्को उद्देश्य नभएको प्रस्ट पार्नुभएको छ । ‘चार महिना बितेछ’ कवितामा होले चार महिनासम्म जेलमा राम्ररी सुत्न नपाएको, चरम अभाव बेहोरेको, लुगा फेर्न र नुहाउन नपाएको उल्लेख गर्नुभएको छ । आफूलाई चार महिनाको कैदी जीवनले दस वर्ष बुढ्यौली थपेको अनुभव व्यक्त गर्नुभयो । तर, शारीरिक रूपमा कष्ट भए पनि विचार र भावनामा कुनै समस्या या कमजोरी पटक्कै नआएको पनि प्रस्ट्याउनुभयो ।
प्रकृतिमा आउने मौसम परिवर्तनले कैदीको दैनिक जीवनमा खासै फेरबदल नल्याउने बरू उसले एउटै कुरा मनमा राख्छ, त्यो हो स्वतन्त्रता । यही भाव ‘शरद्को प्रभाव’ मा कविजीले व्यक्त गर्नुभएको छ अर्थात् जेलमुक्त हुने दिनमा लेखिएको कविता अन्तिमतिरको कवितामा हो भन्नुहुन्छ –
‘हर्षले मानिसको मन गद्गद् हुन्छ र ब्रह्माण्ड पनि
तीतो पछि मिठो आउँछ, प्रकृतिको नियम यही हो नि ।’
‘जेल डायरी’ ले विश्व साहित्यमा बेग्लै महत्व राख्दछ । एक साम्राज्यवादविरोधी जोधाहाका रचनाहरू कठोर जेल जीवनमा कोरिएका आत्मपरक पङ्क्तिहरू, लड्दालड्दै रगतले लेखिएका मुक्ति र स्वतन्त्रताका गीतहरू ¤ एक मुक्तियोद्धा, स्वतन्त्रताका सिपाहीले बाहेक मुक्ति र स्वतन्त्रताको गीत लेख्ने, गीत गाउने अरू कसलाई पहिलो अधिकार होला ? ती गीतमा जति सौन्दर्यको रसास्वादन अरू कुन चाहिँमा गर्न सकिएला ? यी कविता कठोर क्षणमा जन्मेका कोमल कुसुम भन्नु उपयुक्त होला ¤ झन्डै आठ दशक अगाडि लेखिएका यी पङ्क्ति हिजोआजकै प्रतीत हुन्छ ।
वीर भियतनामी जनताले फ्रान्सेली उपनिवेशवाद, जापानी उपनिवेशवाद र संरा अमेरिकी साम्राज्यवादविरूद्ध लडेका लडाइँको इतिहास बुझ्न ‘जेल डायरी’ ले मद्दत पु¥याउँछ । होको सङ्घर्षशील व्यक्तित्व, सरल जीवनशैली, उद्देश्यप्रतिको दृढता, समर्पणभाव, धैर्य र सृजनशीलताबारे बुझ्न नपढी नहुने एउटा कृति हो – जेल डायरी । यस पुस्तकको भियतनामी मूल्य ९० हजार पर्छ भन्दा धेरैलाई आश्चर्य लाग्ला ¤ कविताहरू अङ्ग्रेजी, चिनियाँ र भियतनामी तीनवटै भाषामा दिइनाले धेरैभन्दा धेरै विदेशी पाठकहरूले समेत सहज अनुभव गर्नेछन् ।
स्रोत : बाल विकास स्मारिका – २०८२
Leave a Reply